वीरेन्द्रनगर सहकारीको बार्षिक समीक्षा  आगामी नीति, कार्यक्रम र बजेट पारित

सुर्खेत, ११ साउन ।

वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आ.व. २०८२/०८३ को वार्षिक समीक्षा तथा आ.व. २०८३/०८४ को प्रस्तावित नीति, कार्यक्रम तथा वार्षिक बजेट निर्माणसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष बमबहादुर बि.सीको सभाध्यक्षतामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका पदाधिकारी तथा सदस्यहरू तथा कर्मचारीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरूलाई संस्थाका वरिष्ठ उपाध्यक्ष श्याम पौडेलले शुभकामना मन्तव्यसहित स्वागत गरेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाज्यूले संस्थाले आ.व. २०८२/०८३ मा सञ्चालन गरेका विभिन्न गतिविधि तथा कार्यक्रमहरूको प्रगति समीक्षा गर्नुका साथै आ.व. २०८३/०८४ को प्रस्तावित नीति, कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुतिकरण गरेका थिए ।

समीक्षा क्रममा सदस्यता विस्तार, शेयर वृद्धि, बचत/निक्षेप संकलन र संस्थागत पूँजी वृद्धितर्फ उल्लेखनीय प्रगति हासिल भएको जनाइएको छ । साथै, ऋण लगानी, ऋण असुली, वित्तीय लगानी, सम्पत्ति व्यवस्थापन तथा मुनाफा वृद्धिलगायतका क्षेत्रमा अपेक्षित उपलब्धि हाँसिल गर्न सफल भएको समीक्षा प्रस्तुतिमा उल्लेख गरिएको थियो ।

आगामी आ.व. २०८३/०८४ का लागि संस्थाको वित्तीय अवस्था, स्रोत तथा साधनको उपलब्धता, संस्थागत आवश्यकता र आगामी कार्ययोजनालाई आधार मानी सदस्य संख्या वृद्धि, शेयर पूँजी विस्तार, बचत संकलन वृद्धि, गुणस्तरीय तथा उत्पादनशील क्षेत्रमा ऋण लगानी, प्रभावकारी ऋण असुली, वित्तीय स्रोतको प्रभावकारी परिचालन तथा संस्थाको मुनाफा वृद्धिलाई प्राथमिकतामा राखी वित्तीय लक्ष्य निर्धारण गरिएको छ । 

त्यसैगरी, सदस्यकेन्द्रित सेवा विस्तार, संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण सुदृढीकरण, जोखिम व्यवस्थापन, डिजिटल तथा प्रविधिमैत्री सेवा विस्तार, सदस्य शिक्षा तथा वित्तीय साक्षरता अभिवृद्धि, मानव संसाधन तथा नेतृत्व क्षमता विकासलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने गरी आ.व. २०८३/०८४ को प्रस्तावित नीति, कार्यक्रम तथा वार्षिक बजेटमाथी छलफल गरी स्वीकृत तथा पारित गरिएको छ ।

वीरेन्द्रनगर सहकारीको बार्षिक समीक्षा   आगामी नीति, कार्यक्रम र बजेट पारित

कर्णालीमा नेपाली सेनाको पहिलो पेट्रोल स्टेशन सञ्चालनमा

वीरेन्द्रनगर सहकारीको बार्षिक समीक्षा   आगामी नीति, कार्यक्रम र बजेट पारित

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, सर्पकै

Leave a comment

Your email address will not be published. Required fields are marked *