कांग्रेसका पाँच मन्त्रीको राजीनामापछि लुम्बिनीमा मन्त्रालयको जिम्मेवारी हेरफेर

दाङ ,१२ साउन । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रालयहरूको जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यविभाजन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७९ को नियम ४ को उपनियम (२) बमोजिम मन्त्रालयहरूको कार्यभार हेरफेर गरी मन्त्रिपरिषद्को कार्यविभाजन निर्धारण गर्नुभएको हो । नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री […]

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

दाङ ,१२ साउन । लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन् । राजीनामा बुझाउने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री […]

सुर्खेतमा जिप दुर्घटना हुँदा १५ जना घाइते

सुर्खेत,१२ साउन । सुर्खेतको लेकबेशी नगरपालिका–५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा […]

जुम्लामा १ सय ३२ जनालाई घरमै राहदानी वितरण

गाेल्डेन बुढा जुम्ला,१२ साउन । राहदानी बनाउन होइन, बनेको राहदानी बुझ्नकै लागि जुम्लाका धेरै नागरिकले एकदेखि दुई दिनसम्म पैदल यात्रा गर्नुपर्ने अवस्था थियो। दुर्गम गाउँबाट सदरमुकाम पुग्न यातायात खर्च, बसोबास र ज्यालाको नोक्सानी बेहोर्नुपर्थ्यो। कतिपयले राहदानी तयार भएको महिनौँसम्म पनि लिन नसक्ने अवस्था थियो।यही समस्यालाई समाधान गर्न सुरु गरिएको घरदैलोमा राहदानी वितरण सेवाले जुम्लामा सार्वजनिक […]

घुयँत्राे:”ऋण जापानको, टोल सरकारको, किस्ता जनताको !”

आर्थिक ब्यवस्थापन र मीत ब्ययीताका कुरा गर्ने अर्थशास्त्री ज्युहरु भन्नुस त अढाई किलाे मिटर बाटाे छाेट्याउन २५ अर्बकाे ऋण लगाएर सुरुङ मार्ग खन्नु उचितहाे कि त्यति पैशाले अर्काे याेजना बनाएर त्याे सम्पन्न गर्नु ठिक हाे । हुन त नयाँ नाैलाे विकासकाे विराेधि रैछ याे भनेर मलाई तथानाम गालि गर्नु हुन्छ हाेला गर्नुस ल ! तर, […]

गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

टिकाराम सुनार/रासस कैलाली, १२ साउन ।  “सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन् । यसले सुरक्षित आवतजावतमा समस्या भइरहेको छ । झाडी कटान तथा सरसफाइ गर्न विश्वविद्यालयको आन्तरिक स्रोतबाट पुगेको छैन । त्यसैले सरसफाइ अभियानमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ”, यही साउन ४ गते दिउँसो […]

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

हिमाल लम्साल/रासस काठमाडौँ, १२ साउन ।  नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुङ्गा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रूपमा सवारीसाधन गुडाइँदैछन् ।  सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले साउन ११ गते सुरुङमार्ग उद्घाटन गरेर सञ्चालनमा ल्याइएको छ । “नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा ल्याएका छौँ । […]

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवद्र्धन गर्ने अवसर

डा.शैलेशकुमार मिश्र कूटनीति अब उच्च स्तरीय राजनीतिक संवाद, द्विपक्षीय भ्रमण र दुई देशबीच हुने औपचारिक सन्धि /सम्झौतामा मात्र सीमित छैन । स्वास्थ्य सेवामार्फत नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउँदै देशहरूबीच विश्वास, सद्भाव र सहकार्य विस्तार गर्ने ‘स्वास्थ्य कूटनीति’को अवधारणा विश्वव्यापी रूपमा प्रभावकारी बन्दै गएको छ । नेपालका सन्दर्भमा आँखा स्वास्थ्य सेवा यसको बलियो माध्यम बन्न सक्ने […]

‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग 

काठमाडौँ, १२ साउन ।  कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन । यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ ।  प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन् […]

प्रदेश सरकार गठन कर्णालीको पाँचौ मुख्यमन्त्री बन्दै मुगुका मंगलबहादुर शाही यी हुन् मन्त्रीका आकांक्षी

ओम शाही  सुर्खेत, १२ साउन ।  कर्णाली प्रदेश सरकारको पाँचौ मुख्यमन्त्रीमा मुगुका मंगलबहादुर शाही आज नियुक्त हुँदै छन् । नेकपा एमालेको सर्मथनमा शाही सरकारको पाँचौ मुख्यमन्त्री बन्न लागेका हुन् । प्रदेश प्रमुखको कार्यालयले आज (साउन १२) गते सोमबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेशका लागि आह्वान समेत गरिसकेको छ ।  प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भीमराज […]

सम्पादकीय : केन्द्रको इशारामा फेरिएको राजनीतिक कोर्स 

कर्णाली प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमले फेरि एकपटक संघीयताको व्यवहारिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको छ । प्रदेशसभामा बहुमत जुटाएर सरकार बनाउने र गिराउने अधिकार संविधानले प्रदेशलाई दिएको भए पनि कर्णालीमा सत्ता परिवर्तनको निर्णय अन्ततः काठमाडौँमै भएको छ । यसले प्रदेश सरकारको राजनीतिक स्वायत्ततामाथि प्रश्न उठाएको मात्र छैन, दलहरूबीचको सिद्धान्त र नैतिकताको बहसलाई पनि पुनः सतहमा ल्याएको […]

सवारी दुर्घटनापछि जीवनसँग संघर्ष गर्दै निरन्जन, थप उपचारका लागि सहयोगको याचना

बाँके,१२ साउन । बैजनाथ गाउँपालिका–३ पुल्चोक निवासी २५ वर्षीय निरन्जन कुमार एम एक वर्षदेखि उपचार खर्चको अभावमा पीडादायी जीवन बिताइरहेका छन्। गत साउनमा कोहलपुरमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका निरन्जनको उपचारका लागि परिवारले भएका गरगहना बिक्री गर्नुका साथै घरजग्गा धितो राखेर भारतको लखनउस्थित मर्सी अस्पताल एन्ड ट्रमा सेन्टरमा उपचार गराएको थियो। उनको उपचारमा हालसम्म […]

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली,११ साउन । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति २ः०० बजेदेखि खाली ग्यास लिएर ग्यास डिलरमा पुग्छन् । एक÷दुई दिन कुरेर मात्र भरिएको सिलिण्डर लिएर फर्किछन् । पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो । विगत जस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था […]