एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ ,१५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताउनुभएको हो । राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार आयोजित भौतिक पूर्वाधार […]

घुयँत्राे:”राज्यको सुविधा हरायो, सामाजिक सञ्जालमा रुवाबासी बढायो!”

हैन ओ जेनजी सरकार ! ह्वाँ माधब कुमार नेपाल ( माकुने)ज्युकाे किन चित्त दुखाउनु भा छ के । यसरी बुढाे मान्छ्या चित्त दुखाउँदा तपाईंहरलाई पाप लाग्ला है बिचार गर्नाेस । कैले याैटै पाटिका नाममा प्रचण्डले चित्त दुखाउने अनि कैले सरकारले चित्त दुखाउने गरेछि ह्वाँ मन धान्न र चित्त बुझाउन काँ जाने के । सरकारले चित्त […]

अशान्त मधेस आपसी सद्भाव र राष्ट्रिय  एकता कायम गर्न अपिल 

ओम शाही सुर्खेत, १५ साउन । गएको आइतबार (१० साउन) मधेश प्रदेशको सुनसरी जिल्लास्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबिच विवाद भयो । उक्त झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका एक युवकको मृत्यु भयो । मृत्यु हुनेमा २४ वर्षीय ओमप्रकाश मेहता छन् । सशस्त्रको गोली लागेर अन्य १० जना घाइते भएका थिए […]

सम्पादकीय: संयम, संवाद र न्यायको अपरिहार्यता

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको विवादपछि उत्पन्न घटनाक्रमले देशलाई गम्भीर खतरामा लैजाने जोखिम बढाएको छ । विवाद नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबाट दुई युवाको ज्यान जानु मात्र होइन, त्यसपछिको विरोध प्रदर्शन मधेशका विभिन्न जिल्लामा फैलिँदै जानुले समस्या अब स्थानीय सीमाभन्दा धेरै माथि पुगेको संकेत दिएको छ । सिराहामा थप एक जनाको ज्यान जानु, […]

घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

काठमाडौँ, १५ साउन ।  हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ ।  प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउनका लागि ‘स्मार्ट हुलाक’को अवधारणामा काम अघि बढाएको छ । नयाँ सरकार गठनपछि सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीको बुँदा […]

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी 

काठमाडौँ, १५ साउन ।  नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्‌को अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो । प्राधिकरण सञ्चालक समितिको बुधबारको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव […]

उद्योग विभागका अधिकांश सेवा अनलाइनमा 

काठमाडौँ, १५ साउन । उद्योग विभागले आफ्‌ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्ण रूपमा ‘अनलाइन’ प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योग प्रशासनलाई ‘डिजिटल’ प्रविधिमैत्री बनाउँदै सेवाग्राहीले अनावश्यक रूपमा विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न […]

भिरबाट लडेर महिलाको मृत्यु

रुकुमपश्चिम, १५ साउन । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा घाँस काटेर घर फर्किने क्रममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । बिहीबार दिउँसो आठबिसकोट नगरपालिका –५ मिग्री निवासी ४२ वर्षीया धनी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार स्थानीय नरगाउँ रातामाटा जंगलबाट घाँस काटी फर्किने क्रममा करिब ५० मिटर तल […]

कृषि जोनको क्षेत्र विस्तार

सल्यान, १५ साउन । सरकारले सल्यान र रुकुम पश्चिमका विभिन्न स्थानीय तहहरूमा सञ्चालित कृषि जोनको क्षेत्र विस्तार गरेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सल्यानले दुवै जिल्लाका नगरपालिका तथा गाउँपालिकाका विभिन्न वडाहरू समेटिने गरी क्षेत्र विस्तार भएको जानकारी दिएको हो । सल्यानका शारदा नगरपालिका, बागचौर नगरपालिका र दार्मा गाउँपालिका तथा रुकुम पश्चिमका […]

पाक्नुअघि नै बजारमा जुम्ली स्याउ

गाेल्डेन बुढा जुम्ला,१४ साउन । जुम्लामा पाक्न बाँकी स्याउ बगैंचाबाट बजारतर्फ जान थालेपछि पहिचान बनेको जुम्ली स्याउको ब्रान्ड नै जोखिममा परेको छ। सामान्यतया भदौको पहिलो सातापछि मात्रै टिप्नुपर्ने स्याउ यस वर्ष करिब एक महिना अगावै बजार पठाउन थालिएको हो। कृषि प्राविधिकहरूले यसलाई गुणस्तरमाथिको गम्भीर चुनौती भनेका छन् भने स्थानीय प्रशासनले पनि समयअघि स्याउ निर्यात नगर्न […]

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

दाङ,१४ साउन  । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ । एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री […]

सिंजाको कोटेसाँघुमा नयाँ पुल निर्माण

गाेल्डेन बुढा जुम्ला,१४ साउन। २०७९ साल असोज १९ गतेदेखि २६ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले जुम्लाको सिंजा गाउँपालिका–३ स्थित कोटेसाँघुमा रहेको मोटरेबल बेलिब्रिज बगाउँदा केवल एउटा पुल मात्रै भत्किएको थिएन, गाउँपालिका केन्द्र, वडा नम्बर–२ र नाग्म–गमगढी राजमार्गबीचको दैनिक सम्बन्ध नै टुटेको थियो। चार वर्षसम्म स्थानीयले जोखिमपूर्ण यात्रा, घुमाउरो बाटो र सेवा लिन अनावश्यक सास्ती […]

जुम्लामा संयुक्त रूपमा महोत्सव हुने

गाेल्डेन बुढा जुम्ला,१४ साउन। साउन ८ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्यसमिति जुम्लाले होटल दौंतरीमा पत्रकार भेटघाट आयोजना गर्दै ‘दोस्रो बृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८३’ को तयारी सार्वजनिक गर्‍यो। पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले महोत्सवका लागि आवश्यक अधिकांश प्रशासनिक प्रक्रिया, कानुनी तयारी र कागजी काम पूरा भइसकेको जानकारी दिए।उनका […]