सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ ,१६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संवेदनशील र जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । उत्तेजनाभन्दा संयमता र संवादमार्फत मात्रै शान्ति कायम हुन सक्ने भन्दै उहाँले शान्ति र सद्भाव कायम गर्न सबै नेपालीको साझा दायित्व रहेको बताउनुभयो । पूर्वी तथा मध्य तराईका जिल्लामा […]

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ ,१६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्न सबै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ । सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार, अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन पनि उहाँले निर्देशन दिनुभएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शनिबार बसेको […]

‘संविधानअनुसार प्रदेशलाई काम गर्न दिइनुपर्छ’ 

सुर्खेत, १६ साउन ।  कर्णाली प्रदेशसभा सदस्यले संविधानको मर्मअनुसार प्रदेशलाई आफ्ना गतिविधि गर्न दिइए मात्रै वास्तविक अर्थमा सङ्घीयता कार्यान्वयन हुने धारणा राखेका छन् । सङ्घबाट प्रदेश चलाउने गतिविधिका कारण सङ्घीयताको वास्तविक अभ्यास हुन नसकेको उनीहरूको भनाइ थियो । प्रदेशसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले सङ्घीयता कार्यान्वयनमा सबै पक्ष इमान्दार हुनुपर्ने बताए […]

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

बाँके, १६ साउन ।  बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका विभिन्न ४४ वटा उपकरण मर्मत गरिएको छ । अस्पतालका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले एक साताको अवधिमा ती उपकरण मर्मत गरी पुनः सञ्चालनयोग्य बनाएको हो ।  अस्पतालका निर्देशक डा निरज भट्टराईले मर्मत गरिएका अधिकांश उपकरण प्रयोगमा ल्याइसकिएको जानकारी दिए […]

‘वैमनस्यताबाट टाढा रहि आपसी सद्भाव कायम गरौं’

सुर्खेत, १६ साउन ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले मधेसका विभिन्न जिल्लामा फैलिएको वैमनस्यताबाट टाढा रहदैँ आपसी सद्भाव कायम गर्न आग्रह गरेका छन् । १० साउनमा मधेश प्रदेशको सुनसरी जिल्लास्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबिचको विवादपछि उत्पन्न सुरक्षा संवेदनशिलताबाट संयता अपनाउन शाहीले सबै पक्षलाई अपिल गरेका छन ।  शुक्रबार अपिलपत्र जारी गर्दै शाहीले उक्त […]

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने 

काठमाडौँ, १६ साउन ।  सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ । त्यससम्बन्धी सूचना बिहीबार नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । चालु आर्थिक वर्षको आर्थिक ऐनको दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने […]

नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस

काठमाडौँ, १६ साउन । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका विभिन्न तहको नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको परिषद्को ९९औँ बैठकले उक्त निर्णय गरेको हो । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गाना, शिक्षा तथा खेलकुद […]

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई  सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, १६ साउन ।  नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ ।  केन्द्रीय बैंकले एक सूचनामार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ । सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप […]

आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

टिकाराम सुनार/रासस कैलाली, १६ साउन ।  ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ । राजनीतिक गफलाई यही रोक्दै साहुजी सामान दिन जानुहुन्छ । “हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदिनुस्‌… !”, ती विद्यार्थीको वाक्य नटुङ्गिँदै साहुजी मुस्कानसहित बोल्नुहुन्छ, “ए, लेखिदिने ! हुन्छ ।” साहुजी अघि उठेकै ठाउँमा फर्किँन लागेको बेला फेरि […]

एमाले–नेकपा बीच मन्त्रालय  भागवण्डामा रस्साकस्सी

ओम शाही । सुर्खेत, १६ साउन । ४ मंसिर २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै पनि दलले एकल सरकार निर्माण गर्नेगरी मत पाएनन् । निर्वाचन परिणामले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएपछि सत्ता गठनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पटक–पटक गठबन्धन फेरियो ।  त्यसको प्रत्यक्ष प्रभाव कर्णाली प्रदेश सरकारमा […]

बाँकेमा सामाजिक सद्भाव सुदृढ बनाउन महत्वपूर्ण निर्णय, शनिबार सद्भाव र्‍याली आयोजना हुने

बाँके, १५ साउन। बाँके जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा शान्ति–सुरक्षा थप सुदृढ बनाउन जिल्ला प्रशासन कार्यालयको पहलमा आयोजित सर्वपक्षीय बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जिल्लामा सामाजिक सद्भाव कायम राख्दै सम्भावित अप्रिय घटना रोक्न सबै पक्षको साझा […]

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

दाङ ,१५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गर्नुभएको छ । कोशी प्रदेशको सुनसरीको देवानगन्जसहितका क्षेत्रमा हालै भएका दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संयमता अपनाउन आग्रह गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको अपिलमा शान्ति, अमनचयन र आपसी भाइचारा कायम राख्नु […]

लुम्बिनीमा मन्त्रालय बाँडफाँटको गृहकार्य, मुख्यमन्त्री आचार्यले थाले दलहरुसँग छलफल

दाङ ,१५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा सहभागी हुने दलहरुसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने विषयमा छलफल सुरु गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी) मा सरकारमा सहभागी दलका नेताहरुसँग छलफल सुरु गर्नुभएको हो । छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दल नेता जोखबहादुर महरा, प्रमुख सचेतक इन्द्रजीत थारु, पूर्वमन्त्री […]