नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस

काठमाडौँ, १६ साउन ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका विभिन्न तहको नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको परिषद्को ९९औँ बैठकले उक्त निर्णय गरेको हो । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गाना, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल तथा परिषद्का पदाधिकारी एवं सदस्यको उपस्थिति थियो ।

बैठकले आधारभूत शिक्षा (कक्षा ६–८) अन्तर्गत मातृभाषा समूहका अवधी र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी, माध्यमिक शिक्षा (कक्षा ९–१०)को जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी, माध्यमिक शिक्षा (कक्षा ११–१२)अन्तर्गत संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मस्यौदा तथा विधिशास्त्र तथा नेपाली कानुनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

परिषद्को निर्णयसँगै यी पाठ्यक्रम अन्तिम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरिनेछ । स्वीकृतिपश्चात सम्बन्धित विषयका पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ । बैठकमा विषयगत विज्ञ सरोकारवालाको पनि उपस्थिति थियो । 

नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र

Leave a comment

Your email address will not be published. Required fields are marked *