कपिलवस्तुमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

कपिलवस्तु ,१३ साउन । तौलिहवा बहादुरगंज सडक अन्तरगत महाराजगंज नगरपालिका वडा नं २ गैडहवा चोकमा ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ । बहादुरगंजबाट तौलिहवा तर्फ जादै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले लु १३ प ६४३९ नम्बरको मोटरसाईकिल ,पदैलयात्री र साईकलयात्रीलाई ठक्कर दिदा एक बालक सहीत ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ […]

कर्णाली मन्त्रिपरिषद्मा दलित प्रतिनिधित्व सुनिश्चित गर्न माग, योग्य नेतृत्वलाई अवसर दिन आग्रह

सुर्खेत ,१३ साउन । नेपालकाे संविधान २०७२ काे धारा ३८ (४) राज्यकाे सवै निकायमा महिलाहरूलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । धारा ४० : राज्यको सवै निकायमा दलितहरूलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ । कर्णालीमा नेकपा- एमाले गठवन्धनकाे मुख्यमन्त्री माननीय मंगल वहादुर शाहीलाई कर्णाली प्रदेश प्रमुख माननीय यज्ञराज जाेशीले […]

छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै

महेन्द्रनगर, १३ साउन। छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका गर्न त्यस्ता चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरिएको छ । युवा समूहको सक्रियतामा गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गमा रहेका छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउन सुरु गरिएको स्थानीय हेमराज भट्टले जानकारी दिनुभयो । ‘रिफ्लेक्टिङ बेल्ट’ले राति सवारी चालकलाई टाढैबाट छाडा पशु चौपाया देख्न सजिलो हुने भएकाले […]

आलेखः  सर्पदंशको बढ्दो सन्त्रास

प्रगति ढकाल/रासस अहिले मनसुनको समय । किसानहरूको अधिकांश समय खेतबारीमै बित्ने गर्दछ । मनसुनी अवधिमा बढेको हुन्छ सर्पदंशको त्रासदी । विशेषगरी तराईका जिल्लामा मनसुन सुरु भएसँगै सर्पदंशका घटना बढ्न थाल्छन् । बिहान खेतमा पुगेको किसनालाई बेलुका सकुशल घर फर्किन पाइन्छ कि पाइँदैन भन्ने त्रास हुन सक्छ । दिनभर खेतमा काम गर्ने किसान मात्र होइन, राति […]

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका 

कैलाली, १३ साउन ।  कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश नमूना लागुऔषधसँग सम्बन्धित रहेको पाइएको छ ।  आर्थिक वर्ष २०८२/८३ मा प्रयोशालामा परीक्षण गरिएका कुल एक हजार ७९ नमूनामध्ये एक हजार ३३ अर्थात् ९५ दशमलव सात प्रतिशत केमिस्ट्री तथा नार्कोटिक्स (लागुऔषध) सम्बन्धी छन् । प्राप्त विवरणअनुसार एक वर्षमा एक हजार ९४ नमूना […]

कर्णालीको शिक्षा योजना समावेशी र गुणस्तरिय बनाउन जोड

सुर्खेत, १३ साउन । कर्णाली प्रदेशको शिक्षा योजना समावेशी, गुणस्तरिय र पहुँचयोग्य बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । मङगलबार प्रदेश शिक्षा योजना निर्माण सम्बन्धी सुर्खेतमा भएको कार्यशालामा सहभागी सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुले कर्णालीको समावेशी शिक्षाको लागि जोड दिएका हुन् । युरोपियन युनियनको सहयोगमा पिपुल इन निड, एकाउन्टबिलिटी ल्याब नेपाल, शिक्षाका […]

प्रहरीद्वारा भन्सार छली गरेर ल्याइएका सिलाइ सामग्री बरामद

कैलाली, १३ साउन । कैलालीको भजनी नगरपालिका–५ स्थित गुलरिया घाट नजिकबाट प्रहरीले भन्सार छली गरी ल्याइएका रु तीन लाखभन्दा बढी मूल्यका सिलाइसम्बन्धी सामग्री बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी सहायक हवल्दार केशव साउदको कमान्डमा खटिएको टोलीले आज बिहान जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा रहेको रु तीन लाख चार हजार बराबरका सामान फेला पारिएको […]

पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

काठमाडौँ, १३ साउन ।  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन् ।  उनले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए । नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसको […]

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

कैलाली, १३ साउन ।  सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ ।  दार्चुला पावर कम्पनी प्रवद्र्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ । नदी प्रवाहमा […]

बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगञ्ज, १३ साउन ।  बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई  सजाय र जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दायर गरेका दुइवटा मुद्दामा अदालतले एक व्यवसायीलाई एक वर्ष कैद र अर्कालाई रु ५० हजार जरिवानाको फैसला सुनाएको खाद्य प्रविधि तथा […]

पुनः एकै कित्तामा एमाले र पूर्वमाओवादी  कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त, आज शपथ

ओम शाही सुर्खेत, १३ साउन ।  कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा मुगुका मंगलबहादुर शाही नियुक्त भएका छन् । शाही मंगलबार साँझ नेकपा एमालेको सर्मथनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले साउन ९ गते सूचना जारी गर्दै […]

सम्पादकीय: सत्ता बदलियो, शासनशैली कहिले ?

कर्णाली प्रदेश फेरि एकपटक राजनीतिक सत्ता परिवर्तनको संघारमा उभिएको छ । नेकपा एमालेको समर्थनमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा (२) बमोजिम बहुमतको दाबी पेश गर्न आह्वान गरेपछि शाहीले दाबी पेश गरेसँगै नियुक्त भए । यससँगै कर्णालीले छोटो अवधिमै अर्को राजनीतिक अध्याय […]

कर्णालीको मुख्यमन्त्रीमा शाही नियुक्त

सुर्खेत ,१२ साउन । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् । आज प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनको शपथ भने भोलि बुधबार हुनेछ । उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा (एमाले)का १० […]