कपिलवस्तुमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

कपिलवस्तु ,१३ साउन ।
तौलिहवा बहादुरगंज सडक अन्तरगत महाराजगंज नगरपालिका वडा नं २ गैडहवा चोकमा ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ ।
बहादुरगंजबाट तौलिहवा तर्फ जादै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले लु १३ प ६४३९ नम्बरको मोटरसाईकिल ,पदैलयात्री र साईकलयात्रीलाई ठक्कर दिदा एक बालक सहीत ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधवार बिहान ७:३० बजेतिर तीब्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले किच्दा स्थानीय १२ बर्षिय आनन्द कस्यप, महाराजगंज नगरपालिका ३ का ७५ बर्षिय भोल्लर कुर्मी र ४५ बर्षिय बिजय कुमार गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानाएको छ ।
दुर्घटनामा मृत्यु भएका तिनै जनाको सव कपिलवस्तु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
घटना पछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना बरे थप अनुसनधान भई रहेको जनाएका छन ।






