डुडुवामा भूमिहीनको लगत अद्यावधिक अभियान सुरु, वडा–वडाबाट निवेदन संकलन

बाँके ,१४ साउन । बाँकेको डुडुवा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानतर्फ महत्वपूर्ण कदम चाल्दै वडा तहबाट निवेदन संकलन अभियान सुरु गरेको छ। लामो समयदेखि भूमि अधिकारको प्रतीक्षामा रहेका नागरिकको पहिचान, लगत अद्यावधिक तथा भूमि व्यवस्थापन प्रक्रियालाई व्यवस्थित ढंगले अघि बढाउने उद्देश्यले गाउँपालिकाले सबै वडामा अभियान सञ्चालन गरेको हो। भूमि व्यवस्था, […]

नेपाल र जापानबीच सहयोग सम्झौतामा हस्ताक्षर  

काठमाडौँ, १४ साउन ।  जापान सरकारले मानव संसाधन छात्रवृत्ति कार्यक्रमका लागि ४१० मिलियन जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउनु भएको छ । सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा द्विपक्षीय सहायतासम्बन्धी सम्झौतामा अर्थ सचिव डा घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत माएदा तोरुले हस्ताक्षर […]

दाङमा २२ जनालाई आमाको नामबाट नागरिकता

दाङ, १४ साउन ।  जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ ।  कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सो अवधिमा १८ हजार नौ जनाले वंशजका आधारमा, २२ जनाले आमाका नामबाट नागरिकता लिएका छन् । त्यस्तै, १४ जनाले गैरआवासीय नेपाली नागरिकता, ३४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता र […]

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

काठमाडौँ, १४ साउन ।  सङ्घीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ । ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी आफ्नो क्षेत्रभित्र खाद्य बजारको नियमित अनुगमन, निरीक्षण र नियमन गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले […]

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

भीष्मराज ओझा/रासस काठमाडौँ, १४ साउन ।  विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९ मा मनाइन्छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो । तत्कालीन समयमा बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस स्थापना गरिएको हो […]

प्राकृतिक स्रोतमा आधारित कच्चा वस्तुमै सीमित सुदूरपश्चिमको व्यापार

कैलाली, १४ साउन ।  कैलाली–कञ्चनपुर सीमामा रहेको सुदूरपश्चिमको प्रमुख भन्सार नाका गौरीफन्टाबाट आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब २९ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्यका वस्तु निर्यात भएका छन् । कैलाली भन्सार कार्यालयका अनुसार यसरी निर्यात भएका अधिकांश वस्तु कच्चापदार्थ र वनजन्य उत्पादनमै सीमित छ, जसबाट रु एक करोड ८४ लाख ७१ हजार ७२३ […]

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ, १४ साउन ।  पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा विहिबार कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सार्वजनिक गर्नुभएको २०८२ को गणनाअनुसार कुल बाघको सङ्ख्या मुलुकभर ४२९ पुगेको हो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, […]

घुयँत्राे :”सुरुङ खनियो, खाल्डोचाहिँ जनताको खल्तीमा पर्‍यो!”

आर्थिक ब्यवस्थापन र मीत ब्ययीताका कुरा गर्ने अर्थशास्त्री ज्युहरु भन्नुस त अढाई किलाे मिटर बाटाे छाेट्याउन २५ अर्बकाे ऋण लगाएर सुरुङ मार्ग खन्नु उचितहाे कि त्यति पैशाले अर्काे याेजना बनाएर त्याे सम्पन्न गर्नु ठिक हाे । हुन त नयाँ नाैलाे विकासकाे विराेधि रैछ याे भनेर मलाई तथानाम गालि गर्नु हुन्छ हाेला गर्नुस ल ! तर, […]

घरका लागि ढुङ्गा फोड्दा युवकको ज्यान गयो

गाेल्डेन बुढा, जुम्ला,१३ साउन । जुम्लाको सिंजा गाउँपालिका–३ खानीडाँडामा ढुङ्गा फोड्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिँदा एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा भुलीगाउँका २७ वर्षीय राजीव शाही रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार बुधबार अपराह्न करिब २:३० बजे आफ्नै घर निर्माणका लागि ढुङ्गा निकालिरहेका बेला […]

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम

देउखुरी ,१३ साउन । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो । यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन […]

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

सुर्खेत ,१३ साउन । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथग्रहण गराएका हुन् । समारोहमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्रीत्रय यामलाल कँडेल, जीवनबहादुर शाही, राजकुमार शर्मा, उपसभामुख यशोदा न्यौपाने, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी, प्रदेश सभाका सदस्यहरू, प्रमुख सचिव, […]

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

बाँके ,१३ साउन । बाँकेको कोहलपुरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीमा बुधबार बिहान फसेर सोही वडाका तीन जना मजदुर मृत अवस्थामा फेला परेका हुन्। मृत्यु हुनेमा […]

क्यान्सर बिरामीलाई ठूलो राहत : खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक कुरुवा घर सञ्चालन

बाँके ,१३ साउन । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा आएको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी र उनीहरूका आफन्तलाई लक्षित गर्दै लायन्स क्लब नेपालगन्ज–खजुराको सहकार्यमा १५ कोठे सुविधासम्पन्न कुरुवा घर सञ्चालनमा ल्याइएको हो। अस्पतालका निर्देशक डा. निरज भट्टराईले लामो समयसम्म क्यान्सर उपचार गराइरहेका बिरामीका कुरुवा तथा आफन्तले बसोबास […]