घरका लागि ढुङ्गा फोड्दा युवकको ज्यान गयो

गाेल्डेन बुढा,

जुम्ला,१३ साउन ।
जुम्लाको सिंजा गाउँपालिका–३ खानीडाँडामा ढुङ्गा फोड्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिँदा एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा भुलीगाउँका २७ वर्षीय राजीव शाही रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार बुधबार अपराह्न करिब २:३० बजे आफ्नै घर निर्माणका लागि ढुङ्गा निकालिरहेका बेला अचानक माथिबाट ठूलो ढुङ्गा खसेर उनी च्यापिएका थिए।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी नराकोटबाट खटिएको टोलीले उनको उद्धार गरी नराकोट स्वास्थ्य चौकी पुर्‍याएको थियो। त्यहाँबाट थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको भए पनि उपचारकै क्रममा बेलुका ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।प्रहरीले घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

घरका लागि ढुङ्गा फोड्दा युवकको ज्यान गयो

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम

Leave a comment

Your email address will not be published. Required fields are marked *