सुर्खेतमा खाद्य प्रविधि कार्यालयको समीक्षा 

सुर्खेत, ९ साउन ।⁠ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगरस्थित कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यहरू, बजेट खर्च तथा भावी रणनीतिका बारेमा विस्तृत समीक्षा गरिएको हो । […]

विद्यार्थीलाई शैक्षिक सामग्री र स्कुल ब्याग वितरण

सुर्खेत, ९ साउन । नेपाल प्रहरी श्रीमती संघले नेपाल एसबीआई बैंक लिमिटेडको सहकार्यमा दैलेखका तीन विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ ।  दैलेखको नारायण नगरपालिका–९ स्थित ईश्वरी आधारभूत विद्यालय, दुल्लु नगरपालिका–७ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय तथा नारायण नगरपालिका–१ स्थित श्री बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री र स्कुल ब्याग […]

कर्णालीमा सडक दुर्घटना न्यूनिकरणमा चुनौती एक ट्राफिक प्रहरीको भागमा  ४५ किलोमिटर सडक

ओम शाही सुर्खेत, ९ साउन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्यांक अनुसार कर्णाली प्रदेशभर नौ हजार ६ सय ८७.६२ किलोमिटर दुरीमा सडक निर्माण गरिएका छन् । जसमा एक हजार तीन सय ८४.४१ किलोमिटर पक्की सडक बनाइएको छ । यस्तै, एक हजार एक सय ९४.६५ किलोमिटर ग्राभेल, सात हजार एक सय […]

महको जिल्ला दररेट निर्धारणभएपछि : जुम्ली किसानमा खुसी

गोल्डेन बुढा जुम्ला,९ साउन । कर्णालीका धेरै किसानका लागि स्याउ, आलु र मार्सी धान जति परिचित आयस्रोत हुन्, जुम्लाको मौरीपालन पनि त्यत्तिकै बलियो आर्थिक आधार बनेको छ। वर्षौंदेखि आफ्नै गाउँमा मौरी हुर्काएर मह बेच्दै आएका किसानका लागि यसपालि भने कात्तिकमा मह निकाल्ने प्रतीक्षा मात्रै छैन, उत्पादनले पाउने मूल्यप्रतिको भरोसा पनि उत्तिकै छ।जुम्लामा पहिलोपटक व्यवस्थित रूपमा […]

घुयँत्राे:”कर्नालीका माओवादीलाई खुला अफर : अहिले मन्त्री बन, पछि एमालेमै हराऊ !”

ल है माओवादि साथिहरु कर्नालियाँ जाेड गर्नाेस । राजधानीयाँ प्रचण्ड र वलिबीच कुन प्रदेशाँ कल्ले मुख्यमन्त्री पाउने भन्ने विषया रस्साकस्सि चल्या छ । तपाईं कर्नालिका सभासदहरुलेनि अड्डिकसि रहनु भाे भने कर्नालियाँ मुख्य मन्त्री तपाईँहरले पाउन सक्नु हुन्छ । सत्ताकाे भागबण्डाकाे हिसाब भै रा बेलाँ कर्नालिका माओवादिहरु काँग्रेससितै मिलेर सरकार बनाउँछम् भनेर खिचातानि गरिराकाे सम्चार वलिकाँ […]

राप्तीमा जलस्तर बढेसँगै बाँकेमा उच्च सतर्कता, उद्धारका लागि सुरक्षाकर्मी २४ घण्टा ‘स्ट्यान्डबाइ’

बाँके,८ साउन । पछिल्ला केही दिनदेखि निरन्तर वर्षा भइरहेका कारण राप्ती नदीको जलस्तर बढ्न थालेपछि बाँकेमा बाढी, डुबान तथा नदी कटानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले उच्च सतर्कता अपनाएको छ। सम्भावित विपद्को अवस्थामा तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन तालिमप्राप्त सुरक्षाकर्मीलाई २४ घण्टा तयारी अवस्थामा राखिएको छ। समितिका अनुसार बाढीको […]

नवलपुर दाङलाई पेनाल्टीमा हराउँदै ब्रदर्स फाइनलमा, उपाधिका लागि मगर युनिटीसँग भिड्ने

बाँके ,८ साउन । बाँकेको खजुरास्थित ब्रदर्स एफसीले रोमाञ्चक खेलमा नवलपुर दाङलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। नवलपुर दाङले शुरुवाती अग्रता लिए पनि ब्रदर्सका भरत घर्ती मगरले महत्त्वपूर्ण गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए। उनको बराबरी गोलपछि विजेताको निर्णय पेनाल्टी सुटआउटबाट […]

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर 

काठमाडौँ, ८ साउन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पलाँता गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुङ्गा लेखनबाडा वडा कार्यालय दुर्सी फागोटी सडक निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट […]

सुर्खेत कारागारलाई पुस्तक सहयोग

सुर्खेत, ८ साउन । कर्णाली कारागारमा कैदीबन्दीलाई अध्ययनतर्फ आकर्षित गर्ने उद्देश्यले सञ्चालन भइरहेको पुस्तक अभियानमा पत्रकार तथा लेखक विराट अनुपमले आठ दर्जन पुस्तक सहयोग गरेका छन् । उनले साहित्य, कथा, कविता, जेलजीवन, राजनीतिक विचार, सिद्धान्त, व्यावसायिक सीप, उत्प्रेरणा र सकारात्मक सोचसम्बन्धी पुस्तक उपलब्ध गराएका हुन् । कारागार पुस्तक अभियानका संयोजक तथा प्रदेश प्रहरी कार्यालयका प्रमुख […]

पुष्पलालको स्मृतिमा वृक्षारोपण

सुर्खेत, ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुर्खेतले पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान वीरेन्द्रनगर–४ स्थित सहिदपार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख सहभागिता रहेको थियो । साथै, एमालेका केन्द्रीय सदस्य मोहनमाया ढकाल, प्रदेश, जिल्ला, नगर तथा […]

वित्तीय संघीयता सुदृढ बनाउन संरचनागत सुधारको माग

सुर्खेत, ८ साउन ।  कर्णाली प्रदेशमा वित्तीय सुशासन, सार्वजनिक खरिद प्रक्रिया र बजेट पारदर्शितामा देखिएका संरचनागत कमजोरी तत्काल सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सुर्खेतमा तीन दिनसम्म सञ्चालन भएको ‘वित्तीय सुशासन सम्बन्धी प्रादेशिक संवाद’ मा सहभागी युवाहरू, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा सरकारी निकायका अधिकारीहरूले वित्तीय संघीयतालाई प्रभावकारी बनाउन नीतिगत तथा संस्थागत सुधार आवश्यक […]

दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ, ८ साउन ।  नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसिओडी) थप्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ । […]

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज, ८ साउन ।  प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । यहाँस्थित बसपार्कको न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले बसपार्क क्षेत्रमा अवैध कारोबार भइरहेको छ भन्ने […]