कर्णालीको सत्ता समीकरणमा नयाँ मोड, केन्द्रको समीकरणले बढायो कांग्रेसको चिन्ता

सुर्खेत ,६ साउन । कर्णाली प्रदेशमा कांग्रेस र नेकपाले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेसँगै सत्ता समीकरण नयाँ मोडमा पुगेको छ। कांग्रेसले मुख्यमन्त्रीका लागि आफ्ना संसदीय दलका नेता जीवनबहादुर शाहीलाई अघि सारेको हो। यता केन्द्रमा एमाले र नेकपाबीच सहकार्यको चर्चा चुलिँदै जाँदा प्रदेश कांग्रेसमा अन्योल बढेको देखिएको छ। कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले केन्द्रमा […]

तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

काठमाडौँ, ६ साउन ।  तेह्र स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कूल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय तहले […]

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज, ६ साउन । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि कर्मचारीलाई नियमित कार्य सञ्चालन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज भएको उल्लेख गरे ।  उनले नेपाल सरकारले अघि सारेको सेवा प्रवाहमा सुधार, डिजिटल प्रशासन र नागरिकमैत्री सार्वजनिक सेवाको […]

मन्त्रालयको सङ्ख्या घटेपछि कर्मचारीको दरबन्दी मिलान गरिँदै 

काठमाडौँ, ६ साउन ।  सरकारले प्रशासनिक सुधारमार्फत मन्त्रालयको सङ्ख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र सङ्गठन संरचना व्यवस्थापनको काम अघि बढाइएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, साविकका २२ वटा मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको र सोहीबमोजिम कर्मचारी व्यवस्थापनको काम अन्तिम चरणमा रहेको जनाइएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज […]

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौँ, ६ साउन ।  सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको […]

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै

कैलाली, ६ साउन । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख छ । तर दूध उत्पादनको ठूलो हिस्सा भने अझै औपचारिक बजार प्रणालीमा जोडिन सकेको छैन । बजार व्यवस्थापन कमजोर हुँदा किसानले उचित मूल्य, उद्योगले गुणस्तरीय कच्चा पदार्थ र उपभोक्ताले सुरक्षित दुग्धजन्य उत्पादनको लाभ लिन सकेका छैनन् । सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डका अनुसार प्रदेशमा वार्षिक […]

कर्णालीको विकासका प्राथमिकता बुझ्न  स्थलगत अनुगमनमा मन्त्री लम्साल

सुर्खेत, ६ साउन ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं पूर्वाधार विकासको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा सोमबार हुम्लाको सदरमुकाम सिमकोट पुगेर काठमाडौं फर्किएका छन् । करिब एक साताको स्थलगत अनुगमन यात्रामा रहेका मन्त्री लम्सालले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत, दैलेख, कालीकोट र जुम्लाको अनुगमन सम्पन्न गरी मुगु हुँदै हुम्ला पुगेका हुन । यात्राका […]

चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

दाङ, ६ साउन ।  आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ ।  उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ । कार्यालयले उक्त आवमा रु पाँच अर्ब पाँच करोड ३३ लाख ६१ […]

डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै 

कैलाली, ६ साउन ।  ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि ७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन भएको छ ।  जिल्ला प्रशासन कार्यालय कैलालीको आव २०८२/८३ को वार्षिक प्रगति विवरणअनुसार ७९ हजार ५६१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको थियो ।  तीमध्ये ३६ हजार २० वटा परिचयपत्र […]

विदेशी बिरामीबाट एक अर्ब ५० करोडबढी विदेशी मुद्रा भित्रियो ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

काठमाडौँ, ६ साउन । नेपाल विश्वमा सर्वोच्च शिखर सगरमाथा सहित हिमाल, भगवान् गौतमबुद्धको जन्मस्थल, अद्वितीय र अनुकरणीय प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन र पदमार्गको अनुपम  गन्तव्य देशका रूपमा परिचित हुँदै आएको छ । तीन ‘ज’ अर्थात् (जमिन, जङ्गल, जलस्रोत) सहित विशेष गरेर पर्यटन र कृषिलाई नेपालको आर्थिक प्रचुर सम्भावनाका क्षेत्रका रूपमा लिइन्छ ।  पछिल्ला वर्षहरूमा नेपालले […]

आत्मनिर्भर अर्थतन्त्रको आधार र घरेलु तथा साना उद्योगको विकास

शोभा गुरुङ नेपालको आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि घरेलु तथा साना उद्योगको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । सीमित पुँजी, स्थानीय स्रोत–साधन, परम्परागत सीप र श्रमको उपयोग गरी सञ्चालन हुने यस्ता उद्योगले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, महिला सशक्तीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । ठूला उद्योगको तुलनामा […]

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ, ६ साउन ।  विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्‌तर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ती आयोजनाको कूल क्षमता तीन हजार २११ मेगावाट बराबर छ । सौर्य ऊर्जातर्फ सात वटा आयोजना छन् । ती आयोजनाको क्षमता ३११ मेगावाट छ ।  त्यस्तै, प्रसारण लाइनतर्फ २२० केभी क्षमताको १७९ सर्किट किलोमिटर, […]

कर्णालीका ६ अदालतको कार्यसम्पादन  तीन वर्षको अवधिमा किनारा  लागे १८ हजार मुद्दा 

ओम शाही सुर्खेत, ६ साउन । कर्णाली प्रदेशका ६ अदालतले तीन आर्थिक वर्षको अवधिमा १८ हजार बढी मुद्दा किनारा लगाएका छन् । उच्च अदालत सुर्खेत र मातहत पाँच जिल्लाका जिल्ला अदालतले पछिल्ला तीन आर्थिक वर्षमा १८ हजार चार सय ९२ मुद्दा फछ्र्यौट गरेका हुन् । उच्च अदालत सुर्खेतसहित मातहतका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट र […]