धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि

टिकाराम सुनार/रासस धनगढी, ५ साउन ।  हरेक वर्ष नयाँ योजना घोषणा गर्ने परम्पराभन्दा फरक बाटो रोज्दै कैलालीको धनगढी उपमहानगरपालिकाले प्रभावकारी कार्यक्रमलाई अभियानकै रूपमा निरन्तर सञ्चालन गर्ने नीति लिएको छ ।  स्वास्थ्य, सरसफाइ, पर्यटन, सामाजिक सुरक्षा र स्वरोजगारका कार्यक्रमलाई नागरिकको सहभागितासँग जोड्दै उपमहानगरले विकासलाई दिगो र समृद्धिलाई साझा लक्ष्य बनाउने अभ्यास गरिरहेको छ । त्यसै रणनीतिअनुसार […]

विश्वकप समाप्तिः फुटबलमा नयाँ युग थालनी

राजु सिलवाल अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को आदर्श स्वच्छ खेललाई पछ्याउँदै अनुशासित खेल प्रदर्शन गर्दै स्पेन फिफा विश्वकप फुटबल प्रतियोगिता विजेता बन्न सफल भएको छ ।  स्पेन तथा अर्जेन्टिनाबीच भएको फाइनल प्रतिस्पर्धामा रेफ्री स्लाभको भिन्सिकले खेल अवधिमा अनुशासन भङ्ग गरेको आधारमा देखाएका कूल सातवटा पहेँलो कार्डमध्ये सबै कार्ड अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षकले पाएका थिए । अझ […]

रोम विधान अनुमोदन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सुर्खेत, ५ साउन ।  कर्णाली प्रदेशका मानव अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)को रोम विधान अनुमोदन गर्न माग गर्दै साउन ४ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।  अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा नेपालले लामो समयदेखि रोम विधान अनुमोदन नगर्दा दण्डहीनताको अन्त्य […]

एक वर्षको अवधिमा रोजगारी खोज्दै  विदेशिए झण्डै आठ लाख नेपाली

ओम शाही सुर्खेत, ५ साउन । एक वर्षको अवधिमा रोजगारीको खोजीमा झण्डै आठ लाख नेपाली विदेशिएका छन् । गत आर्थिक वर्ष २०८२/०८३ मा एक सय ५१ देशमा रोजगारी गर्न सात लाख ९२ हजार एक सय ८७ जनाले श्रम स्वीकृति लिएका छन् ।  यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको […]

सम्पादकीय :  अपराधन नियन्त्रणमा चुनौती

सुर्खेतमा जघन्य अपराधसँगै साइबर अपराध पनि तीव्र रूपमा बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांकअनुसार जबरजस्ती करणी, लागूऔषध, बैंकिङ कसुर, ठगी र विद्युतीय माध्यमबाट हुने अपराधमा वृद्धि देखिएको छ । प्रहरीको त्रिवर्षीय तथ्यांकलाई केलाउने हो भने १० वर्ष भन्दाबढी सजाय हुने अपराधको ग्राफ बढ्दै गएको देखिन्छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ […]

ब्रान्ड बन्यो ‘वाउ जुम्ला’ अचार

गाेल्डेन बुढा जुम्ला ,५ साउन। कर्णालीको पहिचान लामो समयसम्म अभाव, बेरोजगारी, पलायन र पछौटेपनको भाष्यले ढाकिरह्यो। राष्ट्रिय बहसमा यो भूगोल प्रायः संकट, गरिबी र अवसरको अभावसँग जोडिएर प्रस्तुत हुँदै आयो। तर, त्यही कर्णालीको जुम्लास्थित चन्दननाथ नगरपालिका–७ महत गाउँबाट अहिले अर्को कथा जन्मिएको छ।आत्मनिर्भरता, महिला नेतृत्व, स्थानीय उत्पादन र उद्यमशीलताको कथा। घरको भान्सामा पाक्ने परम्परागत अचारलाई […]

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज,४ साउन । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ । वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर तथा राप्तीसोनारी–२ को गोभारपुरमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिनुभयो। उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, […]

सीमामा लागूऔषधविरुद्ध कडाइ : रुपईडीहामा ५३ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

बाँके ,४ साउन  ।  भारत–नेपाल सीमास्थित रुपईडीहामा ५३ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। गयराति रुपईडीहा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका ३८ वर्षीय शमीम अहमदलाई नियन्त्रणमा लिएको हो। रुपईडीहा प्रहरीका प्रभारी निरीक्षक हरेंद्र कुमार मिश्रका अनुसार खानतलासीका क्रममा शमीमको साथबाट ५३ ग्राम ब्राउन सुगर, […]

विषादी परीक्षणको दायरा बढ्दा बाँकेमा कैफियतयुक्त तरकारीको सङ्ख्या पनि बढ्यो

बाँके ,४ साउन । बाँकेमा तरकारी तथा फलफूलमा हुने विषादी अवशेष परीक्षणको दायरा विस्तार भएसँगै मापदण्डभन्दा बढी विषादी अवशेष भेटिने नमुनाको सङ्ख्या पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा गरिएको परीक्षणमा १२ वटा नमुनामा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगञ्जले जनाएको छ। […]

तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

दाङ, ४ साउन । तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेको छ ।  उपमहानगरपालिका कार्यालयका अनुसार वडा नं ४ रक्षाचौरको चारबाटो चोकदेखि एक्लेवरसम्म दुई किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर र राप्ती राजमार्गदेखि पिलीबोटसम्म दुई किलोमिटरसहित सडक कालोपत्र गरिएको हो । त्यसैगरी, नौ हजार ९५८ मिटर पक्की नाला, तीनवटा वडा कार्यालय भवन, एउटा […]

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको परीक्षण 

काठमाडौँ, ४ साउन ।  सबै सरकारी सेवाहरू डिजिटलमैत्री बनाउने सरकारको लक्ष्यअनुसार शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको सफल परीक्षण गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको पहलमा निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ आज ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो । परीक्षण सफल भएपछि आगामी हप्तादेखि पानीमुहान र नागार्जुन […]

पर्यटन प्रवद्र्धन गर्न ‘नेपालगन्ज कोरा’ 

बाँके, ४ साउन ।  धार्मिक पर्यटकीयस्थलको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्न यहाँ ‘नेपालगन्ज कोरा’ गरिएको छ ।  नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको नेपालगन्ज कोरामा १०० बढी साइकलयात्री सहभागी भएको क्लबका सहसचिव विष्णु कँडेलले जानकारी दिए ।  उनका अनुसार यस वर्षको कोरा २५ किलोमिटर, ५० किलोमिटर र १०० किलोमिटर दूरीको यात्रा रहेको थियो । पच्चीस किलोमिटर […]

मुक्तकमैयाका समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग

कैलाली, ४ साउन ।  सरकारबाट पुनःस्थापना गर्न बाँकी रहेका मुक्तकमैयाको समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग गरिएको छ । शनिबार कैलालीको धनगढीमा २६ औँ कमैयामुक्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले पुनःस्थापनाका लागि सरकारले पहिचान गरेकामध्ये बाँकी रहेकाको समस्या समाधान गर्न यस्तो माग गरिएको हो ।  कार्यक्रममा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले सरकारले पुनःस्थापनासम्बन्धी […]