एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ, ६ साउन ।  विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्‌तर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ती आयोजनाको कूल क्षमता तीन हजार २११ मेगावाट बराबर छ । सौर्य ऊर्जातर्फ सात वटा आयोजना छन् । ती आयोजनाको क्षमता ३११ मेगावाट छ ।  त्यस्तै, प्रसारण लाइनतर्फ २२० केभी क्षमताको १७९ सर्किट किलोमिटर, […]

कर्णालीका ६ अदालतको कार्यसम्पादन  तीन वर्षको अवधिमा किनारा  लागे १८ हजार मुद्दा 

ओम शाही सुर्खेत, ६ साउन । कर्णाली प्रदेशका ६ अदालतले तीन आर्थिक वर्षको अवधिमा १८ हजार बढी मुद्दा किनारा लगाएका छन् । उच्च अदालत सुर्खेत र मातहत पाँच जिल्लाका जिल्ला अदालतले पछिल्ला तीन आर्थिक वर्षमा १८ हजार चार सय ९२ मुद्दा फछ्र्यौट गरेका हुन् । उच्च अदालत सुर्खेतसहित मातहतका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट र […]

सम्पादकीय :  आफ्‌नै देशमा कहिले पाइन्छ रोजगारी ?

नेपालमा वैदेशिक रोजगारी बाध्यता बनेको धेरै वर्ष भइसक्यो । प्रत्येक वर्ष लाखौं युवा आफ्नै देशमा सम्मानजनक रोजगारी नपाएर विदेशिन बाध्य छन् । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकले पनि यही तीतो यथार्थ दोहोर्‍याएको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै सात लाख ९२ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको […]

मुख्यमन्त्री आचार्यद्वारा अधिवक्ता टंकप्रसाद पोखरेललाई श्रद्धाञ्जली अर्पण

अर्घाखाँची ,५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले वरिष्ठ अधिवक्ता, समाजसेवी तथा नेकपा एमालेका अग्रज नेता टंकप्रसाद पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष शम्भु प्रसाद पोखेरेल का पिता समेत रहनुभएका पोखरेलको श्रद्धाञ्जली कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, कानुन व्यवसायी, शुभेच्छुक […]

घुयँत्राे: “कानुन मन्त्री व्यस्त, कानुनचाहिँ ड्राफ्टमै अलपत्र !”

हैन याैटा कुरा बुझिएन के !? पुराना दल त निकम्मा थे, नालाएक थे, असक्षम थे तर, याे सबै कुराँ लाएक र याेग्य भा काे सरकारले नि सदन लाई किन विजनेस दिन नसकेर दुईदुई साता स्थगित भा हाेला सदन ! रास्वपाँ चुनाब जित्याजति सबै लाएक छन भनेर गुड्डि हाँक्ने रास्वपा कार्यकर्ता र नेताहरु अनि रास्वपाकै नजरमा […]

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन आह्वान

काठमाण्डौं, ५ साउन । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा  अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ ।  भूमि समस्या समाधान समितिले जारी गरेको सूचनाअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवश्यक विवरण संकलन गर्न […]

कर्णालीमा एक वर्षमा १७ हजारभन्दा बढी सेवा ९५३ जनाको निःशुल्क शल्यक्रिया

सुर्खेत,५  साउन ।  कर्णाली प्रदेशका विभिन्न जिल्लामा ९५३ जनाको निःशुल्क आँखाको शल्यक्रिया सेवा गरिएको छ ।  नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका अति दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका समुदायमा सञ्चालन गरेका निःशुल्क आँखा शिविरमार्फत उक्त सेवा प्रदान गरेको हो ।  अस्पतालका बाह्य कार्यक्रम प्रमुख नेत्र अधिकृत […]

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज, ५ साउन ।  मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ ।  वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर तथा राप्तीसोनारी–२ को गोभारपुरमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिनुभयो। उक्त प्रणालीले हात्ती, बाघ, […]

घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व

काठमाडौँ, ५ साउन ।  घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व सङ्कलन भएको छ ।  देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व सङ्कलनसमेत गत असार महिनामा नै भएको हो ।  विभागले वर्षभरको राजस्व सङ्कलनको […]

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ, ५ साउन  ।  मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ । पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको हो ।  मनोनयन परेकामा अज्ञान (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपालमण्डलसँग जोडिएको सिमौनगढको सिमानाको इतिहास (रोशनकुमार झा), नेपाल […]

नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन 

काठमाडौँ, ५ साउन ।  नीति अनुसन्धान प्रतिष्ठानले राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य बढाउने भएको छ । प्रतिष्ठानको  गठन आदेश संशोधनसँगै योजना आयोग र त्रिविबीच समन्वय बढ्ने भएको हो । राजपत्रको भाग–३ मा प्रकाशित ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) आदेश (दोस्रो संशोधन, २०८३’ मा बोर्डको संरचनामा हेरफेर भएसँगै योजना आयोगका उपाध्यक्ष पदेन अध्यक्ष […]

चार महिनामा तीन हजार ४३५ विपद्का घटना 

काठमाडौँ, ५ साउन ।  गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् ।  विपद्मा परेर ९८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन् । सो अवधिमा […]

भौतिक प्रगतिका आधारमा ‘आरसीओडी’को म्याद थप गर्ने तयारी

काठमाडौं ,५ साउन । सरकारले विद्युत् खरिद–बिक्री सम्झौता (पिपीए) भई निर्माणका विभिन्न चरणमा रहेका तर सञ्चालनमा आउन नसकेका जलविद्युत् आयोजनाको वर्गीकरण गरी आवश्यक सहजीकरण गर्ने भएको छ । ती आयोजनाको विद्यमान अवस्थालाई वर्गीकरण गरी व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने निर्धारित अन्तिम मिति (आरसीओडी)को म्याद थप गर्ने तयारी गरिएको छ । गत असार ३२ गतेको नेपाल […]