घुयँत्राे: “कानुन मन्त्री व्यस्त, कानुनचाहिँ ड्राफ्टमै अलपत्र !”

हैन याैटा कुरा बुझिएन के !? पुराना दल त निकम्मा थे, नालाएक थे, असक्षम थे तर, याे सबै कुराँ लाएक र याेग्य भा काे सरकारले नि सदन लाई किन विजनेस दिन नसकेर दुईदुई साता स्थगित भा हाेला सदन ! रास्वपाँ चुनाब जित्याजति सबै लाएक छन भनेर गुड्डि हाँक्ने रास्वपा कार्यकर्ता र नेताहरु अनि रास्वपाकै नजरमा काविल साेविता गाैतम जस्ताे लाएक कानुन मन्त्री , जाे ऐलेसम्मकै याेग्य कानुन मन्त्री रे उनकाे नेतृत्वमा नि आबस्यक विधेयककाे ड्राफ्ट गर्न नसक्नु र सदन स्थगित हुनु रास्वपा पाटिकाे लज्जाजनक अबस्था हाे त ! कि त कर्मचारीहरुले काम नगरेर अटेर गर्या कारण यस्ताे असफल भा हाे त सरकार ! ? बर्ष दिनमा दुई सय कानुन बनाएर देखाउँछम् भन्या सरकारकि कानुन मन्त्रीले नकन्या कानुनकाे त कुरै छाेडाैँ बनेकै शिक्षा कानुन र निसेनि समेत सामान्य संसाेधन गरेर भएनि ल्याउन सकिनन भने अरुकाे के कुरा गर्नु । रास्वपा सत्तामा गएदेखिनै अत्यधिक चासाे र आबस्यकता ठानिएका यी दुई कानुन पारित नगरेर देशलाई अस्तब्यस्त बनाउन लागेकाे देख्दा जनतापनि हुक्क भएर यी नयाँ दलभन्दा त पुरानै दल ठिक रैछन भन्ने भावना ब्यक्त गर्न थालेकाे सुनिँदैछ । अर्थ मन्त्री सर्वसाधारणलाई भएभरकाे करकाे बाेझ बढाउने अनि कानुन मन्त्रीले नसदनलाई व्यापार दिने न आबस्यक कानुन संसाेधनका लागि सदनमा लग्ने , त्यै भएरनै हाेला सायद प्रधानमन्त्री यी दुबै मन्त्रीलाई फायर गर्ने अडानमा रहेका सम्चार दिनहु सामाजिक सन्जालमा छरपस्ट आईरहेका छन । सरकारलाई आफ्नाे गतिमा बढन अदालत र न्यायाधीश बाधक बनेझैँ पाटिका केही सांसद र मन्त्रीहरुनै बाधक र असक्षम देखिएपछि रास्वपा पाटि भित्र नि खैलाबैला मच्चिराछ सरकार बनेकाे ३ मैनामै सरकार बदनाम भा कुरा त कसैका सामू छुप्याछैन क्यारे ! खालि आँफुले मात्रै गर्छम् पुराना दलहरुले केई गर्या छैनन खालि भष्टाचारमात्रै गर्याछन र उनरका काम सबैकाम भष्टाचारमुखि,राज्यकाे ढुकुटी रित्याउने नियतबस र परिवारवाद भित्र रहेर गरियाे भन्ने आराेप लगाउँदै गर्दा, याैटा मन्त्रीलाई प्रथम श्रेणिका ५/५ जना सचिव नियुक्त गर्न पाउने र बाँकि ४ जना अन्य कर्मचारी गरि ९/
९ जनाकाे सल्लाहकार टिम बनाउने अनि सबै मन माननीयहरुलाई १/१ जना पिए राख्न दिने भन्ने याे सरकारकाे निर्णयले राज्यकाे ढुकुटी सिध्याउने खेल कसले खेल्दैछ भन्ने कुरा जनताले बुझि सक्या छन । कहिँ कत‌ै छिसिक्क पात हल्लियाे कि हरेक विषयमा आयाेग गठन गरेर आयाेगकाे लाम लाउने र कार्यकर्ता पाल्ने नयाँ स्किम ल्याउन याे सरकारले गरेका हरेक गतिविधि जनता र देशकाे भलाईकाे निम्ति नभएकाे कुरा अब जनतालाई बुझाई राख्नु नपर्ने भएकाेछ भने अरुकाे हैन आफ्नै सांसद र मन्त्रीका कारण याे सरकार निरन्तर जनतामाझ अप्रिय बन्दै गई रहेकाेछ । बर्षभरिलाई अन्न उब्जायर जनतालाई पाल्ने खेतिपातिका लागि समेत आबस्यक पर्ने मलकाे ब्यवस्थापन गर्न नसकेर किसानहरुकाे रुवाबासी पारि रहेकाे सरकार किसान माझ त झन नराम्रो शीत बदनाम भई रहेकाेछ । यहिकारणले देशमा अन्न उत्पादन नभएर आउने समयमा अनिकाल पर्ने निश्चित छ भने दैनिक रुपमा बृध्दिभै रहेकाे बजार भाउ र शेर मार्केटकाे दैनिक ओरालाे लाग्दाे नेप्से सूचकांकले बजारले उद्याेग ब्यवसाय र शेयर लगानि घटदाे अबस्थामाछ । दैनिक बढ्दाे बेराेजगारका कारण युवाहरु विदेश पलायन बाहेक अरु उपाए देखि रहेका छैनन भने यै सरकारका कारण नेपालिहरुलाई राेजगारी दिने मुलुकले राेजगारीदिनै बन्द वा राउजगारी पाउन पुर्याउनु पर्ने सर्त पुर्याउनै नसक्ने अबस्था सृजना भएकाेछ । जस्लेगर्दा वैदेशिक राेजगारमा जानेहरुकाे संख्या समेत घटदाेछ जसकाे जिम्मेवार राेजगार नभएर सरकारनै हाे । सरकार बनाउँदा एक बर्षमै देश र जनताकाे कायापलट गर्छु भन्ने सरकार एकपछि अर्को असफलता हात पार्दै जनतालाई धम्क्याउँदै बसेकाे देख्दा सरकार उस्तै हाे कि हामी उस्तै हुम्कि सरकारका निकायमा काम गर्ने उस्तै हुन कि केही बुझि नसक्नु छ ।देश विकास र आफ्नाे उन्नति प्रगति भन्दा आन्दोलनमै रुचि राख्ने जनता कुन दिन फेरि सडकमा आउँछन र फेरि अर्काे उधुम मच्चाउँछन अब त्यसकै ईन्तजारमा बस्नु पर्नेत हाेला हाम्लेनि ।
” बिरसिक्का “

घुयँत्राे: “कानुन मन्त्री व्यस्त, कानुनचाहिँ ड्राफ्टमै अलपत्र !”

बबई नदीको कटानले गुलरियाका पाँच गाउँ उच्च

Leave a comment

Your email address will not be published. Required fields are marked *