दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ, ८ साउन ।  नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसिओडी) थप्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ । […]

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज, ८ साउन ।  प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । यहाँस्थित बसपार्कको न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले बसपार्क क्षेत्रमा अवैध कारोबार भइरहेको छ भन्ने […]

कैलाली सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै

कैलाली, ८ साउन ।  कैलालीमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार नौ सय २९ विभिन्न प्रकृतिका अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै हुने गरेका छन् । बार्षिक प्रगति विवरणअनुसार यहाँ सङ्गठित तथा आर्थिक अपराधका आठ सय छ मुद्दा छन् । यस्तै, […]

सुशासन र लोकतन्त्रको अन्तरसम्बन्ध 

श्यामप्रसाद मैनाली हरेक राजनीतिक आन्दोलनपछि नेपाली जनताले एउटा नयाँ आशा बोकेका हुन्छन् । २००७ सालको परिवर्तन, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन, संविधान निर्माण तथा त्यसपछि भएका निर्वाचनहरूमा सुन्दर आकर्षक चुनावी घोषणापत्र लिएर राजनीतिक दलहरू निर्वाचनमा  होमिए । निर्वाचनको हरेक चरणमा जनतालाई सबै राजनीतिक दलहरूबाट एउटै वाचा सुनाइयो । उनीहरूमध्ये जो कोही शासन सत्तामा पुगे […]

कर्णालीमा सवारी कारबाहीबाट तीन करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत, ८ साउन ।  नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारबाहीबाट तीन करोड ४१ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आर्थिक वर्ष ०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८ हजार ८८५ सवारीसाधनलाई कारबाही गरिएको […]

संकटमा कर्णाली सरकार मुख्यमन्त्रीविरुद्धको अविश्वास  प्रस्तावको विपक्षमा उभिए कांग्रेस–नेकपा

ओम शाही सुर्खेत, ८ साउन ।  कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव उपर शनिबार (९ साउन) मा छलफल हुने भएको छ । बिहिबार दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको थियो । उक्त बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैैठकपछि सभामुख नन्दा […]

सम्पादकीय : डेंगी नियन्त्रणमा सचेत बनौं

डेंगी अब मौसमी रोग मात्रै रहेन, सुर्खेतका लागि यो क्रमशः सार्वजनिक स्वास्थ्य संकटको रूप लिँदै गएको छ । पछिल्ला पाँच आर्थिक वर्षका तथ्यांकले संक्रमणको जोखिम वर्षेनी बढिरहेको स्पष्ट देखाउँछन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पाँच वर्षमा जिल्लाभर ४९ हजार आठ सय ११ जनाको परीक्षण गर्दा सात हजार एक सय ७८ जनामा डेंगी संक्रमण पुष्टि […]

पुष्पलालको स्मृति दिवसमा कम्युनिस्ट आन्दोलनको समीक्षा: एकता, वैचारिक स्पष्टता र जनमुखी राजनीतिमा जोड

बाँके ,८ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाँकेले नेपालको कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव तथा महान् क्रान्तिकारी नेता पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस विविध कार्यक्रमका साथ मनाएको छ। दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियतामाथि विभिन्न चुनौती देखिएको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा सुदृढ, जनमुखी र एकताबद्ध बनाउनुपर्नेमा जोड […]

घुयँत्राे:”कर्नालीमा अविश्वास, काठमाडौंमा विश्वास ! प्रदेशका नेता ‘ढाल्छौं’ भन्दै, प्रचण्ड–ओली ‘मिल्छौं’ भन्दै”

हैन ! कर्नालि ,प्रदेश माननियहरु त हामीले ल्याकाे अविश्वासकाे प्रस्ताबबाट न बिचलित भा छम् ,न पछि हट्याछम् हाम्राे अडान एमाले मुख्यमन्त्री माथि यथावतछ भन्छन त हँ । उता प्रचण्ड,माधब र वलि सबै एक हुने पनि प्रदेश कब्जा गर्ने पनि भनेर हात मिलाका मिलाई छन यता प्रदेशकाे गति यस्तो छ । अब कसरी सम्हाल्ने हुन कुन्नि […]

कोहलपुरको मन्नापुर पुल नजिक डुबेर एक जनाको मृत्यु

बाँके ,७ साउन । बाँकेको मन्नापुर नजिक रहेको पुल आसपासको क्षेत्रमा डुबेर एक पुरुषको मृत्यु भएको छ। प्रारम्भिक जानकारी अनुसार मृतक सुर्खेत स्थायी घर भई हाल बाँकेको बाबानगरमा बसोबास गर्दै आएका रतन ओली रहेका छन्। स्थानीयका अनुसार ओली जीविकोपार्जनका लागि श्रीमतीसँगै खाली बोतल संकलन गर्ने काम गर्दै आएका थिए। उनी नियमित रूपमा विभिन्न स्थानमा बोतल […]

जुम्लाबाट कांग्रेस नेतृत्वलाई चेतावनी : ‘सचिनुस्, नत्र हार निश्चित’

गाेल्डेन बुढा जुम्ला,७ साउन । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४औँ स्मृति दिवस तथा ‘जरा अभियान समापन समारोह–२०८३’ जुम्लामा बुधबार सम्पन्न भयो। बीपीको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्यको स्मरणका लागि आयोजना गरिएको कार्यक्रम अन्ततः पार्टीभित्र चुलिँदै गएको गुटबन्दी, कमजोर संगठन, नेतृत्वप्रतिको असन्तुष्टि र आगामी निर्वाचनप्रतिको बढ्दो चिन्ताको सार्वजनिक आत्मपरीक्षणमा परिणत भयो। कार्यक्रममा वृक्षरोपणसमेत गरिएको […]

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी

काठमाडौँ, ७ साउन ।  चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ । गत सोमबार जारी मार्गदर्शनमा बजेट तथा कार्यक्रमलाई तोकिएको समयसीमाभित्र कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउन, स्रोत–साधनको मितव्ययी उपयोग गर्न तथा विकास आयोजनाको प्रगति नियमित रूपमा अनुगमन […]

सुदूरपश्चिम चलचित्रकर्मी सङघ गठन

कैलाली, ७ साउन ।  चलचित्र क्षेत्रको विकास तथा चलचित्रकर्मीको हकहित, संरक्षणका लागि सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन गरिएको छ । वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशीको अध्यक्षता तथा वरिष्ठ चलचित्रकर्मी खडकबहादुर मल्लको विशेष उपस्थितिमा धनगढीमा सम्पन्न भेलाले  सरस्वती खड्का भट्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । सङ्घको उपाध्यक्षमा वीरेन्द्र सिंह ‘बिरु’, महासचिवमा सुरेन्द्र सङ्गम, सचिवमा विनोद […]