जुम्लाबाट कांग्रेस नेतृत्वलाई चेतावनी : ‘सचिनुस्, नत्र हार निश्चित’

गाेल्डेन बुढा

जुम्ला,७ साउन ।
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४औँ स्मृति दिवस तथा ‘जरा अभियान समापन समारोह–२०८३’ जुम्लामा बुधबार सम्पन्न भयो। बीपीको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्यको स्मरणका लागि आयोजना गरिएको कार्यक्रम अन्ततः पार्टीभित्र चुलिँदै गएको गुटबन्दी, कमजोर संगठन, नेतृत्वप्रतिको असन्तुष्टि र आगामी निर्वाचनप्रतिको बढ्दो चिन्ताको सार्वजनिक आत्मपरीक्षणमा परिणत भयो। कार्यक्रममा वृक्षरोपणसमेत गरिएको थियो।कार्यक्रमका अधिकांश वक्ताको अभिव्यक्तिमा एउटा साझा निष्कर्ष देखिन्थ्यो।कांग्रेसको चुनौती अहिले प्रतिपक्ष होइन, आफ्नै संगठनभित्रको अविश्वास, गुटगत ध्रुवीकरण र नेतृत्वप्रतिको बढ्दो असन्तुष्टि हो।पूर्व समानुपातिक सांसद कान्तिका सेजुवालले पार्टीभित्र अब सामान्य समीक्षा पर्याप्त नरहेको भन्दै ‘निर्मम समीक्षा र अप्रेसन’ आवश्यक भएको बताइन्। उनको अभिव्यक्तिले संगठनभित्र सतहमा देखिएको समस्याभन्दा गहिरो संरचनागत संकटतर्फ संकेत गर्‍यो।गुटबन्दी हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने स्वीकार गर्दै उनले समस्या गुटको अस्तित्वभन्दा पनि त्यसले नेतृत्व, संगठन र निर्णय प्रक्रियामा पारेको प्रभावमा रहेको औँल्याइन्। जुम्लाभर कांग्रेस संगठनमा ‘रोग फैलिएको’ टिप्पणी गर्दै उनले स्थानीय र प्रदेश निर्वाचनमा कांग्रेस अनुकूल परिणाम आउने आधार आफूले नदेखेको स्पष्ट भनिन्।व्यङ्ग्य प्रहार गर्दै हिजोका चुनावमा रुख चिन्ह छाेडेर ‘धारो–हलोलाई मतदान’ गर्ने गर्न लगाएको नेतृत्व जिउँदै छाैँ,सेजुवालले भनिन्,“चुनाव हाम्रो पक्षमा हुन्छ भन्ने मलाई लाग्दैन,” भन्ने उनको अभिव्यक्ति चुनावी अनुमान मात्र नभई संगठनको वर्तमान अवस्थाप्रतिको सार्वजनिक असन्तुष्टि थियो। उनले ‘तँ र म’को राजनीतिक संस्कृतिले कांग्रेसलाई संस्थाभन्दा समूहको प्रतिस्पर्धामा सीमित बनाएको संकेत गर्दै पार्टी अहिलेको अवस्थामा पुग्नुका दुई प्रमुख कारण केन्द्रीय विशेष महाधिवेशन हुनु र संसद् पुनःस्थापना नहुनु रहेको धारणा राखिन्।केन्द्रीय महासमिति सदस्य तपेन खड्काले पछिल्लो एक महिनादेखि पातारासी गाउँपालिका बाहेक जुम्लाका सातवटै स्थानीय तहमा पुगेर कार्यकर्ताको धारणा संकलन गरेको जानकारी दिए। उनले कार्यकर्ताको आवाज केन्द्रीय नेतृत्वसम्म पुर्‍याउने प्रतिबद्धता जनाउँदै कांग्रेसले बीपीको विधि, संगठनात्मक अनुशासन र मूल्यमा फर्किनुपर्ने बताए। दम्भले नेतृत्व निर्माण नगर्ने र क्षमता, सरलता तथा इमानदारी नै नेतृत्वको आधार हुनुपर्ने उनको भनाइ थियो।पूर्व वन राज्यमन्त्री भक्तबहादुर रोकायाले पार्टीबाट विचलित नहुन आग्रह गर्दै नेतृत्व अब युवा पुस्ताको काँधमा पुगेको बताए। उनले अग्रज नेताको अनुभवलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै कांग्रेसको नेतृत्व गगनकुमार थापाले गर्न सक्ने धारणा सार्वजनिक गरे। यसले पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे चलिरहेको बहसलाई थप उजागर गरेको देखिन्छ।जिल्ला उपसभापति कार्मा बुढाले बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसले आफ्नो संगठनात्मक ढाँचा र कार्यशैली परिवर्तन गर्न नसके थप कमजोर बन्ने चेतावनी दिए। पार्टीविरुद्ध सामाजिक सञ्जालमा लेख्ने व्यक्तिलाई पार्टीकै अगुवा नेतृत्वले संरक्षण गरेको आरोप लगाउँदै उनले अनुशासन र संगठनात्मक नियन्त्रण कमजोर बनेको संकेत गरे। “हामी जीवित हुन पार्टी जीवन्त हुनुपर्छ,” भन्ने उनको भनाइ संगठनमाथिको चिन्ताको सार थियो। हाम्रो गुठिचाैर गाउँपालिका जितेको बहाल बाला गाउँपालिका अध्यक्ष रास्वपामा प्रवेश गरेको भाइरल भइरदा पनि हामी भित्रका नेताहरुले प्रवेश गरेको छैन,भनेर संरक्षण गरेको आराेप लगाए।प्रदेश ‘क’का सभापति लछिमन बोहोरा, प्रदेश ‘ख’का कार्यवाहक सभापति कालिबहादुर बुढा तथा पूर्व पार्टी सचिव दयादत्त हमालले कांग्रेसभित्र ‘गुलामको राजनीति’ अन्त्य गर्नुपर्नेमा जोड दिए। व्यक्तिकेन्द्रित निष्ठाले संगठनलाई कमजोर बनाएको उल्लेख गर्दै उनीहरूले गुटभन्दा संगठनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। कमजोरी सबैमा रहेको स्वीकार गर्दै त्यसलाई आत्मसात् गरेर सुधार गर्नुपर्ने उनीहरूको निष्कर्ष थियो।कार्यक्रमको सहजीकरण जिल्ला पार्टी सचिव अर्जुनसिंह कठायत (गोल्डेन)ले गरेका थिए। सचिव कठायत र जिल्ला पार्टी प्रवक्ता मेघराज गिरीले वडा तहदेखि केन्द्रीय नेतृत्वसम्म सबैले साझा मुद्दामा एकताबद्ध भएर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।

जुम्लाबाट कांग्रेस नेतृत्वलाई चेतावनी : ‘सचिनुस्, नत्र हार निश्चित’

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७

जुम्लाबाट कांग्रेस नेतृत्वलाई चेतावनी : ‘सचिनुस्, नत्र हार निश्चित’

कोहलपुरको मन्नापुर पुल नजिक डुबेर एक जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *