घुयँत्राे:”कर्नालीमा अविश्वास, काठमाडौंमा विश्वास ! प्रदेशका नेता ‘ढाल्छौं’ भन्दै, प्रचण्ड–ओली ‘मिल्छौं’ भन्दै”

हैन ! कर्नालि ,प्रदेश माननियहरु त हामीले ल्याकाे अविश्वासकाे प्रस्ताबबाट न बिचलित भा छम् ,न पछि हट्याछम् हाम्राे अडान एमाले मुख्यमन्त्री माथि यथावतछ भन्छन त हँ । उता प्रचण्ड,माधब र वलि सबै एक हुने पनि प्रदेश कब्जा गर्ने पनि भनेर हात मिलाका मिलाई छन यता प्रदेशकाे गति यस्तो छ । अब कसरी सम्हाल्ने हुन कुन्नि प्रचण्डले नेताहरलाई । कर्नालिका प्रदेश नेतारु फेरि याे प्रदेशाँ त्यसै त एमाले सिध्दिने अबस्थाँ छ अनि तिनैलाई काँध थाप्न जाँदा भाेलिका दिनाँ पाटिकाे हालत के हाेला ? त्यसैत पाटि र नेताकाे लहर बिहिर छ अँझ भएन भनेर जबर्जस्ती त्यै शीत मिल्नु पर्ने भाे जाे शीत मिल्नु हुँदैन भन्या भनेर दुखेसाे गर्दैछन तर के गर्नु प्रचण्डलाई आफ्ना नेता कार्यकर्ता भन्दा एमाल्याँ गएर भाेलि वलिकाे शेषपछि ठूलै रहमा डुबुल्कि मार्न पाईन्छ भनेर यै हाे माैका वलि फकाउने भन्दैछन । ऐलेलाई बरु सातै प्रदेशाँ एमालेकै नेतृत्वाँ सरकार बनाउन दिने त्यसपछि पाटि एकीकरण भएछि बिस्तारै वलिलाई किक हान्दै जाने भन्ने रणनीतियाँ प्रचण्ड छन । यता कर्नालिका कार्यकर्ता चाईँ छिट्छिटाे मन्त्री हुन पा केई हुन्थ्यो कि भन्ने दाउमा छन । सायद यिनरुनि नेताका विरुद्ध जानत सक्दैनन हाेला तर भरसक याे प्रदेशाँ एमालेसित नमिल्न पाभा हुने हाे भन्ने चाहना पालेर बस्याछन । उता माओवादिका प्रचण्ड ऐले फेरि आफ्ना नेता कार्यकर्ताले भन्या भन्दानि एमालेले भन्या मान्नु पर्ने अबस्थाँ पुग्या छन । यसअघि पाटि एकिकरणकाे मिले मिलाएकाे खेल एमालेकै काे काे नेताले भाँजाे हालेछि तितरवितर भा काे प्लान याे पटक प्रदेश सरकारकाे खेलले जुराउला जस्ताे देखियाछ । माधब नेपालसितकाे दुष्मनि समेत बिर्सेर वलि माधबसित हात मिलाउँदै वार्तामा बसेका छन । बकेर्नाे गाई पग्रियझैँ पग्रिन लाका वलि बिच्किने खालका सामन्य भन्दा सामान्य कुरानि बिग्रिन नदिने पक्षाँ प्रचण्ड छन । त्यसैले याे कर्नालिकाे सरकारकाे खेलाे छिटै सकियला जस्ताे छैन । सम्भब त प्रचण्ड र वलि बीच सम्झाैता भयाेलभने तत्काल याे सरकारनै नगिरेर अविश्वासकाे प्रस्ताब फिर्ता लिएर फेरियामलाल जी नै ब्युँतिने पनि सम्भावना प्रबल छ । दुईटाकाे गठबन्धन भएछि अर्काे पक्षले कुनै पनि हालतमा सरकार बनाउन सक्ने स्थिति नभाकाेले सरकार एमाले बाहेक अरुकाे बन्नेत कतै सम्भावना नै छैन । प्रतिद्वन्द्वीका रुपमा रहेकाे काँग्रेस पाटि भित्र आँफै किचलाे माैलाएकाेले काँग्रेस सभापति नै कर्नालिमा काँग्रेसकाे सरकार नबनाेस भन्ने पक्षमा छन । किनभने काँग्रेसकाे सरकार बनेनि सरकारकाे नेतृत्व गर्ने व्यक्ति गगन गुठका हैनन त्यसैले कर्नालिका गगनका गुठियारले समेत काँग्रेस सरकार बन्न नदिन भित्रभित्रै खुराफात गरि रहेका छन । त्यसैले मनओवादिका साथिहरु भन्न त भन्याै अविश्वासकाे प्रस्ताबकाे पक्षाँ भाेट गर्छम् भनेर ,भन्न जति गर्न त्यति सजिलाे काँ छ र ? अविश्वासकाे प्रस्ताबले सरकार ढल्ने बित्तिकै तपाईंहरका विरुद्ध पाटि कार्बाहि पनि त आउला ? हाे त्यति बेला सब एक हुनु हुन्छ भने गर्नाेस नत्र भने तपाईंहरकाे सिधा माथि काल मडराई राछ भन्ने बुझ्नाेस । किनभने प्रचण्ड भनेका त्यस्ता मान्छे हुन जहाँ आफ्नाे र आफ्नाे परिवारकाे हित छैन भने कार्यकर्ता र नेताकाे गर्धनाँ खुकुरी राखेर ” मैले भन्या मान्छस्कि रेटम” भनेर अल्टिमेटम दिने मान्छे हुन ! ह्याँभन्दा बढि के भन्म् जान्ने बुझ्ने आँफै हुनु हुन्छ ।
” बिरसिक्का”



