तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

दाङ, ४ साउन ।

तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेको छ ।  उपमहानगरपालिका कार्यालयका अनुसार वडा नं ४ रक्षाचौरको चारबाटो चोकदेखि एक्लेवरसम्म दुई किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर र राप्ती राजमार्गदेखि पिलीबोटसम्म दुई किलोमिटरसहित सडक कालोपत्र गरिएको हो ।

त्यसैगरी, नौ हजार ९५८ मिटर पक्की नाला, तीनवटा वडा कार्यालय भवन, एउटा स्वास्थ्य चौकी भवनको तला थप, एउटा माध्यमिक विद्यालयको आठकोठे र अर्को एउटा प्राथमिक विद्यालयको दुईकोठे भवन निर्माण भएको छ । गत आवमा नै व्यवस्थित हाटबजारस्थल निर्माण र रातामाटा सिँचाइ कुलो निर्माण भएको छ ।

तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

जेन–जी आन्दोलन र अन्तर्राष्ट्रिय परिस्थितिको असर :

Leave a comment

Your email address will not be published. Required fields are marked *