नवलपुर दाङलाई पेनाल्टीमा हराउँदै ब्रदर्स फाइनलमा, उपाधिका लागि मगर युनिटीसँग भिड्ने

बाँके ,८ साउन ।

बाँकेको खजुरास्थित ब्रदर्स एफसीले रोमाञ्चक खेलमा नवलपुर दाङलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। नवलपुर दाङले शुरुवाती अग्रता लिए पनि ब्रदर्सका भरत घर्ती मगरले महत्त्वपूर्ण गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए। उनको बराबरी गोलपछि विजेताको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।

पेनाल्टीमा ब्रदर्सका भरत, सुरज र मोहितले आफ्ना प्रहारलाई गोलमा परिणत गरे। नवलपुर दाङका दुई खेलाडीले मात्र गोल गर्न सकेपछि ब्रदर्सले ३–२ को रोमाञ्चक जित निकाल्दै उपाधि भिडन्तमा स्थान बनायो।

निर्धारित समयमा टोलीलाई हारबाट जोगाएका भरतले पेनाल्टीमा पनि गोल गर्दै जितका प्रमुख नायकको भूमिका निर्वाह गरेका थिए ।
ब्रदर्स एफसीले अब शुक्रबार हुने फाइनलमा रुकुमको मगर युनिटी टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

ब्रदर्स एफसीका अध्यक्ष विवेक सागर पौडेल र कोषाध्यक्ष राकेश पौडेलले टोलीको प्रदर्शनप्रति खुशी व्यक्त गर्दै खेलाडीले इमानदारी, अनुशासन र खेलको मर्यादा कायम राखेर प्रतिस्पर्धा गरिरहेको बताए।

“हाम्रा खेलाडीले इमानदारीपूर्वक खेल्दै खेलको मर्यादा कायम राखेका छन्। तराई क्षेत्रका धेरै खेलाडीका लागि पहाडी क्षेत्रमा फुटबल खेल्दै रोमाञ्चक अनुभव सङ्गाल्ने यो पहिलो अवसर हो,” उनीहरूले भने।

उनीहरूले फाइनलमा ब्रदर्सले उपाधि जित्ने विश्वास व्यक्त गर्दै मगर युनिटी विजयी भए पनि खुशी हुने बताए।“मगर युनिटी स्थानीय युवाले स्थापना गरेको क्लब हो। त्यहाँका खेलाडीले निकै मेहनत गरेका छन्। हामी फाइनल जित्नेमा विश्वस्त छौँ, तर मगर युनिटीले जिते पनि खुशी नै हुनेछौँ,” उनीहरूले भने।

ब्रदर्स एफसीले भविष्यमा मगर युनिटीका उत्कृष्ट खेलाडीलाई अन्य फुटबल प्रतियोगितामा सहभागी हुने उचित अवसर उपलब्ध गराउने सोच बनाएको पनि अध्यक्ष पौडेल र कोषाध्यक्ष पौडेलले बताए ।

नवलपुर दाङलाई पेनाल्टीमा हराउँदै ब्रदर्स फाइनलमा, उपाधिका लागि मगर युनिटीसँग भिड्ने

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर 

नवलपुर दाङलाई पेनाल्टीमा हराउँदै ब्रदर्स फाइनलमा, उपाधिका लागि मगर युनिटीसँग भिड्ने

राप्तीमा जलस्तर बढेसँगै बाँकेमा उच्च सतर्कता, उद्धारका

Leave a comment

Your email address will not be published. Required fields are marked *