रुकुम पश्चिमका निजी विद्यालयद्वारा आठ लाख सहयोग

त्रिवेणी (रुकुमपश्चिम),२९ भदौ  । 
भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि रुकुम पश्चिमका निजी तथा संस्थागत विद्यालयहरूले रु आठ लाख ७२ हजार सहयोग गरेका छन् ।  निजी तथा संस्थागत विद्यालयहरूको छाता सङ्गठन प्याब्सन रुकुम पश्चिमका सचिव विमलकुमार शर्माका अनुसार जिल्लाका १४  विद्यालयबाट उक्त रकम सङ्कलन गरिएको हो ।
बाढीपीडितको राहतका लागि जिल्लाबाट प्याब्सन राहत कोषमा उक्त रकम जम्मा गरिएको उनले बताए । मुसिकोट नगरपालिका–५ को न्यू मुनलाइट बोर्डिङ स्कुलले रु दुई लाख तीन हजार, मुसिकोट–१ को विजयश्वरी बोर्डिङ स्कुलले रु दुई लाख एक हजार, मुसिकोट–४ को सिस्ने एकेडेमी प्रालिले रु ५३ हजार, मुसिकोट–५ को सिस्ने सनराइज बोर्डिङ स्कुलले रु ६० हजार, मुसिकोट–७ को साइकुमारी बोर्डिङ स्कुलले रु २५ हजार, मुसिकोट–६ को रुकुमेली ब्राइट फ्युचर बोर्डिङ स्कुलले रु ५० हजार, मुसिकोट–१ को रातोतारा बोर्डिङ स्कुलले रु १३ हजार, चौरजहारी नगरपालिका–१ को भ्याली पब्लिक बोर्डिङ स्कुलले रु ५० हजार, आठबिसकोट नगरपालिका–९ को पिस जोन एकेडेमीले रु ५७ हजार र सिर्जना एकेडेमीले रु ५१ हजार सहयोग गरेका छन् ।
त्यस्तै बाँफिकोट गाउँपालिका–२ को नमुना ज्ञान ज्योति बोर्डिङ स्कुलले रु २८ हजार, बाँफिकोट–४ को सिस्ने श्यार्पु बोर्डिङ स्कुलले रु २२ हजार, बाँफिकोट–६ को हाइलाइट बोर्डिङ स्कुलले रु चार हजार र सानीभेरी गाउँपालिका–३ को सानीभेरी बोर्डिङ स्कुलले रु ५२ हजार  सहयोग गरेको सचिव शर्माले बताए ।
रुकुम पश्चिमका निजी विद्यालयद्वारा आठ लाख सहयोग

हरितालिका तीजमा आज लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

रुकुम पश्चिमका निजी विद्यालयद्वारा आठ लाख सहयोग

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका

Leave a comment

Your email address will not be published. Required fields are marked *