सानीभेरीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते 

रुकुम पश्चिम, २९ भदौ । 
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान वडा नं ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि घटनास्थलतर्फ गइरहेको उल्लेख गरे । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा चार जना गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी गराए । “जीपमा ११ जना सवार थिए । तीमध्ये पाँच जना घाइतेको अवस्था धने मध्यम छ । जिप चालक र एक जना महिलाको घटनास्थलमा मृत्यु भएको छ भने सनाखत हुन बाँकी छ”, उनले भने । पालिकाले खर्च बेहोर्ने गर्ने गरी घाइतेको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर माग गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए ।
सानीभेरीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते 

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

सानीभेरीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते 

अरूका लागि तीजका कपडा सिलाउँदै बित्छ अपाङ्ग

Leave a comment

Your email address will not be published. Required fields are marked *