घुयँत्राे:”कर्नालीका माओवादीलाई खुला अफर : अहिले मन्त्री बन, पछि एमालेमै हराऊ !”

ल है माओवादि साथिहरु कर्नालियाँ जाेड गर्नाेस । राजधानीयाँ प्रचण्ड र वलिबीच कुन प्रदेशाँ कल्ले मुख्यमन्त्री पाउने भन्ने विषया रस्साकस्सि चल्या छ । तपाईं कर्नालिका सभासदहरुलेनि अड्डिकसि रहनु भाे भने कर्नालियाँ मुख्य मन्त्री तपाईँहरले पाउन सक्नु हुन्छ । सत्ताकाे भागबण्डाकाे हिसाब भै रा बेलाँ कर्नालिका माओवादिहरु काँग्रेससितै मिलेर सरकार बनाउँछम् भनेर खिचातानि गरिराकाे सम्चार वलिकाँ पुग्याे भने ल त ल कर्नालियाँ माओवादि कै सरकार हाेस भनेर वलि बाले मान्दे भनेत भै त गाे त ! यता एमालेहरलेनि साथ दे कै छन । विहिबार हुनु पर्ने अविश्वास प्रस्ताब माथिकाे छलफल शनिबारदेखि मात्रै हुँदैछ । अनि कर्नालि प्रदेशाँ त यसअघि एमालेले सत्ता चलाई सक्या हुनाले अब सत्ता चलाउने पालाे हाम्राे हाे भनेर माओवादिहरले अडान लिन सके भने कर्नालिकाे सरकारकाे चिट्ठा माओवादिलाई पर्छ है । त्यसैले साथिहरु अन्तिम धक्का लाउनाेस सरकार बनाउनाेस, ८३/८४ काे बजेटाँ मनग्गे खेल्नाेस । त्यसपछि याे देशाँ कमिनिष्टहरुकाे शासन कैल्यै आउने छैन । के भन्न सकिन्छ र अरुले ५ वर्षाँ नकमाकाे पैशा तपाईंहरले एकै वर्षाँ कमाउननि सक्नु हुन्छ नि । आखिर जति जे दर्शन झारेनि अन्तिम लक्ष्य भन्या पैसा कमाउने त हेा । पैशा कमाउने मामिलाँ माओवादिलाई भेट्टाउन कल्ले सक्छ र ? ब्यापारी ,व्यवसायी,ठेक्दार , दलाल,गुण्डाजति माओवादिकै पकडाँछन । आबकाे शुरुदेखिनै यिनलाई चलायमान बनाएर प्रदेश र संघकाे बजेटाँ खाईखेलि गर्ने ब्यवस्था मिलाउन सकियाे भने बीस प्रतिसतकाे काम गरेनि ८० प्रतिसत त त्यसै झिकिकटक गर्न सकिन्छ नि हैन र ? पाटिएकिकरण गर्नु पूर्वनै सरकार बनाउन सक्नु भाे भने मात्रै हाे नि याे सम्भावना अन्यथा पाटि एकीकरण पैला ,सरकार बनाउने काम पछि भाे भने त वलिबाले तपाईंहरु सबैलाई एमालेमै गनेर आफ्ना पुराना एमालेहरलाई मात्रै सरकाराँ पठाउँछन अनि तपाईँहरु हेर्या हेर्यै हाे । त्यसैले याे अबसर गुमाउने काम नगरम् याे पटक मन्त्री बन्न सक्नु भएन भने एमालेकाे त्यति ठूलाे जमाताँ गएर मन्त्री बन्न सक्नु हुन्छ ? अहँ , सक्नु हुन्न । माँवादिबाट अबसर लिने समय भन्या यत्ति हाे । यदि अबसर लिन सक्नु भएन भने यसपछि त तपाईंहरु माओवादिनै रहनु हुन्न त अनि काँट अबसर लिनु हुन्छ । कर्नालि प्रदेश भन्यात माओवादिकै आधार शिविर हाे नि त हिजाेका दिनाँ माओवादिलाई खुट्टा टेकाकाे पनि त यै प्रदेशले हाे ।त्यै भएर त सबैभन्दा धेरै माओवादिका र पाटिकाे बलियाे संगठन भाकाे नि कर्नालि त हाे । यसरि संख्यात्मक रुपाँ आँफू बलियाे भा बेलाँ नि सरकार चलाउन पाईएन र आफ्ना नेता पनि सत्ताकाे चावि अर्कैकाे जिम्मा लाउन खाेज्छन भने ती नेता पनि त स्वार्थिनै त ठहरियलाननि हैन र ? सरकार आएनि नआएनि “आफ्नाे हाताँ भुटेभाङ पाेले पिंडालु ” भन्याझैँ केई हात नपर्ने भएछि जाजर काेटका शक्ति बस्नेत र काठमाडौंका नारायन काजी त खबरदार सरकाराँ जान हतार नगर भनेर भन्दैछन । तर, कार्यकर्र्ताले कतै बदमासी गरिहाल्छन कि त बिच्काउन भएन भनेर कर्नालिकाले जे जे बाेलेनि प्रचण्ड भने चुप्प लाएर केई नबाेलि बस्याछन । के भर अघिल्लो पटक पाटिएकिकरण नगरेर धाेका देका वलिले याे चाेटिनि धाेका दिए भने फेरि काँग्रेसलाई धाै फकाउनु हुन्छ भनेर बिरालाले कुँढेकाे दूध रुँगेझैँ रुँगेर बस्याछन प्रचण्ड । त्यसैले जे छ प्रचण्डकै हाताँ छ माओवादिहरले कर्नालियाँ सत्ता पाउने कुराँ ढुक्क भएर त बस्याछन तर आफ्नाे नेताकाे छपारे बानिले उत्तानाे परिने हाे कि भन्ने त्रास पनि त्यत्तिकै छ बिचराहरलाई ।

घुयँत्राे:”कर्नालीका माओवादीलाई खुला अफर : अहिले मन्त्री बन, पछि एमालेमै हराऊ !”

राप्तीमा जलस्तर बढेसँगै बाँकेमा उच्च सतर्कता, उद्धारका

घुयँत्राे:”कर्नालीका माओवादीलाई खुला अफर : अहिले मन्त्री बन, पछि एमालेमै हराऊ !”

महको जिल्ला दररेट निर्धारणभएपछि : जुम्ली किसानमा

Leave a comment

Your email address will not be published. Required fields are marked *