सुर्खेत कारागारलाई पुस्तक सहयोग

सुर्खेत, ८ साउन ।
कर्णाली कारागारमा कैदीबन्दीलाई अध्ययनतर्फ आकर्षित गर्ने उद्देश्यले सञ्चालन भइरहेको पुस्तक अभियानमा पत्रकार तथा लेखक विराट अनुपमले आठ दर्जन पुस्तक सहयोग गरेका छन् । उनले साहित्य, कथा, कविता, जेलजीवन, राजनीतिक विचार, सिद्धान्त, व्यावसायिक सीप, उत्प्रेरणा र सकारात्मक सोचसम्बन्धी पुस्तक उपलब्ध गराएका हुन् ।
कारागार पुस्तक अभियानका संयोजक तथा प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी जयराज सापकोटाले पुस्तकले कैदीबन्दीलाई कारागारबाट निस्कँदा ज्ञान र सकारात्मक सन्देश लिएर बाहिरिन सहयोग गर्ने बताए ।
‘पुस्तकले उनीहरूलाई जीवनप्रति प्रेरित गर्नेछ । नकारात्मक सोचको रोकथाम अब किताबले गर्नेछ,’ उनले भने, ‘कारागारबाट निस्केपछि फेरि अपराधमा फर्कने सोच हटाउन पनि किताबले ठूलो भूमिका खेल्नेछ ।’ अभियानका उपसंयोजक तथा पत्रकार ज्योति कटुवालका अनुसार विभिन्न व्यक्ति, लेखक तथा संघसंस्थाबाट पुस्तक संकलन गरी कैदीबन्दीलाई अध्ययनको अवसर उपलब्ध गराइएको छ । उनका अनुसार अभियान २०७५ चैत २३ मा तत्कालीन प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहको संयोजकत्वमा सुरु भएको हो ।
कटुवालका अनुसार अभियानमार्फत कर्णाली प्रदेशका १० जिल्लाका १४ वटा हिरासतमा ४० हजारभन्दा बढी पुस्तक हस्तान्तरण भइसकेका छन् । ‘पुस्तक ज्ञान, चेतना र आत्मपरिवर्तनको माध्यम हो । कारागारमा रहेका व्यक्तिहरूले पनि अध्ययनमार्फत नयाँ सोच र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सकून् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो,’ उनले भनिन् ।
कारागार कार्यालयका जेलर लक्ष्मी खरेलले पुस्तकले कैदीबन्दीको व्यवहारमा परिवर्तन ल्याएको बताइन्। उनका अनुसार पुस्तक अभियान सुरु भएपछि कारागारभित्र हुने दैनिक झैझगडा पनि कम भएको छ । कर्णाली कारागारमा सञ्चालित अभियानअन्तर्गत विभिन्न विधाका पुस्तक संकलन गरी कैदीबन्दीका लागि पुस्तकालय विस्तार गर्ने काम भइरहेको छ ।
सुर्खेत कारागारलाई पुस्तक सहयोग

पुष्पलालको स्मृतिमा वृक्षारोपण

सुर्खेत कारागारलाई पुस्तक सहयोग

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर 

Leave a comment

Your email address will not be published. Required fields are marked *