पुष्पलालको स्मृतिमा वृक्षारोपण

सुर्खेत, ८ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुर्खेतले पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान वीरेन्द्रनगर–४ स्थित सहिदपार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख सहभागिता रहेको थियो ।
साथै, एमालेका केन्द्रीय सदस्य मोहनमाया ढकाल, प्रदेश, जिल्ला, नगर तथा वडा कमिटीका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो । पुष्पलाल श्रेष्ठको स्मृतिलाई सम्मान गर्दै वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको एमाले सुर्खेतले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले वृक्षारोपणमार्फत वातावरण संरक्षणमा सबैले योगदान दिनुपर्नेमा जोड दिएका थिए । वृक्षारोपण कार्यक्रममा बोल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले  पुष्पलाल श्रेष्ठले नेपाली राजनीति र समाज रूपान्तरणका लागि पुर्‍याएको वैचारिक योगदानको चर्चा गरे ।
‘नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक जग दिने काम पुष्पलालले नै गर्नुभएको हो । उहाँले देखाउनुभएको आर्थिक र सामाजिक न्यायको बाटोमै हिँडेर मात्र हामीले कर्णालीको गरिबी र पछौटेपन अन्त्य गर्न सक्छौँ ।’ उलने भने । मुख्यमन्त्री कँडेलले मुलुकको पछिल्लो राजनीतिक उतारचढावसँगै विकसित भएको जेन्जी आन्दोलन र त्यसपछिको बदलिएको राष्ट्रिय राजनीतिक समीकरणका कारण पार्टी र सिंगो मुलुक नै अत्यन्तै कठिन परिस्थिति र चुनौतीपूर्ण मोडबाट गुज्रिरहेको बताए ।
साथै उनले भाषण र नाराले मात्र पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुन नसक्ने उल्लेख गर्दै उनले युवाहरूको असन्तुष्टिलाई रचनात्मक रूपमा सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । रामेछापमा जन्मिएका पुष्पलालको वि.सं. २०३५ साल साउन ७ गते निधन भएको थियो ।
पुष्पलालको स्मृतिमा वृक्षारोपण

वित्तीय संघीयता सुदृढ बनाउन संरचनागत सुधारको माग

पुष्पलालको स्मृतिमा वृक्षारोपण

सुर्खेत कारागारलाई पुस्तक सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *