विद्यार्थीलाई शैक्षिक सामग्री र स्कुल ब्याग वितरण

सुर्खेत, ९ साउन ।

नेपाल प्रहरी श्रीमती संघले नेपाल एसबीआई बैंक लिमिटेडको सहकार्यमा दैलेखका तीन विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ । 

दैलेखको नारायण नगरपालिका–९ स्थित ईश्वरी आधारभूत विद्यालय, दुल्लु नगरपालिका–७ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय तथा नारायण नगरपालिका–१ स्थित श्री बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री र स्कुल ब्याग हस्तान्तरण गरिएको हो ।

ईश्वरी आधारभूत विद्यालय, साँडुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माको अध्यक्षता नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष नबिना खत्री कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिक, नेपाल प्रहरी श्रीमती संघकी प्रहरी निरीक्षक सविता जिसी, कर्णाली प्रदेश प्रहरी श्रीमती संघका प्रतिनिधि, नेपाल एसबीआई बैंकका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नबिना खत्री कार्कीले शिक्षामा पहुँच विस्तार, विद्यार्थीको मनोबल अभिवृद्धि तथा सामुदायिक विद्यालयप्रति सकारात्मक वातावरण सिर्जना गर्न यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताइन् ।

नेपाल प्रहरी श्रीमती संघले विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आयोजकका अनुसार यस प्रकारका कार्यक्रमले विपन्न तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रत्यक्ष राहत पुग्नुका साथै अध्ययनप्रति थप उत्साहसमेत मिल्ने विश्वास व्यक्त गरिएको छ ।

विद्यार्थीलाई शैक्षिक सामग्री र स्कुल ब्याग वितरण

कर्णालीमा सडक दुर्घटना न्यूनिकरणमा चुनौती एक ट्राफिक

विद्यार्थीलाई शैक्षिक सामग्री र स्कुल ब्याग वितरण

बिचौलियामुक्त राहदानी सेवा : बर्दियामा आधा घण्टामै

Leave a comment

Your email address will not be published. Required fields are marked *