जुम्लामा १ सय ३२ जनालाई घरमै राहदानी वितरण

गाेल्डेन बुढा

जुम्ला,१२ साउन ।
राहदानी बनाउन होइन, बनेको राहदानी बुझ्नकै लागि जुम्लाका धेरै नागरिकले एकदेखि दुई दिनसम्म पैदल यात्रा गर्नुपर्ने अवस्था थियो। दुर्गम गाउँबाट सदरमुकाम पुग्न यातायात खर्च, बसोबास र ज्यालाको नोक्सानी बेहोर्नुपर्थ्यो। कतिपयले राहदानी तयार भएको महिनौँसम्म पनि लिन नसक्ने अवस्था थियो।यही समस्यालाई समाधान गर्न सुरु गरिएको घरदैलोमा राहदानी वितरण सेवाले जुम्लामा सार्वजनिक सेवा प्रवाहको नयाँ अभ्यास थालेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच भएको सहकार्यपछि आर्थिक वर्ष २०८२/०८३ को वैशाखदेखि असार मसान्तसम्म १ सय ३२ जना नागरिकले आफ्नै गाउँमा राहदानी बुझेका छन्।जिल्ला हुलाक कार्यालयका प्रमुख गणेशदत्त रावलका अनुसार चन्दननाथ नगरपालिकामा २४, तातोपानीमा ३०, हिमामा १९, गुठीचौरमा १७, कनकासुन्दरीमा १६, तिलामा १३, पातारासीमा १२ र सिंजामा ११ जनालाई हुलाकका कर्मचारीले घरमै पुगेर राहदानी हस्तान्तरण गरेका छन्।राहदानी वितरणका क्रममा १६ जना लाभग्राही सम्पर्कमा नआएपछि ती राहदानी फिर्ता ल्याइएको हुलाक कार्यालयका फोकल पर्सन बालकृष्ण जैशीले बताए। दाेहाेरीका र मजदुरीका लागि भारत गएका व्यक्तिहरुकाे फिर्ता आएका हुन्।जुम्लामा एक नगरपालिका र सात गाउँपालिका गरी ६० वडा छन्। धेरै बस्ती अझै सडक सञ्जालसँग प्रत्यक्ष जोडिएका छैनन्।

कतिपय स्थानबाट सदरमुकाम पुग्न अझै एकदेखि दुई दिन पैदल हिँड्नुपर्छ। यसअघि राहदानी बुझ्न मात्र हजारौँ रुपैयाँ खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो। अब भने परिचय खुल्ने सरकारी कागजातसहित घरमै राहदानी बुझ्न सकिने व्यवस्था गरिएको छ। सेवाग्राहीले वितरण शुल्कबापत ५५ रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था छ।घरदैलोमा राहदानी पुर्‍याउने सेवाका लागि गत वैशाख १० गते जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच सम्झौता भएको थियो। सम्झौतापछि वैशाख २४ गते पहिलो चरणमै ६१ वटा राहदानी सम्बन्धित व्यक्तिको घरमै पुर्‍याइएको थियो। त्यसयता सेवा निरन्तर विस्तार भइरहेको छ।यो कार्यक्रम सङ्घीय सरकारको एक सय दिने कार्यसूची अन्तर्गत समावेश गरिएको नागरिकमैत्री सेवा सुधार अभियानको हिस्सा हो। जिल्ला प्रशासन कार्यालयका अनुसार यसको उद्देश्य सेवा केन्द्रमा नागरिकलाई बोलाउने होइन, सेवा नै नागरिकको घरदैलोमा पुर्‍याउने हो।

जुम्लामा १ सय ३२ जनालाई घरमै राहदानी वितरण

घुयँत्राे:”ऋण जापानको, टोल सरकारको, किस्ता जनताको !”

जुम्लामा १ सय ३२ जनालाई घरमै राहदानी वितरण

सुर्खेतमा जिप दुर्घटना हुँदा १५ जना घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *