घुयँत्राे :”प्रदेशमा सरकार, चाबीचाहिँ काठमाडौंमै!”

राजनीतिमा त समस्या उठेछि त्यसकाे समाधान खाेज्ने हाे अनि समाधान दिने हाे । तर हाम्रा देशका नेता त समाधानकाे सट्टा झन समस्या पाे पैदा गर्छन त हँ ?! जब सातै प्रदेशका सरकार भत्किए तब ती प्रदेशाँ वलि र प्रचण्डले मिलाेमताेमा याैटा सम्झाैता लेखेर त्यसमा गरिएका दुई हस्ताक्षरले प्रदेश सांसदाँ अनावश्यक दवाब पुग्दा विचरा उनिहरु केन्द्रकाे खेलाैना भएकाे गुनासाे गर्दै छन । देशकाे कानुन र संविधानलेनै प्रदेस शांसदले स्वऐच्छिक निर्णय लिन नपाउने र प्रदेश सरकारकाे लगाम केन्द्रसितै रहने व्यवस्था भएछि ऐले प्रदेश सरकार अन्याैलमा छन । त्यै अन्याैलताकै कारण प्रदेश सभासद जति भात खान संघिय राजधानीका सुन्धाराका गल्लि गल्लि चाहार्दै छन भने विना अस्थित्वकाे शरीर लिएर नेताका दैलाे दैलाेमा बिसाउँदैछन । जननिर्वाचित भएर पनि याैटा वडा सदस्य जत्तिकाे पनि हैसियत नभएका प्रदेश सांसदहरु आफ्नै प्रदेशाँ बसेर केही निर्णय गर्न सक्दैनन । आफ्नाे नेताले जहाँ बाेलायाे त्यहि पुगेर पुच्छर डाेलाउनु पर्ने यस्ताे संघियता देशका लागि कैल्यै हितकर हाेला त ? तर पनि यै संघियता ठिक अनि यै प्रदेश सरकारकाे नियम ठिक भनेर नेताकाे कुरनमा सहि थाप्नु परेकाे छ । संसारका कुनै पनि मुलुक जाे संघियता अपनायर अघि बढेका छन त्यहाँ कतै नेपालकाे जस्ताे केन्द्रीय नेता साशित परिपाटी छैन । प्रदेश भनेछि उनिहरुले आफ्नाे निर्णय आँफै गर्छन । नेपालकाे जस्ताे दुईटा पाटिका नेता बसेर जे चायाे त्याे गर्न पाईँदैन । तर नेपालकाे शासन प्रणालिमन देखिएकाे याे विकृत प्रणालि जबसम्म भत्कनउन सकिँदैन र प्रदेशले स्वऐच्छिक निर्ण गर्न जबसम्म सकिँदैन तबसम्म नेपालका लागि याे प्रदेश प्रणालि अभिसाप ठहर्नेछ । जतनमन्तकाे संख्यामा रहेका नेतृत्व,कर्मचारी प्रशासन, अनाबस्यक आर्थिक खर्चका बाटाहरु अनि त्यसकै निहुमा भएका भष्टाचार , अख्तियारमा देखिएका भष्टाचारका मुद्दाका चाङ यी सबै कारणले गर्दा ऐलेकाे जेनजी सरकारले स्थानिय निकायकाे संख्यामा कटाैति र प्रदेश सरकारकाे स्वरुपनै पूर्ण परिवर्तनका नाममा वजेटमा जुन संकेत गरेकाेछ यसले गर्दा पनि प्रदेश सरकनर बदनाम भै रहेकाेछ । यस्तो अबस्थामा नेताहरुले गरेकाे ब्यवहारले गर्दा कुनै न कुनै दिन विष्फाेट हुन सक्छ र यसले नेताहरुलाई नराम्रोसित पछार्न सक्छ । एद्यपि ऐले कमिनिष्ट जति एक भएर प्रजातान्त्रिक शक्तिलाई राजनितीबाट सदाका लागि सिध्याउन वलि र प्रचण्ड त्यै समिकरणमा प्रदेश सरकार बनाउन जुटि रहेका छन । र, सबै प्रदेशमा एमाले मनओवादिकाे सरकार बन्दै छ । यै सरकारका कारण अबकाे ८/१० मैना पछि हुने चुनाबमा ऐलेकै बालेन सरकारकाे पाटिले देशका सबै निकायमा रास्वपाकै नेतृत्व र सबै प्रदेशमा रास्वपाले नै चुनाब जितेर यिनिहरुलाई रुँदै हिँडने बनायाे भने यिनले त्यसबेला कार्यकर्तालाई के भनेर हिँडने हुन थाहा छैन । दन दिन सुध्रिनुकाे सट्टा झनझन नेता तथा कार्यकर्ताकाे मन दुखाउन वलि र प्रचण्ड जुन खेलमा लागेका छन याे उनिहरुकाे रावनितिक जिवनमा भारी पर्न सक्दछ । कैले प्रचण्ड र कैले वलिकाे पछि लागेर राजनीतिलाई सत्ता केन्द्रित बनाएर हिँडदा देशकै सबैभन्दा पुरानाे र भरपुर जनमत भएकाे काँग्रेस पाटिकाे ऐले हालत के भएकाेछ र भाेलिकाे दिनमा झन कसरी भासिँदैछ त्याे हरेक नेपालिले बुझेका छन । ठिक त्यस्तै जनता र नेताकाे नजरमा गिर्ने हर्कत वलि र प्रचण्डले गरि रहेका छन यसलाई समयमै सम्हाल्न सकियन र कमिनिष्टका नाममा जे मन लायाे त्यै गर्न थालियाे भने तिनै नेता तथा कार्यकर्ताले वलि र प्रचण्डलाई राजनीतिबाट मात्रै हैन कि गाउँ समनजबाटै चाहाडन सक्छन । त्यसैले पाटि अध्यक्षका नाममा वलि र प्रचण्ले जुन निरंकुशता र अधिनायक वाद शैली अपनाई रहेका छन याे देश विकास र समृद्धिकै निम्ति घातक छ । त्यसैले प्रदेश माननियज्युहरु यै हाे माैका मुख खाेल्नुस र आफ्नो अस्थित्व बचाउनुस नत्र प्रदेशमा “बुढिमरि भन्ने चिन्ता हैनकि काल पल्कियाे भन्ने चिन्ताले” सताउनेछ र प्रदेश सभासदकाे अस्थित्व सधैका लागि समाप्त हुनेछ ।

” बिरसिक्का “

घुयँत्राे :”प्रदेशमा सरकार, चाबीचाहिँ काठमाडौंमै!”

मृत्युसँग जुधेको जुम्ला, अब डाक्टर उत्पादन गर्दै

घुयँत्राे :”प्रदेशमा सरकार, चाबीचाहिँ काठमाडौंमै!”

घुयँत्राे :”प्रदेशमा सरकार, चाबीचाहिँ काठमाडौंमै!”

Leave a comment

Your email address will not be published. Required fields are marked *