खजुराबाट ४३ हजार ट्रामाडोल क्याप्सुलसहित मोटरसाइकल बरामद

बाँके ,३० भदौ ।
बाँकेको खजुरा क्षेत्रबाट सशस्त्र प्रहरीले ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित एउटा मोटरसाइकल बरामद गरेको छ।
सीमावर्ती क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा ट्रामाडोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरी टोलीलाई देखेपछि ट्रामाडोल ओसारपसारमा संलग्न व्यक्ति मोटरसाइकल छाडेर फरार भएका थिए।
सशस्त्र प्रहरीले बरामद गरेको ट्रामाडोल क्याप्सुल र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको जनाएको छ। फरार व्यक्तिको पहिचान तथा खोजी भइरहेको प्रहरीको भनाइ छ।
सीमावर्ती क्षेत्रमा लागूऔषधको अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित चेकजाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ। त्यस क्रममा तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरी सीमा नाकाबाट अवैध रूपमा भित्रिने सामान तथा लागूऔषध नियन्त्रणमा विशेष निगरानी र चेकजाँच भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

खजुराबाट ४३ हजार ट्रामाडोल क्याप्सुलसहित मोटरसाइकल बरामद

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

खजुराबाट ४३ हजार ट्रामाडोल क्याप्सुलसहित मोटरसाइकल बरामद

खजुराबाट ४३ हजार ट्रामाडोल क्याप्सुलसहित मोटरसाइकल बरामद

Leave a comment

Your email address will not be published. Required fields are marked *