‘प्रतियोगितामा सहभागि सबै खेलाडीलाई नगदै दिन्छौँ’

सुर्खेत, ३१ भदौ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगित आयोजना हुन गइरहेको छ । कर्णाली प्रदेशको ईतिहासमै पहिलोपटक आयोजना हुने यस पतियोगिताले कर्णालीको अर्थतन्त्रलाई चलायमान त बनाउने नै छ, कर्णालीले खेलकुद प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने चुनौतीकोपनि सामना गर्नुपर्नेछ ।

बारम्बार स्थगित हुँदै आएको यो प्रतियोगिता अब मंसिरमा आयोजना हुने सम्भावना बढिरहेको छ । प्रदेश सरकार निरन्तर उद्योगी, व्यापारीसँग छलफल गर्ने, खेलाडी, दर्शक र प्रशिक्षकहरुको व्यवस्थापन गर्ने जस्ता कार्यमा अहोरात्र खटिरहेको छ ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअर्न्तगतको कर्णाली प्रदेश खेलकुद परिषदले सह–आयोजकको भूमिकामा विभिन्न तयारी गर्न सुरु गरेको छ । हामीले परिषदका सदस्य सचिव रविन्द्र चन्दसँग प्रतियोगिताको तयारी, प्रतियोगितामा आउनुक्ने समस्या, प्रतियोगिताकालागि कर्णालीमा आवश्यक पर्ने बसोबास देखि विभिन्न क्षेत्रमा भइरहेका तयारीका बारेमा कुराकानी गरेका छाँ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सारसंक्षेपको सम्पादित अंश उनकै भाषामा ।

मंसिरको १६ देखि २७ गतेसम्म खेलकुद आयोजना गर्न हामी सक्षम छौं । यसअघि खेलकुद रंगशाला निर्माणमा ढिलाई भएका कारण समयमै खेलकुद हुन नसकेको हो । यसका अलावा केन्द्र र प्रदेश सरकारबीच आवश्यक समन्वय नहुँदा अलिकति समस्या देखा परेको हो ।

अहिले केन्द्र र प्रदेश बीच दशौं खेलकुद आयोजना गर्नेबारेमा सामाजिक विकास मन्त्री जीतबहादुर मल्लज्यूले राम्रो समन्वय गरिरहनुभएको छ । मन्त्रीज्यू खेलकुद लगायतका अन्य विषयका का बारेमा छलफल गर्न काठमाडौं पनि जानुभयो र अहिले फर्किनु भएको छ ।

प्रतयोगिता आयोजनाका लागि बजेटको हिसाबमा केन्द्रले ४४ करोड बजेट विनियोजन गरेको थियो, बजेट अपुग हुन्छ भनेर केन्द्रले बजेटको स्रोत सुनिश्चितता गराईसकेको छ । अब ७१ करोड देखि ७७ करोडसम्म खेलकुद प्रतियोगिता आयोजना गर्न बजेट तर्जुमा भएको अवस्था छ ।

खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि हाम्रो कर्णाली प्रदेश रंगशाला पूर्ण रुपमा तयार छ ।

कर्णाली प्रदेशमा यो प्रतियोगितामा ३२ ओटा खेल खेलाउने निश्चित भइसकेको छ । ३२ ओटा खेलमा दुईदेखि तीन ओटा खेल बाहिर जाने सम्भावना छ ।

हामी कहाँ अहिले सुटिङ्ग, लङ्ग टेनिस र स्क्वास खेलको पूर्वाधार छैन । स्वीमिङ पुलमा पनि थोरै समस्या देखिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ५० मिटर लम्बाई हुनुपर्छ । अब यहाँ उक्त खेल नै खेल्न नमिल्ने भन्ने त होईन, ५० र २५ लाई बढी मान्यता दिईदो रहेछ ।

अब हाम्रोमा लङ टेनिस बाहिर जाने निश्चित भइसकेको छ । स्वीमिङ र सुटिङ मध्ये एक खेल बाहिर जानसक्छ । सुटिङको लागि कोर्ट बनाउन सकिएको खण्डमा त्यो खेल यहिँ पनि हुनसक्छ । यी बाहेक ३० खेल हामी कर्णाली प्रदेश भन्दा बाहिर जान दिने पक्षमा हामी छैनौं । हामीसँग आन्तरिक बजेट पनि छ ।

दशौं खेलकुदको तयारी सञ्चालनका लागि हामी कहाँ पाँच करोड बजेट छ । यसबाट आवश्यक पूर्वाधार बनाउन सकिन्छ । उसो त पाँच करोड बजेटले मात्रै नपुग्ला । हामी अरु बजेट माग्ने तयारीमा छौं । जिल्ला छनौट देखि प्रदेश छनौट गराउनु पर्नेछ । खेलाडीलाई बन्दसत्रमा पनि राख्नुपर्नेछ । 

विगतमा प्रतियोगिता सम्पन्न भएका छन् । दशौं खेलकुदको पूर्व तयारीको रुपमा हामीले उक्त प्रतियोगिता आयोजना गरेका थियौं । त्यसकालागि हामीसँग बजेट पनि थियो । अब चाहिँ हामीले ट्यालेन्ट हन्टकालागि आवश्यक तयारी सुरु गर्छौं । नवौं खेलकुदमा पदक जितेका खेलाडी पनि हुनुहुन्छ । हामीले त्यतिबेला दुई स्वर्ण मात्रै जितेका थियौँ । अब हामीले त्यतिबेलाको तुलनामा दोब्बर पदक चाहिँ ल्याउँछौं । गोल्ड दुई छ भने चार, सिल्भर चार छ भने आठ पदक ल्याउने गरि हामी अघि बढछौँ ।

हामी मेडलमा तालिकाको बीच बीचमा आउने प्रयत्न गछौँ । विगतमा जस्तो पुछारमा हामी आउँदैनौँ । खेलाडी, प्रशिक्षकहरुकालागि बसोबासको सन्दर्भमा होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, होम स्टे सञ्चालक सँग वैठक गरेका छौं । अहिले वीरेन्द्रनगरको दैनिक रुपमा बस्न र खानका लागि ५५ सयदेखि ६ हजार जना धान्न सक्ने क्षमता रहेछ । यहाँ खेलाडी मात्रै होईन, दर्शकहरु, प्रशिक्षकहरु पनि आउँछन् । 

चिसोको बेला छ, हिमाली जिल्लाबाट पनि नागरिक वीरेन्द्रनगर आउने देखिन्छ यसले गर्दा बसोबासकालागि चापाचाप हुने अवस्था छ । पोखरामा आयोजित प्रतियोगिता आठ दिनको थियो, हामीले १६ देखि २७ मंसिरसम्म राखेका छौँ । १२ दिन राख्नुको कारण यहाँ व्यवस्थापन गर्न सहज हुने अपेक्षा हो । यो प्रस्तावहामीले केन्द्रमा राखेका थियौँ । त्यो सम्वोधन भएको छ ।

तीन ओटा ठूला खेलहरु प्रतियोगिताको उद्घाटन सत्र अघि नै खेलाउने र त्यो दिन मेडल लगाएर पठाई दिने तयारी गरेका छौँ । एक दिनमा ३५ सय देखि ४ हजार खेलाडी र प्रशिक्षकलाई व्यवस्थापन गर्न वीरेन्द्रनगरमा सहज देखिएको छ । हामी खेलकुद प्रतियोगिता आयोजना गर्न तयार छौं । यसलाई सफल बनाउन र ऐतिहासिक बनाउन लागि परेका छौँ । मूल आयोजक समितिले विभिन्न उपसमिति गठन गर्ला । 

हामी सह–आयोजक हौं । ती उपसमितिमा त्यहाँ हाम्रो पनि सहभागिता हुन्छ । जस्तो फिजिकल्ली रुपमा हुने खेलहरु भ्यालीमा नै राख्ने योजना बनाएका छौँ । हामीले प्रदेश अस्पताल, रेडक्रस, भारतीय दुतावास लगायत अन्य संघसंस्थासँग कोअर्डिनेशन गर्छौँ ।

मुख्य खेल खेलिने स्थान रंगशाला हो । अन्य खेलहरु कोही बाहिर पनि जान्छन् । अहिले नै स्थानको टुंगो भने लागिसकेको छैन । विगतमा प्रशिक्षकले खेलाडीलाई पैसा नदिएको आरोप लाग्ने गरेको थियो । 

अब हामीले यसपटक खेलाडीले पाउने सेवा सुविधा वापत भत्ता नै हो । खेलाडी स्वयमलाई नै हामीले यो पटक भत्ता दिनेछौँ । त्यो खालको प्रणाली हामीले विकास गरिसकेका छौँ । प्रशिक्षकले, म्यानेजरले एकमुष्ट रकम बुझेर लैजाने प्रचलन यसअघि थियो । अहिले हामीले अख्तियारी प्राप्त गरेको कर्मचारीले खेलाडीलाई हस्ताक्षर गराएर मात्रै पैसा दिने हो । 

भत्ताको हकमा एक दिनको दुई हजारको हिसाबले खेलाडीलाई दिने व्यवस्था गरेका छौं । यो दुई हजारमा खेलाडीले आफ्‌नो व्यवस्था मिलाउनुपर्नेछ । भत्ता केन्द्रले बाँडने भएका कारण केन्द्रलाई हामीले सुझाव दिइसकेका छौँ । खेलाडीहरुको प्रदेश छनौंटमा पनि हामीले यहि प्रक्रिया अनुरुप अघि बढनेछौँ ।

‘प्रतियोगितामा सहभागि सबै खेलाडीलाई नगदै दिन्छौँ’

संविधान दिवसमा राष्ट्रिय झण्डा फहराईने

‘प्रतियोगितामा सहभागि सबै खेलाडीलाई नगदै दिन्छौँ’

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी

Leave a comment

Your email address will not be published. Required fields are marked *