घुयँत्राे:”सत्ताको सिरप खाएपछि रातारात प्रेममा परे कम्युनिस्ट ! झोलेहरू भने अझै अपडेट खोज्दै”

बिचरा कमिनिष्टहरु अस्तिसम्म “काटाकाट्” गर्थे हिजाट “चाटाचाट” गर्न थाल्याछन । सत्ता भन्ने कुरा यस्ताे मन्द र खतरा बीष हुँदाेरैछ कि एमाले र माओवादिहरु अघिपछि कैल्यै मिल्लान जस्ताे देखिन्नन तर प्रदेशाँ सरकार बनाउने भनेछि रातारात मिलेर हात मिलाई ,फाेटाे खिचाई, सम्झाैता साटासाट गरि, सामाजिक सन्जालाँ फाेटाे पाेष्ट्याई झाेलेहरलाई फटाफट आफ्नाे हर्कत प्रष्ट्याई ७७ रै जिल्लाका झाेलेहरुलाई के गरम् र कसाे गरम् भन्ने बनाएर छाेडे गाँठे वलि र प्रचण्डले । कम्निष्टहरका चर्तिकला हेर्दा हेर्दा दिक्क भा बेलाँ कताट जेनजी जागेर तिनरकै चर्ति कलाले अल्लि फ्रेस भैयाथ्याे फेरि याे प्रदेश सरकारका नामाँ काँट वलिकाे सनकले प्रदेश सरकार डामाडाेल भएछि फेरि दारा ङिच्याउँदै मुखामुख गर्या देख्दा रमिते जनतानि निस्लाेट छन । आज बिचरा एमाले र माओवादिहरलाई भ्याई नभ्याई भाछ । हुन पनि एक्कै दिनाँ सातै प्रदेशाँ सरकार बनाउन पर्याछ । अन्त त केई छैन कर्नालिउाँ भने एमालेकाे विजाेग बनाएर छाेडदिने भए माओवादिहरले । हिजाे काँग्रेसशीत मिलेर त्यै एमालेलाई अविश्वास प्रस्ताब ल्याएर एमालेका मुख्यमन्त्रीलाई राजिनामा दिने गराए अनि आज तिनै एमालेका बाकाे निगाहमा सरकारकाे नेतृत्व तिनै एमालेसित मिलेर गर्नु पर्ने भएछि अब एमालेहरलाई कसरी हेर्लान र के भनेर एक आपसाँ चित्त बुझाउलान यार ! याे पटक सबैभन्दा ठूलाे पिर त यामलालजीलाई भाे बिचरा । अघिल्लो दिन आँफुमाथि अविश्वास ल्याउने शीत मिलेर भाेलिपल्ट मुख्यमन्त्री तिनकै पाटिलाई दिन पर्ने कस्ताे हरि विजाेग । कतैपनि ठर न ठेगान नभाका प्रचण्ड शीत मिलेर गरिखानु सित्ति छ कि । ऐले स्थानीय चुनाउ आउनु अघिसम्म एमाले माओवादि मिलेर प्रदेशाँ रमाईलाे गर्ने अनि पछि चुनाबाँ फेरि एमाले छाेडेर प्रचण्ड काँग्रेसशीत मिलेर चुनाबाँ गै दिन बेर छैन किनभने प्रचण्ड भन्ने जिनिस यस्ता चालू खेलाडी हुन कि जाे लामाे समय याैटैसित मिलेर कामै गर्न सक्दैनन । त्यसाे त जङ्ग आैर राजनीति मे सबकुछ जायज है भनिने मात्रै हैन कि राजनीतयाँ स्थायी शत्रुनै हुन्न भनेरै त हाेला प्रचण्ड लाजघिन सब पचाएर सत्ता गठबन्धनमा मरि हत्ते गरेर लाग्या हुन्छन । त्याे सदनकाे राेष्टमबाट वलिलाई भन्न केही बाँकि नराखेका अनि वलिले नि पाटि एकिकरणका नाममा प्रचण्डलाई बाेलाएर थुर्नसम्म थुर्ने काम गर्ने यी कमिनिष्ट नेताहरु जनतालाई यतिसम्म चटक देखाउँदै हिँडछन कि विचरा जनता साँच्चै यी नेताहरु अन्न खान्छन कि भुष ? ठम्याउनै नसक्ने भए । विचरा सांसदहरु आफ्नै विबेकले आफ्नाे प्रदेशकाे न त सरकार बनाउन सक्ने नत विकास गर्न सक्ने ? गणतन्त्रको नाममा यस्ताे अपार संघियता ल्याउने र रातदिन संविधान र कानुनकाे दुहाई दिने प्रचण्डले यस्तै लैबरिमा कतिन्जेल जनतालाई बेबकुफ बनाउने हाेलान ? माओवादिकाे पछि लाएर राजनीतियाँ केकनै बैतरणि पार हुन्छु भनेर लाका माधब नेपालनि प्रचण्डकाे चुरीफुरि देखेर बाेल्नु न बास्नु भा छन । उनका दैनिक गतिविधिले मलाई नि कुन दिन प्रचण्डले थाङ्ना सुताएर मेराे रहल पहलकाे जिन्दगीनि तहस नहस पार्दिन्छन कि भनेर आजकालत उनी पनि काेटेश्वरतिरै टाेलाउन थाल्या छन । हेरम् कमिनिष्टहरकाे चर्तिकलाले प्रदेशी सरकार कतिन्जेल चल्दा रैछन ।यिनले देश बनाउने र जनता समृद्ध बनाउने हैनन् क्यारे बरु जनतालाई कतिदिन मनाेरञ्जन दिने हुन मनाेरञ्जन गरम् बस खेलाे खलाँस । कि कसाे नेताजीहरु!

घुयँत्राे:”सत्ताको सिरप खाएपछि रातारात प्रेममा परे कम्युनिस्ट ! झोलेहरू भने अझै अपडेट खोज्दै”

बाँकेमा शेयर बजारप्रति बढ्दो आकर्षण : ४५

Leave a comment

Your email address will not be published. Required fields are marked *