बाँकेमा शेयर बजारप्रति बढ्दो आकर्षण : ४५ हजार लगानीकर्ताले खोले टिएमएस खाता

बाँके ,१० साउन ।
बाँकेमा शेयर बजारप्रति सर्वसाधारणको आकर्षण निरन्तर बढ्दै गएको छ। प्रविधिमा आधारित अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) को प्रयोग विस्तार भएसँगै जिल्लामा करिब ४५ हजार लगानीकर्ताले टिएमएस खाता खोलेका छन्। अनलाइन माध्यमबाट जुनसुकै स्थानबाट पनि शेयर कारोबार गर्न सकिने सुविधाले नयाँ लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढेको हो।
इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड, नेपालगञ्ज का प्रमुख उदय अधिकारीले प्रविधिको सहज पहुँचका कारण टिएमएस प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढिरहेको बताउनुभयो। उहाँका अनुसार अहिलेका लगानीकर्ता डिजिटल प्रविधिमा अभ्यस्त भइसकेकाले नयाँ लगानीकर्ताले पनि सबैभन्दा पहिले टिएमएसको सुविधा खोज्ने गरेका छन्।
उहाँले बाँकेमा हालसम्म ६२ हजार ७९६ जनाले हितग्राही (डिम्याट) खाता खोलेको जानकारी दिनुभयो। तीमध्ये ३७ हजार ३०० पुरुष, २५ हजार ४५९ महिला र ३७ जना अन्य रहेका छन्। कुल खातामध्ये करिब १० प्रतिशत खाता निष्क्रिय रहेको उहाँले जनाउनुभयो।
उदय अधिकारीका अनुसार बैंक तथा वित्तीय संस्थाले पनि हितग्राही खाता खोल्ने सुविधा उपलब्ध गराउन थालेपछि र शेयर बजारबाट आम्दानी गर्न सकिने विषयमा गाउँ–गाउँसम्म जनचेतना विस्तार हुँदै जाँदा नयाँ लगानीकर्ता थपिने क्रम तीव्र बनेको छ। पछिल्ला वर्षहरूमा युवादेखि कर्मचारी, व्यवसायी तथा गृहिणीसम्म शेयर बजारप्रति आकर्षित हुँदै गएको उहाँको भनाइ छ।
लगानीकर्ता कुलप्रसाद शर्माले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) मा आवेदन दिनकै लागि पनि धेरैले डिम्याट खाता खोल्ने गरेको बताउनुभयो। उहाँका अनुसार वास्तविक लगानी गर्ने उद्देश्यभन्दा पनि अरूलाई देखासिकी गर्ने प्रवृत्तिका कारण पनि हितग्राही खाताको संख्या बढेको छ। यद्यपि पछिल्लो समय लगानीकर्तामा शेयर बजारबारे अध्ययन गर्ने र दीर्घकालीन लगानीतर्फ आकर्षित हुने प्रवृत्ति पनि विस्तार हुँदै गएको उहाँले भन्नुभयो।
हाल नेपालगञ्जमा इम्पेरियल सेक्युरिटिज, कालिका सेक्युरिटिज र प्राइमो सेक्युरिटिज मार्फत शेयर कारोबार हुँदै आएको छ। बाँकेसँगै बर्दिया, दाङ, कैलाली, कालीकोट, जुम्लालगायत जिल्लाका लगानीकर्ताले पनि नेपालगञ्जलाई शेयर कारोबारको प्रमुख केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन्।
प्रविधिमैत्री सेवा, सहज पहुँच र वित्तीय साक्षरतामा आएको विस्तारसँगै बाँकेमा शेयर बजारप्रति आकर्षण अझ बढ्दै जाने अपेक्षा गरिएको छ। विज्ञहरूले भने शेयर बजारमा लगानी गर्दा पर्याप्त अध्ययन, जोखिमको मूल्याङ्कन र दीर्घकालीन सोचका साथ अघि बढ्न लगानीकर्तालाई सुझाव दिएका छन्।

बाँकेमा शेयर बजारप्रति बढ्दो आकर्षण : ४५ हजार लगानीकर्ताले खोले टिएमएस खाता

५ वर्षको योजना १२ वर्षमा पनि अधुरो

बाँकेमा शेयर बजारप्रति बढ्दो आकर्षण : ४५ हजार लगानीकर्ताले खोले टिएमएस खाता

बाँकेमा शेयर बजारप्रति बढ्दो आकर्षण : ४५

Leave a comment

Your email address will not be published. Required fields are marked *