बाँकेमा ९ महिनामै ७२९ क्षयरोगी फेला  एआई एक्स–रे प्रविधिबाट सक्रिय खोज अभियान तीव्र

बाँके, २७ बैशाख । बाँकेमा चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७२९ जना क्षयरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहका अनुसार साउनदेखि चैत मसान्तसम्म उक्त सङ्ख्यामा बिरामी पहिचान भएका हुन् । जिल्लामा सबैभन्दा बढी बिरामी नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा फेला परेका छन् । नेपालगञ्जमा २०० जना […]

सरकारी रकमबाट आएको बजेट दुरूपयोग होइन  संरक्षण गर्नुस : मुख्यमन्त्री कँडेल

सुर्खेत, २७ बैशाख ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी रकमबाट आएको बजेटलाई सबै नागरिकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने बताएका छन् । बराहताल गाउँपालिका–८ नं. वडाको नवनिर्मित वडा कार्यालय भवनको शुभारम्भ  गर्दै मुख्यमन्त्री कँडेलले संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त हुने बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडा तहले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए […]

कांग्रेसको दुई दिने कर्णाली प्रदेशस्तरीय भेला 

सुर्खेत, २७ बैशाख । नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय दुई दिने भेला गर्ने भएको छ । विशेष महाधिवेशनपछि वैशाख २८ र २९ गते प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो । भेलालाई कांग्रेस सभापति गगनकुमार थापा उपसभापति विश्वप्रकाश शर्मा महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  कांग्रेसको […]

चौकुनेलाई जिल्ल्याउँदै  अघि बढ्यो सूर्यतारा सिमेन्ट

ओम शाही सुर्खेत, २७ बैशाख । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९, स्थित सुनकाँडामा सिमेन्ट उद्योग स्थापनाको कार्यले गति लिन थालेको छ । सुर्खेतको बराहताल गाउँपालिका–७, बाट उद्योगका लागि आवश्यक पर्ने कच्च पदार्थ (चुनढुंगा) निकालेर चौकुनेको सुनकाँडामा प्रशोधन गरी सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ सूर्यतारा सिमेन्ट उद्योगले उद्योग स्थापनाको काम अघि बढाएको हो ।  झण्डै १५ अर्ब […]

सम्पादकीय : क्षतिग्रस्त १३२ केभीको मर्मतमा बिलम्ब नगर 

केही दिनअघि आएको भीषण हावाहुरीका कारण ढलेको रुखले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइनमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको विद्युत सेवा अनियमित बनेको छ । लामो समय रुख कटान, जग्गा भोगाधिकार तथा विभिन्न कानुनी अल्झन पार गर्दै निर्माण सम्पन्न गरिएको १३२ केभी प्रशारण आयोजना तीन महिनाअघि मात्रै सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको छोटो अवधिमै प्राकृतिक विपद्का कारण […]

जुम्लाको तातोपानी–५ वडा बालविवाह तथा महिनावारी विभेदमुक्त

गाेल्डेन बुढा जुम्ला,२७ बैशाख। जुम्लाको तातोपानी गाउँपालिका–५ लाई बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको छ । वडाभित्रका जनप्रतिनिधि, कर्मचारी, समुदायदेखि बालबालिका र महिलासम्म सबैले बालविवाह नगर्ने सार्वजनिक प्रतिबद्धता जनाएपछि औपचारिक कार्यक्रममार्फत सिंगो वडालाई बालविवाह तथा महिनावारी विभेदमुक्त घोषणा गरिएको हो ।तातोपानी गाउँपालिकाका ८ वटा वडामध्ये पहिलोपटक आइतबार आयोजित विशेष समारोहबीच- ५ लाई बालविवाह तथा […]

जुम्लाका धिर र कल्पनालाई साताैँ जुम्ला–रारा अल्ट्रा म्याराथनकाे उपाधि

गोल्डेन बुढा जुम्ला ,२७ बैशाख । हिमाली चिसो हावा, उकालोले भरिएको जोखिमपूर्ण पदमार्ग र अक्सिजनको कमीबीच शनिबार सम्पन्न सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनमा धीर बुढा र कल्पना बुढाले इतिहास रचेका छन्। जुम्लाको चन्दननाथ–भैरवनाथ मन्दिरबाट सुरु भएको ५४ किलोमिटरको कठिन दौड पार गर्दै उनीहरूले क्रमशः पुरुष र महिलातर्फ उपाधि हात पारेका हुन्।जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का ३५ वर्षका […]

घुयँत्राे:“अब जग्गाको लालपुर्जा पनि वडाध्यक्षको मूडअनुसार !”

सरकारले जग्गा दर्ता सम्बन्धि सम्पूर्ण पर्कृयाकाे अधिकार स्थानीय निकायलाई दिने भन्ने कुरा सरकारले उठाई रहेकाे र स्थानीय निकायहरु पनि त्याे काम आँफैले गर्न उत्साहित भएर सरकारसित मालमाेत र नापीकाे काम गर्न आँफुहरु तयार रहेकाे कुरा सामाजिक सञ्जालमा देखिएका छन । जनतालाई अनिवार्यरुपमा पुर्याउनु पर्ने सेवा सुविधाका लागि जनताकाे घरदैलाेमै रहेकाे स्थानिय निकायलाई दिनु अत्यन्त राम्रो […]

नगर विकासको ३६ बिघा जमिन खाली गराइँदै,पहिलो दिनमै ४० वटा घर–टहरा भत्काइयो

बाँके ,२७ बैशाख । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर नगर विकास समितिको जग्गामा अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरामा नगरपालिकाले डोजर चलाएको छ । शनिबारदेखि सुरु गरिएको अभियानअन्तर्गत पहिलो दिनमै ४० वटा घर–टहरा भत्काइएको कोहलपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत पर्ने करिब ३६ बिघा क्षेत्रफल जमिन, विशेषगरी क्रिकेट मैदान […]

मेयरकै मिलाेमताेमा केबलकार डिपिआरकाे नाममा ५० लाख झ्वाम

काली बहादुर परियार जुम्ला ,२७ बैशाख ।  चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले केबलकारकाे डिपिआरका नाममा ५० लाख रकम हिनामिना गरेकाे पाइएको छ । चुनावकाे समयमा नागरिक लाई केबलकार बनाउछु भनी भाेट मागेका मेयर कठायतले केबलकार नबनाएरै डिपिआर तयार पारी ५० लाख रकम हिनामिना गरेकाे पाइएकाे हाे । जुम्लाका सामाजिक अभियान्ता उपेन्द्र बुढ्थापाले केहि समय अगाडि […]

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर,२७ बैशाख । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन् । फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन् । तर सडक किनारको […]

हावाहुरीले ढाल्यो  १३२ केभी प्रसारण आयोजनाका पोल

ओम शाही सुर्खेत, २६ बैशाख । केही दिनअघि आएको भीषण हावाहुरीका कारण ढलेको रुखले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइनमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको विद्युत सेवा अनियमित बनेको छ । मुख्य प्रसारणलाइनमा क्षति पुगेपछि कर्णालीका अधिकांश जिल्लामा विद्युत आपूर्ति प्रभावित बनेको हो । कर्णालीमा विद्युत आपूर्ति हुने कोहलपुर–सुर्खेत ३३ केभी प्रसारणलाइनमा पनि हावाहुरीले क्षति पुर्‍याएकाले विद्युत सेवा […]

सम्पादकीय : यस्तो हुनुपर्छ वीरेन्द्रनगरको भावि दिशा

कुनै समय औलोको त्रासले बसाई नहुने वीरेन्द्रनगर उपत्यका आज कर्णाली प्रदेशको राजनीतिक, प्रशासनिक र आर्थिक केन्द्रका रूपमा उभिएको छ । यही ऐतिहासिक यात्राको प्रतीक बनेर वीरेन्द्रनगर नगरपालिकाले आफ्नो स्थापनाको ५० औँ वार्षिकोत्सव मनाएको छ । पाँच दशकको यो यात्रा एउटा नगरको विकासको सामान्य यात्रा होइन, कर्णालीको सामाजिक रूपान्तरण, शहरी विस्तार र राजनीतिक परिवर्तनको पनि इतिहास […]