नेपालको ऊर्जा जडित क्षमता पुग्यो ४२ सय ९६ मेगावाट

काठमाडौं, २६ वैशाख । नेपालको कूल ऊर्जा जडित क्षमता ४ हजार २ सय ९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्‌का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ । परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक ४ हजार २ सय ९६ मेगावाट […]

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज, २६ वैशाख ।  द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा आउने भएको छ । भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नरैनापुर छोटी भन्सार नेपालगन्ज भन्सार अन्तरगत रहेर सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधारको निर्माण र कर्मचारीको व्यवस्थान गरिने बताए । “यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै हो उनले भने […]

स्थानीय र प्रदेशबीच  अन्तरसरकार सम्बन्धबारे छलफल

सुर्खेत, २६ बैशाख ।  कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह तथा जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरूसँग अन्तरसरकार सम्बन्धका सवालमा छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश कार्यक्रम सहयोग एकाइद्वारा आज सुर्खेतमा वीरेन्द्रनगरमा आयोजित ‘जिसस महासंघ, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघहरूसँग अन्तरसरकार सम्बन्धका सवालमा समन्वय बैठक’मा छलफल गरिएको हो । उक्त छलफलमा कर्णाली प्रदेश […]

हस्तकलाका सामग्री बनाएर ९० महिला स्वरोजगार

टीकापुर, २६ वैशाख ।  कैलालीको टीकापुर र भजनीको थापापुरमा गुडिया, जनावरका आकृति बनाएर ९० बढी महिला स्वरोजगार भएका छन् । महिलाहरूले साँझ विहान घरको काम गरेर दिउँसोको समयमा हातले गुडिया, विभिन्न जनावरका आकृति बनाएर मासिक रु १० हजारदेखि २० हजारसम्म कमाउन थालेका छन् । कैलालीको भजनी–६ थापापुरका जनक चौधरीले ह्यान्डी काफ्‌ट उद्योग सञ्चालन गरेका छन् […]

भारतीय मुद्रासहित दुई पक्राउ

नेपालगन्ज, २६ वैशाख । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित एकलैनीबाट […]

राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

महेन्द्रनगर, २६ वैशाख ।  दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन ‘हल्कारा’ तयारी अवस्थामा छन् ।  हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा पुर्‍याउने श्रेणीविहीन कर्मचारीलाई ‘हल्कारा’ भनिन्छ । जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन […]

वनहरा नदीको किनारमा रहेको भूमिहीनको हलो जोतेर उमेर बित्यो 

कञ्चनपुर, २६ वैशाख ।  सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीबाट दुई दशकअघि मथुरादेवी सार्कीको परिवार ‘सस्तो बेसा’ (खाद्यान्न)को खोजीमा तराई झर्यो । सार्की परिवारको एउटा सुन्दर सपना थियो । तराईको समथर फाँटमा आफ्नो एउटा सानो घर हुनेछ र परिवारका सदस्यले पेटभरि खान पाउनेछन् । सत्तरी वर्षको उमेर ढल्किँदै गर्दा मथुरा देवीको त्यो सपना अझै पनि कञ्चनपुरको शुक्लाफाँटा […]

कोहलपुर साहारा क्लबलाई चौथो कोहलपुर गोल्डकपको उपाधि

बाँके ,२६ बैशाख ।  चौथो कोहलपुर गोल्डकप–२०८३ को उपाधि आयोजक कोहलपुर रेसिङ साहारा क्लबले जितेको छ । कोहलपुर २ स्थित कोहलपुर रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ साहारा क्लबले पहिलोपटक कोहलपुर गोल्डकपको उपाधि जितेको हो । फाइनल खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि […]

शिखा एकेडेमीलाई राष्ट्रिय पौडीको उपाधि, कोहलपुर खेलकुदको केन्द्र बन्दै

बाँके,२६ बैशाख  ।  बाँकेको कोहलपुरस्थित शिखा एकेडेमीले दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शिखा एकेडेमी र नेपालगन्ज स्विमिङ क्लबको संयुक्त आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा शिखा एकेडेमीले १३४ अंक प्राप्त गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भएको हो । प्रतियोगितामा ललितपुरको लिटिल एञ्जल्स स्कुल १०१ अंकसहित दोस्रो स्थानमा रहँदा […]

काेहलपुर गाेल्डकप फाईनल: पहिलाे हाफमा रेसिङकाे अग्रता

बाँके  ,२६ बैशाख । काेहलपुरमा जारी चाैथाे संस्करणकाे काेहलपुर गाेल्डकपकाे अहिले फाईनल खेल चलिरहेकाे छ । काेहलपुर-२ फुटबल मैदानमा नेपाल पुलिस क्लब र रेसिङ साहारा क्लब बिच उपाधिकालागी प्रतिस्पर्धा भईरहेकाे छ ।  जारी फाईनल खेलकाे पहिलाे हाफमा आयाेजक रेसिङ साहारा क्लबले १ गाेलकाे अग्रता लिएकाे छ ।  रेसिङ साहाराकालागि १८ नम्बर जर्सिका खेलाडि चेतन चाैधरीले […]

पुरूष तर्फ धिर बुढा र महिला तर्फ कल्पना बने जुम्ला–रारा अल्ट्रा म्याराथनका विजेता

काली बहादुर परियार जुम्ला,२६ बैशाख ।  साताैँ जुम्ला रारा अल्ट्रा म्याराथनकाे उपाधि पुरूष तर्फ धिर बहादुर बुढा र महिला तर्फ कल्पना बुढाले हात पारेका छन् । ५४ किलोमिटरकाे दुरीमा संचालन भएको  म्याराथनमा धिर बहादुर बुढाले ६ घण्टा १२ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन्। यस्तै सेकेण्डमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ दोस्रो हुँदा […]

क्रिकेटको क्रेज बढ्दै : अन्तर विद्यालय क्रिकेटमा कालिका मा.वि. पिली बिजेता

हस्त चाैलागाई कालिकोट ,२६ बैशाख । कालिकाेटमा पछिल्लो समय क्रिकेटप्रति युवापुस्ताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । गाउँ–गाउँमा क्रिकेटको क्रेज बढिरहेका बेला अन्तर विद्यालय स्तरीय छनोट क्रिकेट प्रतियोगिताले विद्यार्थीहरूमा थप उत्साह र ऊर्जा थपेको छ । बैशाख २३ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता आज भव्य रूपमा सम्पन्न भएको हो । विद्यालयस्तरमै उत्कृष्ट खेल प्रतिभा पहिचान […]

-रारा अल्ट्रा म्याराथन सुरु: कर्णाली चिनाउँदै जुम्ला–रारा दौड

गोल्डेन बुढा जुम्ला ,२६ बैशाख । जुम्लाको चिसो बिहानसँगै शनिबार खलंगाको आकाश पञ्चेबाजाको धुनले गुञ्जियो।चन्दननाथ तथा भैरवनाथको गेटअगाडि सयौँ मानिसको भीड थियो। कोही हात हल्लाउँदै खेलाडीलाई शुभकामना दिइरहेका थिए, कोही मोबाइलमा दृश्य कैद गर्दै थिए। त्यही भीडको बीचबाट सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु भयो। जुम्लाको दुर्गम भूगोल, कठोर जीवन र अथाह सम्भावनालाई विश्वसामु चिनाउने […]