पुरूष तर्फ धिर बुढा र महिला तर्फ कल्पना बने जुम्ला–रारा अल्ट्रा म्याराथनका विजेता

काली बहादुर परियार

जुम्ला,२६ बैशाख ।

 साताैँ जुम्ला रारा अल्ट्रा म्याराथनकाे उपाधि पुरूष तर्फ धिर बहादुर बुढा र महिला तर्फ कल्पना बुढाले हात पारेका छन् । ५४ किलोमिटरकाे दुरीमा संचालन भएको  म्याराथनमा धिर बहादुर बुढाले ६ घण्टा १२ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन्।

यस्तै सेकेण्डमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ दोस्रो हुँदा सोमबहादुर रावत तेस्रो भएका छन् ।

यस्तै महिला तर्फ  ७ घण्टा ७ मिनेट दूरी पूरा गर्दै जुम्ला पातारासीकि कल्पना बुढा विजेता बनेकी छन् ।  यस्तै दोस्रोमा सुनसरी राेकाया र तेर्स्राेमा सन्ध्या बुढा भएकी छन् । 

आज बिहान सम्पन्न भएको १० किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ बसन्त बुढाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएका छन् ।

प्रतिस्पर्धात्मक दौडमा नवीन परियार दोस्रो तथा राज भण्डारी तेस्रो स्थानमा भएका छन् । त्यसैगरी महिला तर्फको १० किलोमिटर दौडमा सपना बुढा प्रथम हुन सफल हुँदा सुस्मीता भण्डारी दोस्रो र गौकली रावत तेस्रो स्थान हासिल गर्न सफल भएकि छन् ।

विजेता खेलाडीहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद सहित मेडल तथा ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।

यता पाँच किलोमिटर दौड तर्फ नोर्भु रानाले पहिलो स्थान हात पार्दा नरेश रावत दोस्रो तथा नवराज महताराले तेस्रो स्थानमा हासिल गरेका छन् ।

यस्तै बालिका तर्फ कृतिका सुनार प्रथम, एमुना बुढा द्वितीय र खुसी बुढाथोकी मगर तृतीय भएकि छन् । प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको थियो।

स्थानीय स्तरमा खेलकुदको विकास र युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले जुम्लामा खेलकुद गतिविधिलाई थप चलायमान बनाएको आयोजकको भनाइ छ ।

पुरूष तर्फ धिर बुढा र महिला तर्फ कल्पना बने जुम्ला–रारा अल्ट्रा म्याराथनका विजेता

क्रिकेटको क्रेज बढ्दै : अन्तर विद्यालय क्रिकेटमा

पुरूष तर्फ धिर बुढा र महिला तर्फ कल्पना बने जुम्ला–रारा अल्ट्रा म्याराथनका विजेता

काेहलपुर गाेल्डकप फाईनल: पहिलाे हाफमा रेसिङकाे अग्रता

Leave a comment

Your email address will not be published. Required fields are marked *