अर्घाखाँचीमै सवारी नवीकरण सेवा, मुख्यमन्त्री आचार्यले गरे सेवा सुभारम्भ

अर्घाखाँची ,१३ कार्तिक ।

सवारी साधनको राजस्व बुझाउन र ब्लुबुक नवीकरण गर्न बुटवल जानुपर्ने अर्घाखाँचीवासीको बाध्यता अन्त्य भएको छ । जिल्लामै पहिलोपटक सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण सेवा सुरु भएपछि मोटरसाइकलदेखि ठूला सवारी साधनसम्मको नवीकरण अब अर्घाखाँचीबाटै गर्न सकिने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा आयोजित कार्यक्रममा सेवाको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले नवीकरण गरिएका सवारी दर्ता किताब सेवाग्राहीलाई हस्तान्तरण गर्नुभएको थियो ।


लामो समयदेखि जिल्लावासीले अपेक्षा गर्दै आएको सेवा प्रदेश सरकारले जिल्लामै उपलब्ध गराउन सफल मुख्यमन्त्री आचार्यले बताउनुभयो । जिल्लाबाटै सेवा सञ्चालन हुनु अर्घाखाँचीवासीका लागि खुसी र गौरवको विषय भएको उहाँको भनाइ थियो ।‘आज अर्घाखाँची जिल्ला र यहाँ बसोवास गर्ने नागरिकहरुकोलागि खुसी र गौरवको क्षण हो’उहाँले भन्नुभयो,‘यातायात क्षेत्रको सेवा थपिएको छ । यसलाई विस्तार गर्दै लैजाने प्रदेश सरकारको योजना छ ।’
सेवा सुरु भएसँगै सवारी साधनको नवीकरण र राजस्व बुझाउन बुटवल पुग्नुपर्ने बाध्यता हटेको भन्दै मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रका अन्य सेवा पनि क्रमशः जिल्लामै विस्तार गर्ने योजना रहेको बताउनुभयो । आवश्यक प्रक्रिया पूरा गरेर सवारी साधनको जाँचपाससम्बन्धी सेवा पनि अर्घाखाँचीबाटै उपलब्ध गराउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र गुनासोरहित बनाउन कर्मचारी तथा सम्बन्धित व्यवसायीलाई निर्देशनसमेत दिनुभयो । घरेलु तथा साना उद्योग कार्यालयको जिम्मेवारी थपिएको उल्लेख गर्दै उहाँले सेवाग्राहीले कुनै पनि प्रकारको सास्ती र असुविधा भोग्न नपर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
यातायात क्षेत्रको सेवा प्रवाहमा सेवाग्राहीबाट विभिन्न गुनासा आउने गरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले त्यस्ता गुनासा नआउने गरी जिम्मेवारीपूर्वक सेवा दिनुपर्ने बताउनुभयो । व्यवसायी तथा कर्मचारीले उच्च मनोबलका साथ नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।
जिल्लामै सवारी दर्ता किताब नवीकरण सेवा सुरु भएपछि सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै सामान्य कामका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । प्रदेश सरकारले आगामी दिनमा यातायात क्षेत्रका थप सेवा जिल्लास्तरबाटै उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।

अर्घाखाँचीमै सवारी नवीकरण सेवा, मुख्यमन्त्री आचार्यले गरे सेवा सुभारम्भ

विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक :

अर्घाखाँचीमै सवारी नवीकरण सेवा, मुख्यमन्त्री आचार्यले गरे सेवा सुभारम्भ

कपास विकास समिति खारेज गर्ने तयारीले किसान

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!