पुस्तकालयको रकम हिनामिना  गरेको आरोपमा भ्रष्टाचार मुद्दा

सुर्खेत, १३ कार्तिक ।

जाजरकोटको एक विद्यालयमा पुस्तकालय अनुदानको रकम दुरुपयोग गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जिल्लाको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०७१/०७२ देखि २०७३/०७४ सम्मको जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदान बापतको रकम विद्यालयका पदाधिकारी तथा कर्मचारीहरूले सापटी लिएको तर फिर्ता नभएको  भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । 

उक्त उजुरीका आधारमा अनुसन्धान थालेको अख्तियारले विद्यालयमा आर्थिक वर्ष २०७३/०७४ को जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदान वापतको रकम तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, सदस्य जनकबहादुर नेपाली, तत्कालीन प्रधानाध्यापक धनबहादुर सिंह, तत्कालीन लेखा सहायक धिरेन्द्रबहादुर सिंहले हिनामिना गरेको भेटिएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

बिहिबार अख्तियारद्वारा विशेष अदालतमा दायर भएको अभियोगपत्रमा बदनियतले कानुन विपरीत ऋण सापटी लिएको देखाई विद्यालयको १७ लाख ४१ हजार ४४६ रूपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ । अख्तियार प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जैसीसँग १७ लाख ४१ हजार ४४६ रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

त्यस्तै, तत्कालीन विद्यालय व्यवस्थापन समितिका सदस्य नेपालीसँग एक लाख, तत्कालीन लेखा सहायक सिंहसँग १७ लाख ४१ हजार ४४६ र पूर्वप्रधानाध्यापक सिंहसँग १७ लाख ४१ हजार ४४६ रुपैयाँ बिगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ अनुसार सजायको मागदाबी अख्तियारले गरेको छ ।

पुस्तकालयको रकम हिनामिना   गरेको आरोपमा भ्रष्टाचार मुद्दा

कर्णालीको बजेट खर्च ७.२० प्रतिशत तीन महिनामा

पुस्तकालयको रकम हिनामिना   गरेको आरोपमा भ्रष्टाचार मुद्दा

हुलाकी सडकको विस्तारले उद्योगमा लगानी बढ्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!