सैँतिस वर्षदेखि व्यवसायिक कृषिमा रमाउँदै थारू
बर्दिया, २९ वैशाख । यहाँको बढैयाताल गाउँपालिका–८ फूलपुरका–६८ वर्षीय किसान ईश्वरीप्रसाद थारूले कृषि पेसाबाटै वार्षिक लाखौँ आम्दानी गर्दै आएको छ । विगत ३७ वर्षदेखि मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका उनले माटोमै आर्थिक समृद्घिको सम्भावना देखेपछि कृषि पेसालाई मुख्य आयस्रोत बनाएका छन् । उहाँका अनुसार एक बिघा जमिनमा वार्षिक रूपमा धान करिब ३५ क्विन्टल, आलु […]



