सिँजामा निर्माणाधीन भवनबाट लड्दा कामदारको मृत्यु

काली बहादुर परियार
जुम्ला,२९ बैशाख ।
सिजा गाउँपालिकामा निर्माणाधीन भवनबाट खसेर एक कामदारको मृत्यु भएको छ ।
मंगलबार चौथो तलामा फार्मा खोल्ने क्रममा लडेर गम्भीर घाइते भएका गुराँस गाउँपालिका–३ का ४२ वर्षीय खिरबहादुर शाहीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
घटनापछि सिँजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा हिमा गाउँपालिका–५ को भुगाओल पाटा क्षेत्रमा उनको निधन भएको थियो ।
उद्धारका क्रममा शाहीको टाउकोमा गम्भीर चोट लागेको तथा हात–खुट्टा भाँचिएको अवस्थामा फेला पारिएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






