कांग्रेसले जारी गर्‍यो २१ बुँदे संकल्प

सुर्खेत, २९ बैशाख । 

नेपाली कांग्रेसले कर्णाली प्रदेशबाट २१ बुँदे संकल्प जारी गरेको छ  । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबार र मंगलबार चलेको प्रदेशस्तरीय भेलाबाट कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारलाई थप जिम्मेवार, पारदर्शी र जनमुखी बनाउँदै सुशासन कायम गर्न २१ बुँदे उक्त संकल्प प्रस्ताव जारि गरिएको हो ।

संकल्प प्रस्तावमा कर्णालीका प्राकृतिक स्रोत, जडिबुटी र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नागरिकको जीवनस्तर सुधार्न शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिइएको छ । दुर्गम क्षेत्रमा सजिलो सेवा प्रवाह, वित्तीय अनुशासन र योजनाबद्ध विकासमार्फत समृद्ध कर्णाली निर्माण गर्ने संकल्प कांग्रेसले गरेको छ । साथै, कांग्रेसले संघीयताको मर्म अनुसार अधिकारको न्यायोचित बाँडफाँड र सांगठनिक सुदृढीकरणका लागि राज्य र पार्टी दुवै तहमा समन्वय गर्ने संकल्प गरेको छ ।

कांग्रेस पार्टीको संगठन सुदृढीकरण गर्न र डिजिटल अभिलेखमार्फत सदस्यको योगदानलाई लिपिबद्ध गर्न तथा पार्टी अभियानमा आम सदस्यलाई सिधै जोड्न जरा अभियान अन्तर्गत चलिरहेको क्रियाशील सदस्यता अध्यावधिक अभियानमा सक्रिय रहन पार्टी पंक्तिलाई प्रेरित गर्ने र आवश्यक सहजीकरण गर्ने संकल्पसमेत कांग्रेसले गरेको छ ।

कांग्रेस केन्द्रीय समिति, कर्णाली प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि तथा पार्टीका प्रदेश, स्थानीय र जिल्ला तहका नेतृत्वबीच दुई दिन चलेको संवाद, विषयगत छलफल र विस्तृत अन्तरक्रियाको आधारमा संकल्प जारी गरिएको हो । भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।

कांग्रेसले जारी गर्‍यो २१ बुँदे संकल्प

बहुसूचक सर्वेक्षणमा कस्तो छ कर्णालीका महिला र

कांग्रेसले जारी गर्‍यो २१ बुँदे संकल्प

एसईई दिएका विद्यार्थीलाई निःशुल्क करियर बुट क्याम्प

Leave a comment

Your email address will not be published. Required fields are marked *