एसईई दिएका विद्यार्थीलाई निःशुल्क करियर बुट क्याम्प

सुर्खेत, २९ बैशाख । 

सुर्खेत होराइजन एकाडेमीको आयोजनामा आगामी ३ जेठमा (आइतबार) निःशुल्क करियर बुट क्याम्प आयोजना हुने भएको छ ।  एसईई परीक्षा दिएका विद्यार्थीलाई सही करियर छनोटमा सहजीकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको सुर्खेत होराइजन एकाडेमी प्रधानाध्यापक अशोकराज खातीले जानकारी दिए । प्रधानाध्यापक खातीका अनुसार  निःशुल्क करियर बुट क्याम्पमा कर्णाली प्रदेश भरीका एसईई दिएका इच्छुक विद्यार्थी र उनका अभिभावकहरु सहभागि हुन सक्ने बताए । उक्त कार्यक्रममा एसईई  पछिका विद्यार्थी तथा अभिभावकलाई करियर सम्बन्धी परामर्श र मार्गदर्शन प्रदान गरिने आयोजक स्कुल सुर्खेत होराइजन एकाडेमीले जनाइएको छ । विद्यार्थीहरूमा ‘कुन विषय पढ्ने ?, भविष्यका लागि उपयुक्त करियर कसरी छनोट गर्ने ? लगायतका अन्यौलता विद्यार्थी तथा अभिभावक बढिरहेका बेला कार्यक्रममार्फत सही सूचना, सुझाव र अनुभव आदानप्रदान गरिनेछ । कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको वृत्ति मार्गनिर्देशन सेवा केन्द्रको प्राविधिक सहयोग रहेको छ । करियर बुट क्याम्पले विद्यार्थीलाई भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन तथा आफ्नो रुचि र क्षमता अनुसार सही शैक्षिक तथा पेशागत मार्ग छनोट गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

एसईई दिएका विद्यार्थीलाई निःशुल्क करियर बुट क्याम्प

कांग्रेसले जारी गर्‍यो २१ बुँदे संकल्प

एसईई दिएका विद्यार्थीलाई निःशुल्क करियर बुट क्याम्प

नेपालगञ्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका

Leave a comment

Your email address will not be published. Required fields are marked *