घुयँत्राे:“सदन किन चाहियो? प्रधानमन्त्रीसँग अध्यादेश एक्सप्रेस छ नि !”

बालेनकाे सरकार भनम्कि रबिकाे पाटिकाे सरकार भनम् ले वैलाे पल्ट सदनमा नीति तथा कार्यक्रम ल्यायाे । अब सायद तिनै कार्यक्रमका आधारमा अर्थमन्त्री स्वर्णिम वाग्ले बजेटनि ल्याउने हाेलान । सरकारकाे नीति तथा कार्यक्रम राष्ट्रपतिले सदनमा पढि रहँदा संसदमा भएका दृष्य देखेर सामाजिक सन्जालभरी टिप्पणी भएकाे देखियाे । सदनमा आउँदा प्रधानमन्त्री बालेनले संसदिय पाेशाक लाएनन भन्ने कुराे आयाे । बालेन भनेकाे भनम या याे सरकार भनेकाे हिजाेका पुराना सांसदले गरेकाे व्यवहार दाेहर्याउने हैनकि त्यसकाे विपरित केही गरेर चर्चामा आउने कसम खाएर आएका प्रधानमन्त्री हुन । त्यसैले उनी सदनमा के लाए , केलाएनन, के गरे के गरेनन भनेर भन्दानि के नयाँ गरे भन्नू पर्ने हुन्छ । पुरानै काम र व्यवहार त पुराना दलले गरेनि अब त उनले नयाँ गर्दै जाने हाे । सदनमा पाेशाक लाएन , राष्ट्रपतिले सम्बाेधन गर्दा गर्दै प्रधानमन्त्री सदनबाट बाहिरिय, राष्ट्रपति सदनमा सम्बाेधन गरेर बाहिर जान लाग्दानि बिदाई गर्नर र सम्बाेधन पछि धन्यवाद दिने सामान्य कडसिनि मेन्टेन गरेन भनेर पुराना दलले राईलाे गर्या सुनियाे ।तर वास्तवमा रास्वपा पाटिले संसदिय ब्यवस्थालाई मान्छकि मान्दैन ? त्यसैले सदनमा आउँदा प्रधानमन्त्रीले सदनीय पाेशाक नलाएका हाेलान भनेर गाैर गरेर साेचियाे कि नाई । अनि जाँ सम्म राष्ट्रपतिले बाेल्दै गरि रहँदा बाहिरिनुकाे अर्थ उनले गणतान्त्रिक ब्यवस्था वा राष्ट्रपति शासन नमान्ने र प्रधानमन्त्री भनेकाे कार्यकारी हाे राष्ट्रपति भन्या सुँ विनाकाे हात्ती हाे त्यसलाई नमान्नैका लागि त रास्वपा सरकारमा पुगेकाे हाे र रास्वपाकाे क्रियाकलाप भनेकाे हिजाेका सरकारले गर्ने गतिविधि भन्दा फरक हुनु पर्छ र जनताले हाम्लाई दुई तिहाई दिनु भनेकै पुराना दललेगरेका गतिविधि वा परम्परागतरुपमा चलि आएका भन्दा फरक काम गर्नलाई हाे भन्ने भएछि हिजाे भाकाे सदन किन चाईयाे अध्यादेशबाटै काम गर्ने हाे, पाेशाक किनचाईयाे जवकि सदनकाे अस्थित्व स्वकारिँदैनभने अनि त्याे राष्ट्रपति भन्दा प्रधानमन्त्री नै ठूलाे हुन्छ भन्ने मान्यता लिएर हिँडिन्छ भने सदनमा राष्ट्रपतिले भट्याउन्जेल प्रधानमन्त्री किन बस्नु पर्याे ? त्यसैले पुराना दलका नेताजीहरु तपाईंहरु पूर्णरूपमा परिवर्तन हुनाेस के ! रास्वपा वा त्यसका प्रधानमन्त्री भनेका one man army हुन । उनलाई न सदन चाहिन्छ न राष्ट्रपति, नत कानुननै ! उनलाई काम गर्न मन लागे अध्यादेश ल्याउँछन त्यै अनुसार काम गर्छन । जनताले ५ बर्षका लागि हात काटेर दिई सक्याछन जस्ताे चाहन्छन त्यस्तै शासन चलाउँछन । दुई तिहाई मत दिने जनताले हिजाेकै जस्ताे शासन चला भनेर पक्कै द्या छैनन हाेला क्यारे त्यसैले पुराना दलकाे रुवाबासीकाे कुनै अर्थ छैन । रास्वपालाई ईच्छा लाग्छ सदन चलाउँछ लाग्दैन । किनभने संविधानकाे घाँडाे लेर राष्ट्रियसभामा पुराना तिनदल बस्याछन ती ३ दलका सदस्यले बालेनकाे सरकारले ल्याकाे राम्रो नराम्रो कुनै पनि विधेयकलाई पास हुन दिने वालै छैन । राष्ट्रियसभामा याे सरकारी दलकाे सदस्यकाे बिवै छैन । राष्ट्रिय सभाले पास नगरि कानुनै बन्दैन त्याे नि तल्लाे सदनबाट विधेयक पठाकाे महिनाैँ दिनसम्मनि विधेयक पास हुन्न यता सरकारले गर्न खाेज्या काम थाँती रहन्छ अनि उहीँ पुरानाे दलकाे जस्ताे अबस्था हुन्छ । यसकारण नि रास्वपा ऐले देशमा परिवर्तन गर्नै काे लागि आ हाे भने कसैकानि कुरा नसुनेर काममा मात्रै एकाेहाेराे लागि रहनु पर्छ ।कराउने कराउँदै गर्छन । कसैलाई चित्त बुझ्दैन भने नि ५ बर्षसम्म त कुर्नै पर्याे त्यसपछि जनताले भाेटदेछन भने आँफै सत्ताँ जाने अनि आँफुलाई लाग्या गर्ने । कि कसाे !

घुयँत्राे:“सदन किन चाहियो? प्रधानमन्त्रीसँग अध्यादेश एक्सप्रेस छ नि !”

संघीय सरकारको नीति तथा कार्यक्रम कर्णालीको पर्यटन

Leave a comment

Your email address will not be published. Required fields are marked *