बनगाड कुपिण्डेकाे वडा नं ४ को नवनिर्मित भवन उद्घाटन

दुर्गा विसि

सल्यान ,१३ असोज 
सल्यानकाे वनगाड कुपिण्डे नगरपालिका वडा नं. ४ को नवनिर्मित वडा कार्यालय भवनको आज नगर प्रमुख कर्णबहादुर बुढाथोकीले उद्घाटन गर्नु भएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री गोकर्ण पन्थी, वडा नं. ४ का वडा अध्यक्ष पुष्कर बुढा, वडा नं. ५ का वडा अध्यक्ष पिउमले खत्री, वडा नं. ६ का वडा अध्यक्ष गणेशबहादुर बुढाक्षेत्री, कार्यपालिका सदस्य, पूर्वाधार विकास शाखाका इन्जिनियर हस्तबहादुर भण्डारी, वडा सचिव, नगरपालिकाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा स्थानीय वडावासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख कर्णबहादुर बुढाथोकीले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राहीलाई गुणस्तरीय, प्रभावकारी र सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो। साथै, स्थानीय सरकारको संस्थागत सुदृढीकरण तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको बताउनुभयो।

वनगाड कुपिण्डे नगरपालिकाले वडा नं. ४ को वडा कार्यालय भवनसहित हालसम्म १० वटा वडाका प्रशासनिक भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ।

बनगाड कुपिण्डेकाे वडा नं ४ को नवनिर्मित भवन उद्घाटन

चन्दननाथ कांग्रेस सभापतिमा रवि थापा

बनगाड कुपिण्डेकाे वडा नं ४ को नवनिर्मित भवन उद्घाटन

बनगाड कुपिण्डेकाे वडा नं ४ को नवनिर्मित

Leave a comment

Your email address will not be published. Required fields are marked *