हिमाली गार्मेन्ट उद्योगकी मालिक अम्बिका गिरी(श्रेष्ठ)

गाेल्डेन बुढा जुम्ला,३१ बैशाख। जुम्लाको तत्कालीन सीप विकास कार्यालयले अम्बिका गिरी (श्रेष्ठ) लाई प्रशिक्षकको नियुक्तिपत्र थमायो। साविक कर्णाली अञ्चलका जुम्ला, मुगु, कालिकोट, हुम्ला र डोल्पाका महिलालाई सिलाईकटाइ सीप सिकाउने जिम्मा उनकै काँधमा आयो।त्यो दिन अम्बिकाले जागिर पाएकी थिइनन्, उनले आफ्ना संघर्षमाथि एउटा भरोसा पनि पाएकी थिइन्।किनकि, त्यसअघि उनको जीवन अभाव, जिम्मेवारी र अनिश्चितताले भरिएको थियो।जुम्लाको […]

कर्णालीमा एसईई नतिजा खस्कियो, ५९.०५ प्रतिशत मात्रै उत्तीर्ण

गाेल्डेन बुढा जुम्ला,३१ बैशाख । कर्णाली प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा खस्किएको छ । यस वर्ष प्रदेशभर एसईईमा सहभागी भएका ३२ हजार ३ सय ३६ विद्यार्थीमध्ये ५९.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार १९ हजार ९५ विद्यार्थी उत्तीर्ण हुँदा १३ हजार २ सय ४१ विद्यार्थी […]

तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

तनहुँ, ३१ वैशाख ।  तनहुँको देवघाट गाउँपालिका–४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडाँैसँग ठेक्का सम्झौता गरेको छ । वि.सं. २०८० फागुन ७ गते सम्पन्‍न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ […]

जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने सरकारको तयारी

काठमाडौँ, ३१ वैशाख ।  जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो । हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार […]

तालतलैयाको बक्यौता नतिर्नेको सेवा सुविधा रोकियो

कैलाली, ३१ वैशाख ।  भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको छ । नगरपालिकाको आन्तरिक आयस्रोतका रूपमा रहेको तालतलैया  छन् । नगरपालिकाको यही वैशाख १५ गते बसेको कार्यपालिका बैठकले बक्यौता नतिर्ने व्यक्ति तथा फार्मको नगरपालिकाबाट हुने सबै खालको सेवा प्रवाह रोकिएको प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बताए । उनका अनुसार व्यक्तिका हकमा स्वास्थ्य सेवालाई […]

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित

चितवन, ३१ वैशाख ।  आगामी आर्थिक वर्षका लागि सरकारले सदन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढाएको छ । नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयन कसरी हुन्छ भन्नेमा पर्ख र हेरको अवस्थामा रहेको यहाँका व्यवसायीहरूले बताएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी नीति तथा कार्यक्रम उद्योगीका पक्षमा भएको […]

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै

काठमाडौँ, ३१ वैशाख ।  भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीपीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बीउपुँजीका रूपमा २५ करोड रुपैयाँ व्यवस्थापन गर्न लागिएको छ । यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । मन्त्रालयले पीडित नागरिकलाई रकम फिर्ता तथा चक्रीय कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरेका छ ।  […]

आलेख घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर

इन्द्राकुमारी केसी/रासस कैलाली जिल्लाको पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ अवस्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र पर्यटकीय आकर्षणको अद्वितीय सङ्गमका रूपमा चिनिँदै आएको छ । यो क्षेत्र केबल तालहरूको शृङ्खलामात्र होइन, अन्तरराष्ट्रिय महत्व बोकेको एक समृद्ध पारिस्थितिक प्रणालीसमेत हो, जहाँ थुप्रै दुर्लभ वनस्पति र जीवजन्तु पाइन्छन् । घोडाघोडी सिमसारमा पाइने विभिन्न जलचर, पन्छी, वन्यजन्तु र […]

एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण

कैलाली, ३१ वैशाख ।  रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कैलालीको टीकापुरमा निर्माण गरिरहेको शीतभण्डार यसै वर्षबाट सञ्चालन गर्ने तयारी गरिएको छ । शीतभण्डार निर्माणको अन्तिम चरणका विद्युत् जडान तथा ‘रेफ्रिजेरेसन’लगायतका काम भइरहेका छन् । निर्माणको म्याद २०८३ मङ्सिर मसान्तसम्म रहेकाले यसै वर्षबाट सञ्चालन गर्नेगरी काम भइरहेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइका […]

सुर्खेत उपत्यका नगर विकास  समितिमा भ्रष्टाचार भएको अख्तियारको ठहर

सुर्खेत, ३१ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालिन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । समितिको सटर र जग्गा भाडावापतको राजश्व रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको दावीसहित अख्तियारले बुधबार (आज) विशेष अदालत काठमाडौंमा भ्रष्टार मुद्दा दायर गरेको हो । उपत्यका नगर विकास समितिका सदस्य सचिव […]

कर्णालीले सुधार्‍यो एसईईको नतिजा:५९.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ओम शाही सुर्खेत, ३१ बैशाख ।  कर्णाली प्रदेशमा गत वर्ष २०८२ को चैतमा लिइएको माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजामा सुधार भएको पाइएको छ । उच्च शिक्षाको ढोका मानिने एसईईमा गत वर्ष कर्णालीबाट साधारण र प्राविधिक धार गरी कुल ३२ हजार तीन सय ३६ विद्यार्थी सहभागी भएका थिए । जसमा १९ हजार ९५ अर्थात ५९.०५ […]

सम्पादकीय : तथ्यमा आधारित नीति लेऊ

नेपाल बहुसूचक सर्वेक्षण २०८१/०८२ को नतिजाले कर्णाली प्रदेशको सामाजिक यथार्थलाई उजागर गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले महिला तथा बालबालिकासम्बन्धी केही क्षेत्रमा उल्लेखनीय सुधार देखाए पनि बालमृत्यु, किशोरी प्रजनन, बालविवाह, बालश्रम, कुपोषण र मानसिक स्वास्थ्यका समस्या चुनौतीका रुपमा देखाएको छ । यसले मानव विकासका सूचक सुधार गर्न कर्णालीले अझै मेहनत गर्नुपर्ने देखएको […]

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ,३१ बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको बाँकेको चिसापानी क्षेत्रमा १३२ केभी क्षमताका दुई वटा विद्युत् प्रसारण टावर ढलेपछि कर्णाली प्रदेशमा उत्पन्न विद्युत् सङ्कटप्रति चासो व्यक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठले बुधबार क्षतिग्रस्त टावरको मर्मतसम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । हावाहुरीका कारण […]