तातापानी गोल्ड कप फुटबल प्रतियोगिता हुँदै

सुर्खेत, २ जेठ ।  वीरेन्द्रनगर ३ स्थित तातापानी युवा क्लबको आयोजनामा आगामी २०८२ जेठ ३ गतेदेखि सञ्चालन हुन लागेको “प्रथम तातापानी गोल्ड कप फुटबल प्रतियोगिता” को उदटन खेल आइतबार दिउँसो ३ बजे हुने भएको छ ।  प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । स्थानीय […]

गोठमै भविष्य देखेका धनलाल

गाेल्डेन बुढा जुम्ला,२ जेठ । जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिडमा बिहान अझै अँध्यारो हुन्छ, तर धनलाल बुढाको गोठमा दिन सुरु भइसकेको हुन्छ।घडीले चार बज्न नपाउँदै उनी उठिसक्छन्। गोठको ढोका खुल्छ। चिसो हावा भित्र पस्छ। गाईभैंसी कराउन थाल्छन्। स्टिलका बाल्टिनमा दूधका धार खस्न थाल्छन्।त्यही आवाजभित्र धनलालको जीवन छ।त्यही दूधको गन्धभित्र उनको सपना छ।२९ वर्षीय धनलाल कुनै समय […]

अवधी समुदायमा श्रद्धा र उल्लासका साथ बरसाइत पूजा, श्रीमानको दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना

बाँके ,२ जेठ । पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत श्रद्धा, भक्ति र सांस्कृतिक उल्लासका साथ बरसाइत पूजा मनाएका छन् । जेठ कृष्ण औँसीका दिन मनाइने बटसावित्री अर्थात् बरसाइत पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको दीर्घायु, सुख–समृद्धि तथा पारिवारिक शान्तिको कामना गर्दै मनाउने प्राचीन परम्परा हो । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा लगायतका अवधी बस्तीहरूमा शुक्रबार […]

घुयँत्राे: “तीन सिटे हर्के र दुई तिहाइको राजीनामा उद्योग !”

हैन ! हर्क साम्पाङलाई याे सांसद पद मेयरकाे जस्ताे जचेनकि क्या हाे । संसदमा छिर्यैपिच्छे बालेनकाे राजिनामा माग्छन त हाे । दुई तिहाईकाे प्रधानमन्त्रीकाे राजिनामा माग्छन त हाे । हुन पनि मेयर भएदेखिनै ढुङ्गा माटाे र पाईपकाे भारी बाेक्या हर्कलाई सांसद बनेछि भारी बाेक्न नपाउँदा दिनकै राजिनामाकाे तलतल् लाग्याछ । कैले प्रधानमन्त्रीकाे राजिनामा त अनि […]

जौ भित्र्याउने हतारोमा जुम्ला

गाेल्डेन बुढा जुम्ला,२ जेठ । बिहानको पहिलो घामसँगै जुम्लाका फाँटहरूमा हँसिया चम्किन थाल्छन्। खेतका कान्लामाथि थुपारिएको सुनौलो जौ, भारी बोकेर घर फर्किरहेका किसान, अनि गराभरि व्यस्त हातहरू,यतिबेला जुम्लाको ग्रामीण जीवन यही दृश्यमा बाँधिएको छ। चन्दननाथ नगरपालिका,तातोपानी गाउँपालिका र गुठिचाैर गाउँपालिकाका किसानलाई अहिले जौ भित्र्याउन भ्याइनभ्याइ छ। कारण, जौ काट्न ढिलो भयो भने जुम्लाको पहिचान मानिएको […]

स्थान विशेष मौसम पूर्वानुमानका लागि संघीय सरकारसँग समन्वय गर्छौं : मुख्यमन्त्री आचार्य

दाङ ,२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मौसम पूर्वानुमान र सूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समन्वय र सहकार्यलाई सुदृढ बनाउने बताउनुभएको छ । दाङको भालुबाङमा आयोजित मौसम मन्थन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मौसम पूर्वानुमानलाई अझ विश्वासयोग्य बनाउँदै स्थान विशेष पूर्वानुमानलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग समन्वय गरिने बताउनुभएको हाे । […]

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

काठमाडौँ, २ जेठ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट […]

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ, २ जेठ ।  सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो । मन्त्रीपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री […]

बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

काठमाडौँ, २ जेठ ।  बेरुजु फछ्र्योेट तथा वित्तीय सुशासनलाई प्रभावकारी बनाउन सरोकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक भएकामा जोड दिइएको छ । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा गठित बेरुजु फछ्र्योेट अनुगमन समितिले हालै  सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा वित्तीय सुशासनलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने नीति लिइए पनि सरोकारवाला पक्षको अपेक्षित […]

कर्णाली प्रदेशसभामा विनियोजन विधेयक पेस

सुर्खेत, २ जेठ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले प्रदेशसभामा विनियोजन विधेयक पेस गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको दोस्रो बैठकमा सभामुख नन्दा गुरुङले मन्त्री शाहलाई समय दिएसँगै कर्णाली प्रदेश आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, २०८१ दफा ११ र कर्णाली प्रदेशसभा नियमावली, २०७९ नियम १४१ बमोजिम […]

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

नेपालगञ्ज, २ जेठ ।  पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ । फराकिला सडक, सडक किनारमा रोपिएका विभिन्न जातका बोटबिरुवाले यहाँको हरियाली प्रवद्र्धनसँगै सहरको सौन्दर्य बढाएका छन् । साँघुरा र धुलाम्मे सडक कालोपत्र गरिएका छन्‌भने हरियालीले नगरको शोभा बढाएको छ । रातानीला गुलमोहर र बेगमबेलीले नेपालगञ्जको सौन्दर्य चम्काएको छ । ‘क्लिीन नेपालगञ्ज, ग्रीन नेपालगञ्ज’का […]

कर्णालीका १६ लाख ८८ हजार नागरिक विपद् बीमामा समेटिए

सुर्खेत, २ जेठ । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ । प्रदेश मन्त्रीपरिषदबाट स्वीकृत ‘विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच एक वर्षका लागि बीमा सम्झौता गरिएको हो । मुख्यमन्त्री तथा […]

निजामती सेवाबाट निबृत्त भएका पूर्ण बहादुर

लेखक : पृथ्वी बहादुर सिंह/पत्रकार बुवा नर वहादुर वुढाकी दुई श्रीमती मध्ये जेठी धर्मशीला बुढा, कान्छी वसन्तीका पा“च भाई, दुई वहिनी मध्य धर्मशीला जाजरकोट साविक साल्मा गा.वि.स. हाल छेडागाड न.पा. वडा नं.२ डेढकुला देउतीडा“डा टोल जाजरकोट कुल देवती डा“डाटोल जाजरकोट निम्न माध्यम परिवारमा २०२५ जेठ २४ गते विहिवार जन्मेका हुन पूर्ण वहादुर वुढाक्षेत्री  घरमा वुवा […]