घुयँत्राे: “तीन सिटे हर्के र दुई तिहाइको राजीनामा उद्योग !”

हैन ! हर्क साम्पाङलाई याे सांसद पद मेयरकाे जस्ताे जचेनकि क्या हाे । संसदमा छिर्यैपिच्छे बालेनकाे राजिनामा माग्छन त हाे । दुई तिहाईकाे प्रधानमन्त्रीकाे राजिनामा माग्छन त हाे । हुन पनि मेयर भएदेखिनै ढुङ्गा माटाे र पाईपकाे भारी बाेक्या हर्कलाई सांसद बनेछि भारी बाेक्न नपाउँदा दिनकै राजिनामाकाे तलतल् लाग्याछ । कैले प्रधानमन्त्रीकाे राजिनामा त अनि कैले उपसभामुखकाे राजिनामा माग्ने भन्दै दाैड्यादाैड्याछन तर पनि उनले माग्या मान्छेहरले राजिनामा नदेछि कैलेकाईँ त विरक्त भएर आँफैले राजिनामा दिनेभन्दै हिँडछन तर पनि राजिनामा आउने साईत जुर्याछैन । ३ सिटे हर्ककाे याे थर्काई देखेर विचारा पुन बा ( महावीर पुन) लाईनि साह्रै रिस उठेछकि क्या ! याे माेराे ३ सिटे हर्के ,गधालाई भारी थाेरै भाे कि क्या दिनकै सदनाँ उटपट्याङ मात्रै गरि राख्छ । ३ सिटे हर्केले दुई तिहाइकाे सरकारकाे राजिनामा माग्न मिल्छ ? भनेर सामाजिक सन्जालाँ ईल्लिविल्लि पारेछि ,अब हर्के, के गर्ने के नगर्ने, चित् खाछ । हुनपनि याे मान्छेले ( हर्केले) किन बालेनसित निहु खाेजि रा हुन्छ कुन्नि ? कतै हर्केलाई ” मेयरसिक” भात हैन पनि भन्छन मान्छेहरु! मेयर हुँदा धराने जनतालाई काममा जाेतेर कैलेकाे पानिका पाईप,कैलेका ढुङ्गा गिटि, अनि कैलेकाे सडक र नालि बनाउँदा बनाउँदै अफिसकाे कुर्सीयाँनि बस्न नपा मान्छे ऐले आएर सदनका कुर्सीयाँ बस्याबस्यै गर्नु पर्नेलकाम धाम फिटिक्कै केही नहुने केही कामभए दुई तिहाईकाे सरकारले आँफै गरेर भ्याईदिने अनि गधाले भारी नपुगेछि कसरी कराएर मालिकलाई सुनाउँ त्यस्तै गरि भारीनै नपुगेछि प्रधानमन्त्रीलाई भारी पुर्याईदे भनेर दिनहु केई न केइ असन्तुष्टि पाेख्या त हाेलानि हैन र ? हैन याे तिन्टा सिट ल्याउँदा देखिनै प्रधानमन्त्री खाेज्या हर्केकाे करकर सुनेर बालेन कैलेसम्म बस्ने हुन कुन्नि ।आँफुले प्रधानमन्त्री नपाएदेखिनै सामाजिक सन्जालाँ मात्रै हैन कि सदनाँ समेत उखरमाउलाे मच्चाउँदै आका हर्क साम्पाङ कुन दिन बालेनकाे गाडि मुन्तिर आएर च्याप्पियर मर्न बेर छैन । आँफुले भन्या केई नभएछि यस्ता झाेडि मान्छे त आत्महत्या गर्ननिबेर लाउन्नन् के ! त्यसैले प्रधानमन्त्री ज्यु हर्कले चा के हाे यसाे उनकाे मनकाे कुराेनि बुझ्दे राम्रै हुन्थ्याे । त्यत्राे धरानकाे मेयर त्यागेर राजधानीयाँ लखरलखर चप्पल पडकाउन आछन । यसाे सरकारि गाडि चढने मेसाे मिलाउन दिनकै प्रधानमन्त्रीकाे राजिनामा माग्दै हिँडेछि कस्साे संिदकाे गाडि चढने पद नपाईएला त भनेर नि निहु खाेज्या हुन सक्छ । हुन पनि आँफैले बनाकि त्याे २५ बर्षे बालिका उपसभामुख भएर सानसित सरकारी गाडि चढेर हिँड्ने ,आफू चाईँ डेरा`ट लखर लखर सदन, अनि सदना´ट लखर लखर डेरा गर्दा हैरानि पनि त भए हाेलानि । त्यसैले साम्पाङ माननियज्यु, यी घण्टीवालाहरले तपाईंको कुरा सुन्लान जस्तो छैन ।उनरु गर्छन “आग्रा कुरा तपाईं गर्नु हुन्छ गाग्रा कुरा” अनि काँट कुराे मिल्छ त्यसैले बरु याे माेराे सांसद वाङ्सद पद छाेडेर धरानतिरकाे झिटि गुण्टा कस्नाेस अब स्थानीय चुनाबनि त आउने हाेला कमसेकम फेरि धरानकाे मेयर बन्नु भाे भने फेरि जनताकाे वरिपरि घेरिने ढुङ्गा बाेक्ने माटाे बाेक्ने , सुकुम्बासीलाई जग्गा बाँडने , खाेलाकिनारतिर पार्क बनाउने पुल हाल्ने यानेकि गाउँमा जे जेदकाम आई पर्छन अनि ती काम गर्दै जाने जनता खुसी पार्ने बस्ने । अब मेयर लडदा त उपमेयरनि आँफ्नै मान्छे लडाउने अनि आँफुभए आँफू ,नभए उपमेयरकाे जिम्मा अफिसियल काम छाेडने अनि आफू ढुङ्गे युगतिरै लाग्ने । ढुङ्गे युगमा बानाे पर्या मान्छे याे प्रविधिको युगमा रमाउन्नन के ।त्यसैले त कैले के उट्पट्याङ गर्न मन लाग्छ । विकास ,निर्माण ,प्रगति र समृद्धि भन्ने कुरात चाहनै हुँदैन । त्यसैले त एकुन्टाथाेक गरेर दिनकै भिडन मन लाग्छ ।दभिडनु भिडनु आफ्नै शहरमा गएर भिडदा राम्रो हाेला ।बालेन शहराँ भिडेर के काम ! वलिलाई त टेर पुच्छर नलाउने बालेनले हर्क साम्पाङलाई के टेर पुच्छर लाउलान के ! त्यसैले हर्कजी आठदश मैना साँसद खाएर चुनाब खर्च उठाएर स्थानीय चुनाउ लडन धरानतिरै लाग्नाेस याे बालेन शहरले तपाईंले चाहेजस्ताे जिन्दगि जिउन सक्नुहाेला जस्तो लाग्दैन । तपाईंको शुभचिन्तक भा हुनाले यति कुरा भनें गाह्रो नमान्नु हाेला है त !

घुयँत्राे: “तीन सिटे हर्के र दुई तिहाइको राजीनामा उद्योग !”

जौ भित्र्याउने हतारोमा जुम्ला

घुयँत्राे: “तीन सिटे हर्के र दुई तिहाइको राजीनामा उद्योग !”

अवधी समुदायमा श्रद्धा र उल्लासका साथ बरसाइत

Leave a comment

Your email address will not be published. Required fields are marked *