घुयँत्राे:काँग्रेसले घण्टी बजाइदियो, रास्वपाले दुईतिहाइमा ताण्डव देखाइदियो!

हैन ! नेपालाँ नयाँ कुराकाे बहसकाे थालनि हुन लायाेनि काँग्रेसका नेताहरु । जनता ,रास्वपाका दैनिक रुपमा हुने याैटा न याैटा ताण्डबले वाक्क दिक्क बन्दै गै राछन । दिन त रास्वपालाई दुई तिहाइ मत दिए । तर ,यस्ताे किसिमकाे सरकार र यस्ता खालका माननीय र प्रधानमन्त्री बन्न घण्टीमा मत द्या हैनम् भन्न पाे थाल्या छन त ! उनिहरुकाे भनाईमा याे सब राजनीतिक वितण्डा गराउने काम काँग्रेसले गर्याहाे त्यसैले यी सब बिकृतिकाे जिम्मा सरकारले लिनुपर्छ भनेर यत्रतत्र काँग्रेसकाे विराेध गर्या पाे सुनिन थाल्याछ त ! चुनाबाँ कैले माओवादिसित मिल्याछ अनि कैले एमाले शीत गठबन्धन गरेर चुनाब लड्याछ जनतालाई जबरजस्ती कमिनिष्टमा भाेट हाल्न ला छ अनि सरकार बनाउने बेलाँ सत्ताजति कमिनिष्ट हरुलाई द्याछ । अनि त्यै माैका पारेर कमिनिष्टले देशकाे ढुकुटी र राजनीतिलाई तथानाम चलाए देशाँ भष्टाचार बढ्याे त्यै निहुमा ऐले बालेनकाे सरकार आयाे अनि याे सरकार त झन दुई तिहाइका नाममा छाठा साँढे जस्ताे पाे भाछ त । न सदनकाे मर्यादा छ न सरकारकाे अडानछ जस्लाई जे मन लायाेत्यै गर्याछन । जनता सरकारतिर मुख फर्कायर बस्या छन सरकार जनता कुराे हैनकप रास्वपाका मनननीयलाई उरण्ठ्याउला हर्कताँ उतार्याछ । वास्तबमा गठबन्धनका नाममा शेरबादुरले कमिनपष्टसित घाँटी जाेडेर जसरि आफ्नालकार्यकर्ता र भाेटरलाई कमिनिष्टमा भाेट हाल्न लाए त्यसकाे पापकाे भारी ऐले काँग्रेसले बाेक्नु पर्याछ । एकातिर जिवनभर लाएर कमाएकाे राजनितिक प्रतिष्टा कमिनिष्टकै साँठगाँठाँ लाएर गुमाउनु पर्याे भने अर्कोतिर पैलाे पाटि भएर नि गठबन्धन वालालाई नै सरकार बनाउन लगाएर त्यै सरकारका आडाँ देउबाकि श्रीमतीले जसरि धन बटुल्न लागिन र घरका कनेठाकाेठाँ रुपियाँ लुकाईन अनि त्यैधन जेनजीले नास्ने बेलाँ पुरै आर्जुकाे धनपनि नासियाे कार्यकर्ता गुमे, मानमर्यादा र प्रथिष्ठा गुम्याे ह्याँसम्मकि स्वदेशाँ बस्ने अबस्था नभएर विदेशाँ शरण लिन पर्याछ
। उनकै कारण पाटिपनि दुईचिराँ बाँडिने अबस्थाँ पुग्याछ । सायद अब काँग्रेस एक हुनै सक्दैन किनभने दुई फरक उमेर समूह गुठबन्दि गरेर पाटि छिन्न भिन्न बनाउन लाग्याछन । गएकाे चुनाबमै काँग्रेसका ५० प्रतिसत भन्दा बढि कार्यकर्ता पाटि छाेडेर अर्को रास्वपा पाटिमा गै सक्याछन भने काँग्रेस समर्थक पनि करिब ५० प्रतिसतले मत फेरिई सक्याछन ।उनिहरुकाे काँग्रेसप्रतिकाे माेह भंग भै सक्याछ । यस्ताे बेलाँ अँझ काँग्रेस २ चिराँ बाँडियाछ । त्यसैले अब काँग्रेसका नेताहरुलाई कसैले विश्वास गर्ने वाला छैनन् । अब देश कसैले चलाउँछ भने त्याे रास्वपा पाटिनै हाे र यसरी रास्वपालाई यसरी अबसर दिने भनेकाे देउबा,आर्जु, प्रकाशशरण र निधिनै हुन यिनिहरुकै कारण देशकाे पुरानाे पाटिकाे याे हरिबिजाेग भाे र सम्भब त आउने स्थानीय चुनाबमा त रास्वपाले ८०% भन्दा बढि स्थानमा चुनाब जित्ने देखिन्छ । भने त्याे चुनाबमा काँग्रेसकाे झन लाजमर्दाे हार हुनेछ । जाँसम्म काँग्रेसका गगन थापाले गनेका १६ लाख पाटिसदस्य जुन छन देशभर त्यत्ति कार्यकर्ता भेटन, आउने चुनाबाँ हम्मे हम्मे पर्ला । त्यसैले पाटि टुक्र्याउनतिर हैन आआफ्नो अभिमान त्यागेर पाटि जुटाउनतिर लाग्नु पर्याे हैनभने जनताले तिमिहरुजस्ता स्वाँठ नेताहरुलाई भाटे कारबाही गर्न नि सक्छन् ।






