निजामती सेवाबाट निबृत्त भएका पूर्ण बहादुर

लेखक : पृथ्वी बहादुर सिंह/पत्रकार

बुवा नर वहादुर वुढाकी दुई श्रीमती मध्ये जेठी धर्मशीला बुढा, कान्छी वसन्तीका पा“च भाई, दुई वहिनी मध्य धर्मशीला जाजरकोट साविक साल्मा गा.वि.स. हाल छेडागाड न.पा. वडा नं.२ डेढकुला देउतीडा“डा टोल जाजरकोट कुल देवती डा“डाटोल जाजरकोट निम्न माध्यम परिवारमा २०२५ जेठ २४ गते विहिवार जन्मेका हुन पूर्ण वहादुर वुढाक्षेत्री  घरमा वुवा सामान्य साक्षर भएकोले घरमा नै सा“वा अक्षरदेखी वारिपारी पढी ५ वर्षको हु“दा आफनै गाउ“को इन्द्रज्योती प्रा.वि रानीचौरबाट अध्ययन शुरु गरेर त्यहि विद्यालयबाट ५ कक्षा उत्तिर्ण गरेका थिए । 

कक्षा–६ जनप्रिय मा.वि. दसेरा जाजरकोट अध्ययन गर्दै त्यहि विद्यालयबाट कक्षा–१० उत्तिर्ण पछि एसएलसी परीक्षा द्धितीय श्रेणीमा पास गर्न पुग्नुभएको हो । त्यसपछी अध्ययन शुरु गरेर २०४४ सालमा शिक्षक आयोगबाट स्थायी हुनु भएको थियो । स्थायी शिक्षक आयोग पास पछी कालिका प्रा.वि. जाल्पा जाजरकोट अध्ययन गर्न थालेका हुन । 

त्यो विद्यालयबाट इन्द्र ज्योती प्रा.वि. डेढकुला आफ्‌नै जन्मेको गाउ“मा २०४६ पौष महिनासम्म अध्यापन गराउनु भएको थियो । गा.वि.स. साल्मा १ हाल छेडागाड न.पा. जाजरकोट निवासी ससुरा लाल वहादुर, सासु राधिका रावतकी पा“च बहिनी, भाई तीन मध्ये जेठी छोरी टिका देवी रावतसंग मागी २०४६ साल दशै रामनवमीको दिन विवाह गर्नुभएको थियो । 

२०४६ सालमा पौषमा लोकसेवा आयोग सिफारिस भै खानेपानी दैलेख खरदार पदमा नियुक्त भै २०४९ सालसम्म सेवामा कार्यरत रहनुभयो दैलेखबाट २०५० मा सरुवा भएर क्षेत्रीय खानेपानी निर्देशनालय जिल्ला खानेपानी, जिल्ला सहकारी सुर्खेतमा २०५९ भाद्रसम्म कार्यरत भएर सेवा गर्नु भएको थियो । 

२०५९ आश्विनदेखी लोकसेवा आयोगको शिफारिसमा लेखापाल भएर जिल्ला शिक्षा कार्यालय जाजरकोटमा २०६३ फाल्गुनसम्म सेवा गरी त्यहा“बाट सरुवा भएर कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेत, जि.वि.स, कालिकोट, क्षेत्रीय सिंचाई निर्देशनालय सुर्खेत, यान्त्रिक कार्यालय सुर्खेत २०७२ जेष्ट २० गते सम्म लेखापाल पदमा कार्यरत रहेर यहि नोकरी कालमा उहाँले प्रमाण–पत्र तह, स्नातक तह र स्नाकोत्तर सुर्खेत वहुमुखी क्याम्पसबाट विए पास र स्नाकोत्तर म.प.वि.वि.बाट पुरा त्यसपछी २०७२ जेठ २२ गते लेखा अधिकृत बढुवा भएर क्षेत्रीय कृषि निर्देशनालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेतमा २०७५ साल सम्म सेवा गरी २०७६ वैशाखबाट समायोजन भएर भगवती गा.पा. दैलेखमा कार्य संम्पादन गरी २०८० चैत्र १ गते देखी स्वैच्छिक अवकाश लिनुभएको हो ।  

उहाँका तीन बहिनी, छोरी एक, छोरी एक छोराछोरी रहेका छन् दुई बहिनी एक छोरा विवाह वन्धनमा बाँधिएका छन् । माइली छोरी अविवाहित लोकसेवा आयोग उत्तिर्ण गरी कृषि विकास बंैक दैलेख कर्णाली राकम चौथो तह सहायक लेखापाल पदमा कार्यरत छन् । ठुली छोरी वि.सी. जनस्वास्थ्य निरिक्षक सातौ तहमा उत्तरगंगा स्वास्थ्य चौकीको इन्चार्ज वीरेन्द्रनगर–३ माथी सुर्खेतमा कार्यरत छन् । कान्छी छोरी लक्ष्मी वि.सी. एक वर्षदेखी जापान गै अध्ययन रहेकी छिन । छोरा शुसिल कुमार वि.सी. वीरेन्द्रनगर–६ हटिया लाइनमा सुर्खेतमा “न्यु डिजिटेक नेपाल” इलोक्टोनिक समान खरिद विक्री मर्मत सम्भार पसल सञ्चालन गरी रहेका छन । 

उनले नेपाल सरकारको सेवा गरेको मुल्याङ्कन गरिएको भूमि व्यवस्था तथा कृषि मन्त्रालय कर्णाली प्रदेश सरकार, कोष तथा लेखा नियन्त्रण सुर्खेत भगवती गा.पा. दैलेखले सम्मान गरेका छन् ।  हाल वी.न.पा.कालिन्चोक आफ्‌नो घरमा श्रीमती, छोरावुहारीको साथमा निवृत्त जिवन धेरै समय विभिन्न धार्मिक वैज्ञानिक राजनैतिक, साहित्यका पुस्तक अध्ययन कहिले का“हि वृद्धशालामा वृद्धसंग भजन किर्तन सहभागी भै समय बिताई रहनुभएको छ । कहिले काहि“ कविता पनि सृजना गर्नुहुन्छ एउटा कविता संग्रह प्रकाशित गर्ने चाहना पनि छ ।

जिवनको लामो देश सेवा गरेको अनुभवमा प्रजातान्त्रिक, लोकतान्त्रिक शक्ति विकेन्द्रकरण व्यवस्था नै आजको आधुनिक भौतिकवादी युगमा उत्तम व्यवस्थापन भनिन्छ । हाम्रो जस्तो अल्पविकशित अंग्रेजी साम्राज्यवाद निर्देशनमा निरंकुश सामान्ती राणा शासन चलाएको लाहुरे संस्कार बसालेको दलाल संस्कार हटन सकेको छैनन् प्रकृत्तिले नेपाली भूमिमा अपार सम्पदा छन् त्यसको उपयोग युवायुवती श्रम लगाउने पहल गर्नु भन्दा विश्वका विभिन्न मुलुकहरुमा श्रमदास पठाउने लाहुरे संस्कृती र राज्यकोषबाट अनेक विकृतीबाट कमाउधन्दाले शुसासन नहु“दा जेन्जी उठेर सुरक्षा निकायले जनकार्यका सार्वजनिक भवनमासमेत आगलागी बचाउन सकेन । जन निर्वाचित संसद मन्त्री मण्डल विघटन हुनु लाजमान्नु उदारण वन्न गएको छ । 

यस पटक जुनसुकै पार्टीको हो वा स्वतन्त्र संसद उम्मेदवारको इतिहा“स हरेर मात्र विजयी बनाउनु पर्छ । अब देश भित्र नै निशुल्क शिक्षा बनाउँदै हरेक क्षेत्रमा राजनिती आस्था जुनसकै पद नियुक्त प्रमोसन प्रतिस्पर्धा आधार गर्ने नातावाद, कृपावाद, सामान्ती निगाहको कर्मचारीतन्त्र लागु गर्नुृ पर्छ । त्यसै पा“च बर्ष सरकार चलाउन कार्यकारी प्र.म. वा राष्ट्रपतीको निर्वाचन मतले बनाउनु पर्छ । विषय विज्ञ मन्त्री बनाउन पर्छ कुटनिती जान्ने नै निस्वार्थी व्यक्ति नै प्रधानमन्त्री राष्ट्रिपती बनाउन बन्नु पर्छ । भ्रष्टाचार गर्नेलाई कानुनि  मुदामा फा“सी पनी संम्बिधान शंसोधन गरी राख्नु पर्छ भन्ने दुर सन्देश पनि दिने गर्नु पर्छ सबै सवैजनमा चेतना भया …..।

निजामती  सेवाबाट निबृत्त भएका पूर्ण बहादुर

जुम्लाका स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा

निजामती  सेवाबाट निबृत्त भएका पूर्ण बहादुर

कर्णालीका १६ लाख ८८ हजार नागरिक विपद्

Leave a comment

Your email address will not be published. Required fields are marked *