कर्णालीमा एसईई नतिजा खस्कियो, ५९.०५ प्रतिशत मात्रै उत्तीर्ण

गाेल्डेन बुढा

जुम्ला,३१ बैशाख ।
कर्णाली प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा खस्किएको छ । यस वर्ष प्रदेशभर एसईईमा सहभागी भएका ३२ हजार ३ सय ३६ विद्यार्थीमध्ये ५९.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार १९ हजार ९५ विद्यार्थी उत्तीर्ण हुँदा १३ हजार २ सय ४१ विद्यार्थी ननग्रेडेड भएका छन् ।गत वर्ष कर्णालीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए, भने २०८० सालमा उत्तीर्ण प्रतिशत ७१ रहेको थियो । यस वर्षको नतिजा गत वर्षको तुलनामा झण्डै १०.४ प्रतिशतले घटेको देखिएको छ ।निमित्त शिक्षा निर्देशक दीपा हमालका अनुसार यस वर्ष सबैभन्दा धेरै मुगुमा ७५.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने सबैभन्दा कम दैलेखमा ३१.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै हुम्लामा ४९.३७, जाजरकोटमा ४५.९१, रुकुमपश्चिममा ७९.३४, जुम्लामा ६८.१७, डोल्पामा ४६.६९, सुर्खेतमा ५८.११, सल्यानमा ६८.५२ र कालिकोटमा ७३.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।गत वर्ष मुगुमा ६९.०९, दैलेखमा २२.८९, हुम्लामा ५१.६०, जाजरकोटमा ८२.११, रुकुमपश्चिममा ७४.९४, जुम्लामा ७५.८५, डोल्पामा ३३.१०, सुर्खेतमा ४५.१३, सल्यानमा ६५.८९ र कालिकोटमा ५७.०८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।त्यसअघि २०८० सालमा कर्णाली प्रदेशको समग्र उत्तीर्ण प्रतिशत ४१.५३ रहेको थियो । सो वर्ष मुगुमा ४१.८९, दैलेखमा १६.८५, हुम्लामा ४७.८९, जाजरकोटमा ५५.३१, रुकुमपश्चिममा ६३.६६, जुम्लामा ५१.०७, डोल्पामा ४४.९८, सुर्खेतमा ३३.७४, सल्यानमा ४८.८१ र कालिकोटमा ३६.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।यस वर्ष कर्णालीमा सामुदायिक विद्यालयबाट ३६ जनाले ४ जीपीए ल्याएका छन् । निर्देशनालयका अनुसार दैलेखमा २, सल्यानमा ६, कालिकोटमा १ र सुर्खेतमा १८ जनाले ४ जीपीए ल्याएका छन् जिल्लागत विवरणअनुसार जुम्लामा २ हजार १ सय ३३ विद्यार्थीमध्ये १ हजार ४ सय ५४, हुम्लामा ९ सय ५० मध्ये ४ सय ६९, मुगुमा १ हजार ३ सय ९४ मध्ये १ हजार ५८, जाजरकोटमा ७ हजार १ सय २२ मध्ये २ हजार १ सय २२ र रुकुम पश्चिममा ३ हजार ७ सय ८० मध्ये २ हजार ९ सय ९९ विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै डोल्पामा ६ सय ३४ मध्ये २ सय ९७, दैलेखमा ४ हजार ३ सय ६ मध्ये १ हजार ३ सय ७०, सल्यानमा ३ हजार ९ सय ८७ मध्ये २ हजार ७ सय ३२, कालिकोटमा ३ हजार १४ मध्ये २ हजार २ सय ४ र सुर्खेतमा ७ हजार १ सय ८८ मध्ये ४ हजार १ सय ८३ जना उत्तीर्ण भएका छन् ।कर्णालीमा विषयगत शिक्षकको अभाव, विद्यार्थी नियमित विद्यालयमा उपस्थित नहुनु, चाडपर्व, निर्वाचन र जेनजी आन्दोलनका कारण केही समय पढाइ प्रभावित हुनु तथा पाठ्यपुस्तक समयमै नपुग्नुजस्ता कारणले नतिजा खस्किएको शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत नारायण पौडेलले बताए ।उनले भने, “शैक्षिक पूर्वाधार र लगानी बर्सेनि बढिरहेको छ, तर शिक्षण सिकाइ स्तर कमजोर हुँदै गएको छ । त्यसको असर एसईई नतिजामा देखिएको हो । सबैभन्दा धेरै अंग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थी ननग्रेडेड भएका छन् । यसको मुख्य कारण विषयगत शिक्षकको अभाव हो ।”उनका अनुसार कर्णालीमा माध्यमिक तहमा झण्डै ५८ प्रतिशत विषयगत शिक्षकको अभाव रहेको छ ।

कर्णालीमा एसईई नतिजा खस्कियो, ५९.०५ प्रतिशत मात्रै उत्तीर्ण

तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ

कर्णालीमा एसईई नतिजा खस्कियो, ५९.०५ प्रतिशत मात्रै उत्तीर्ण

दैलेख र कालिकाेटकाे सिमाना महाबु लेखमा विशेष

Leave a comment

Your email address will not be published. Required fields are marked *