दैलेख र कालिकाेटकाे सिमाना महाबु लेखमा विशेष बैठक हुँदै

हस्त चाैलागाई
कालिकोट ,३१ बैशाख ।

कालिकोट र दैलेख जिल्लाको सिमानामा अवस्थित धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल महाबु लेखमा यहीँ जेष्ठ ३ गते विशेष समन्वय बैठक आयोजना हुने भएको छ । महाबु क्षेत्रको संरक्षण, प्रवर्द्धन, धार्मिक पर्यटन विकास तथा अन्तरपालिका समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गर्न लागिएको हो ।
उक्त कार्यक्रममा सहभागी हुन सम्बन्धित सबै सरोकारवाला निकाय, जनप्रतिनिधि, बुद्धिजीवी, सामाजिक अगुवा तथा स्थानीयवासीलाई खेम बहादुर सिंह ले हार्दिक निमन्त्रणा दिएका छन् ।
बैठकमा दैलेखका नारायण नगरपालिका, महाबु गाउँपालिका, नौमुले गाउँपालिका र कालिकाेटका तिलागुफा नगरपालिका तथा महाबै गाउँपालिका का जनप्रतिनिधिहरूको विशेष उपस्थिति रहने जनाइएको छ । साथै दैलेख र कालिकोट जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको समेत सहभागिता रहनेछ ।
प्राकृतिक सुन्दरता, धार्मिक आस्था र अपार पर्यटकीय सम्भावना बोकेको महाबु लेखलाई राष्ट्रिय स्तरको आकर्षक गन्तव्यका रूपमा विकास गर्न यो बैठक महत्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । स्थानीय सरकारहरूबीच आपसी सहकार्य, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा धार्मिक सम्पदाको संरक्षणका विषयमा व्यापक छलफल हुने बताइएको छ ।
महाबु लेखको समग्र विकास, धार्मिक पर्यटन विस्तार तथा दैलेख–कालिकोटबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आयोजित यस ऐतिहासिक समन्वय बैठकप्रति स्थानीयवासी तथा सरोकारवालाहरूले ठूलो चासो व्यक्त गरेका छन् ।

दैलेख र कालिकाेटकाे सिमाना महाबु लेखमा विशेष बैठक हुँदै

कर्णालीमा एसईई नतिजा खस्कियो, ५९.०५ प्रतिशत मात्रै

Leave a comment

Your email address will not be published. Required fields are marked *