घुयँत्राे:काँग्रेसको घरझगडा, एमालेको ओली–दोस्रो पुस्ता भिडन्त; घण्टीचाहिँ ताली बजाउँदै!

विगत ८ मैनादेखि काँग्रेसीहरु नेता र नेतृत्वलाई बिषय बनाएर लडाइँकाे मैदानमा छन । आँफुभित्रकाे लडाइँकाे दुई महिनाकाे अबधिमा देशमा भएकाे निर्बाचनमा जनताले देशकाे सबैभन्दा पुरानाे र जेठाे पाटिलाई नाङ्गै बनाई दिएका छन । यतिसम्मकि पाटिसभापति गगन थापादेखि लिएर आँफूलाई मैहुँ भन्ने नेताहरुलाई समेत चुनाबमा उत्तानाेटाङ लगाईदिएछि ऐले नेताहरु भूइँमा न भाँडाेमा भएका छन । जेनजि आन्दोलन पछि पाटि कब्जा गरेका गगन थापाकाेसमेत तराईका जनताले हैसियत देखाई दिए ।त्यसपछि त झन काँग्रेस भित्र ठूलै भूईँचालाे गएकाेछ । उपचारका नाममा देउवा सिंगापुरतिर गएर उतै हराएपछि समस्याकाे जडनै समाप्त भएकाेठानेर पाटिमा आफ्नाे हैकम चलाउँदै आएका गगन र उनका आशेपासेहरु देउबा पाँचमैना पछि २८ साउनमा फर्किएछि त झन थापा दलमा टाउकाे दुखाई भै रहेकाेछ भने देउबा दलवालाहरुमा झन ठूलै खलबलि मच्चिएकाे छ । ३ दिनसम्म राजधानिमा सम्मेलन गरेर नि ठाे निर्णय र निर्देशन दिएर नेता कार्यकर्तालाई पठाउन नसकेछि बूढानेताहरुले देखाएकाे हाउगुजिकाे खेल पनि समाप्त भएकाेछ । आफ्नाे पाटिभित्रकै वितण्डाले जन्मिएकाे २ बर्षनि नपुग्या नयाँ दल रास्वपाले २ तिहाई ल्याएकाे वास्तविकतालाई बिर्सेर काँग्रेसीहरुले जनताप्रतिकाे आफ्नाे दायित्व र जिम्मेवारी जसरि बिर्सिय यसले गर्दा नेपालकाे काँग्रेसकाे हैसियतनि भारतिय काँग्रेस पाटिकै अबस्थाँ पुग्ने देखियाे । काँग्रेसकाे याे दुराबस्था देख्दादेख्दैनि पुरानाेपाटिमध्येकाे दाेस्राे पाटि, नेकपा एमाले भित्रनि वलिलाई सिध्याउने खेल चर्किँदै गैरहेकाे देख्दा अब एमालेकाे हालतनि काँग्रेसकाे भन्दा बत्तर हुने निश्चित जस्तै देखिन्छ । जेनजी आन्दोलनमा ब्यहाेरेकाे त्याे दुखद अबस्थालाई नि विर्सेर एमाले अध्यक्ष वलि दिनहु कार्यकर्ता र नेतालाई गालि गर्दै र चेतावनि दिँदै बस्न थालेछि वलिकाे हालत नि ऐले काँग्रेसका शेरबहादुरकाे जस्ताे हुने निश्चितछ । त्यसै त रास्वपाहरुले पुरानाे दल नेपाली काँग्रेस र नेकपाकाे उछिताे काढि रहेकाछन । आउने चुनाबसम्म यि दुबै पाटिलाई बिलयनै गराउने तयारीका साथ गतिविधि चलाएकाे रास्वपाकाे हर्कत देखेर पाटिमा कुनै विवाद र खिचातानी नगरेर एकताबद्ध रुपमा अघि बढेर जानू पर्नेमा त्यसकाे ठिक विपरित लडाइँ झगडा र पाटि टुक्र्याएर जाने खेलमा लागेकाे काँग्रेस नेताहरकाे हर्कतले पाटिभित्र भाँडभैलाे भै रहेकाेछ । याे भाँडभैलाे र एकले अर्कालाई खुईल्याउन लागेकाे हर्कत देख्दा घण्टीहरु खुशीले गदगद् भएका देखिन्छन । काँग्रेस पाटि यै गतिमा गएमा आफ्नाे प्रतिपक्षनै नहुने आँफुले जे पनि गर्न पाईने भएकालेनि रास्वपाहरु काँग्रेस भित्रकाे लडाईँ नथामियाेस भन्ने पक्षमाछन । काँग्रेस भित्रकाे लडाइँले एमालेहरुलाई नि हाैसला दिएकाे देखिन्छ । एमालेभित्रकाे दाेश्राे पुस्ता वलिलाई हटाएर नेतृत्व आँफुले लिने पक्षमाछ । तर ,वलि भने कुनै हालतमा नेतृत्व नछाेडने बरु आफ्नाे विपक्षमा लाग्नेहरुलाई कार्बाहि गरेर जाने पक्षमा रहेकाछन । दिनहु वलिकाे निरंकुसताका वाणिहरु ओईरिएका ओईरियैछन । पुराना दुईवटै दलकाे नेताहरुकाे याे गतिविधिले अब नेपालमा नयाँ पाटि र नयाँ नेतृत्वहरुकाे हातमा सत्ता जाने बाटो काेरिन थालेकाे आभाष हुँदैछ । काँग्रेस एमालेहरु तत्काल सुध्रियनन र एकताबद्ध भएर गएकाे आभाष जनतालाई दिलाउन सकेनन , उल्टै आफ्नै गाेरुकाे बाह्र टक्का भनेर लागे भने दुबै दल पतन उन्मुख छन भन्ने मान्दा हुन्छ । त्यसैले अब पाटिलाई पाटिकै रुपमा राख्ने कि सिध्याउने नेताहरुकै हातमा छ । त्यसैले बेलैमा साेचाैँ पाटि भित्रकाे किचलाे निमिट्यान्न पाराैँ बेलाटुप्पिएछि पछुताएर केही हुनेवाला छैन ।

घुयँत्राे:काँग्रेसको घरझगडा, एमालेको ओली–दोस्रो पुस्ता भिडन्त; घण्टीचाहिँ ताली बजाउँदै!

बालविवाह न्यूनीकरण र बाल संरक्षणमा बर्दियाका सात

घुयँत्राे:काँग्रेसको घरझगडा, एमालेको ओली–दोस्रो पुस्ता भिडन्त; घण्टीचाहिँ ताली बजाउँदै!

नेपाल–जापानसम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका

Leave a comment

Your email address will not be published. Required fields are marked *